Friday 19th April 2024
पोखराकाे हल्लनचोकमा आगाेलागी
March 8, 2019 10:04 pm,
हेरालो खबर २०७५ फाल्गुन २४, शुक्रबार . पाेखरा । पोखराकाे हल्लनचोकमा ्आगलागी भएको छ । हल्लनचोकको क्लब 99 मा आगलागी भएकाे हाे । सिलिण्डर लिकेज भएर आगलागी भएकाे हुन सक्ने अनुमान गरिएकाे छ । अागाे अझै नियन्त्रणमा आउन सकेको छैन । पोखरा महानगरको दमकलले आगो नियन्त्रणको प्रयास जारी राखेको छ भने नेपाल प्रहरी, सशस्त्र प्रहरी
#BREAKING व्यवसायी गुरुङको घरमा विष्फोट गराउने विप्लव समूह माथी आशंका
March 8, 2019 9:58 pm,
हेरालो खबर २०७५ फाल्गुन २४, शुक्रबार काठमाडौं, वसुन्धरास्थित वैदेशिक रोजगार व्यवसायी रोहन गुरुङको घरमा भएको विष्फोट विप्लव समूहले गरेको प्रहरीले आशंका गरेको छ। शुक्रबार साँझ व्यवसायी गुरुङको घरमा राखिएको कारमा बम विष्फोट भएको थियो। गुरुङले आफ्नो गाडीमा पहिले नै बम राखेको अनुमान गरेको छ। विष्फोटका कारण गाडी पूर्णरुपमा ध्वस्त भएको छ भने घरमा आगलागी भएर
पोखराको हल्लनचोकमा बिस्फाेट
March 8, 2019 9:44 pm,
हेरालो खबर २०७५ फाल्गुन २४, शुक्रबार, संचारकर्मी शिव न्यौपाने पाेखरा । पोखराको लेकसाईड हल्लनचोक स्थित क्लब 99 मा सिलिण्डर बिष्फाेट भएकाे छ । बिष्फाेटका कारण क्लबमा आगोलागी भएकाे स्थानियले जानकारी िदएका छन् । सिलिण्डर लिकेज भएर पड्किएकाे हुन सक्ने अनुमान गरिएकाे छ । आगो अझै नियन्त्रणमा आएको छैन । थप बिवरण अाउन बाकी रहेकाे छ
मेनपावर व्यवसायी गुरुङको घरमा बम विस्फोट
March 8, 2019 9:34 pm,
हेरालो खबर २०७५ फाल्गुन २४, शुक्रबार काठमाडौँ, वैदेशिक रोजगार व्यवसायी रोहन गुरुङको घरमा बम विष्फोट भएको छ। विष्फोटका कारण एक जना घाइते भएको प्रहरीले जनाएको छ। विष्फोटका कारण घरमा आगलागी भएको छ। सिलिन्डर ग्यासका कारण विस्फोट भएको अनुमान गरिएको छ। व्यवसायी गुरुड्ङका अनुसार उनको गाडीमा पहिले नै अज्ञात समूहले बम फिट गरेको हुनसक्ने आशंका गरिएको
सिके राउतको स्वतन्त्र मधेस गठबन्धन विघटन हुदैँ, प्रधानमन्त्रीले घोषणा गर्ने
March 8, 2019 11:42 am,
हेरालो खबर २०७५ फाल्गुन २४, काठमाण्डाै । प्रधानमन्त्री केपी शर्मा ओलीले अाज विशेष सम्बोधन गर्दै सिके राउतको पृथकतावादी गतिविधि समाप्त भएको घोषणा गर्ने भएका छन् । स्वतन्त्र मधेसको एजेण्डासहित पृथकतावादी गतिविधि गरिरहेका सिके राउतले अब अखण्ड नेपाल स्वीकार गर्ने भएपछी प्रधानमन्त्रीकाे घाेषणा हुन लागेकाे हाे। अपरान्ह १ बजे राष्ट्रिय सभागृहबाट उक्त घाेषणा हुने भएकाे छ
अन्नपूर्ण बेसक्याम्पमा भारी हिमपात, हाेटलमा क्षति, पर्यटकलाइ राेक
March 8, 2019 11:07 am,
हेरालो खबर २०७५ फाल्गुन २४, पाेखरा । भारी हिमपातका कारण अन्नपूर्ण बेसक्याम्पमा रहेका ४ वटा होटलमा क्षेति पुगेकाे छ । कास्कीको अन्नपूर्ण गाउँपालिका स्थित अन्नपूर्ण बेसक्याम्पमा दुई साता देखि लगातार परेकाे हिमपातका कारण हाेटलमा क्षेति भएकाे हाे । बेसक्याम्प क्षेत्रका अन्नपूर्ण सेन्चुरी लज, होटल स्नोल्याण्ड, अन्नपूर्ण गेष्ट हाउस र प्याराडाईज गार्डेन पुरिएको र पुरिदा होटलहरु
आजको राशिफल
March 8, 2019 1:10 am,
पञ्चाङ्ग वि.सं. २०७५ साल फागुन २४ गते। शुक्रबार। इश्वी सन् २०१९ मार्च ८ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। शिशिर ऋतु। नेपाल संवत् ११३९ चिल्लाथ्व। फाल्गुण शुक्लपक्ष। तिथि– द्वितीया, २४:११ बजेउप्रान्त तृतीया। नक्षत्र– उत्तरभाद्रपदा, २२:१४ बजेउप्रान्त रेवती। योग– शुभ, १५:४८ बजेउप्रान्त शुक्ल। करण– वालव, ११:३० बजेदेखि कौलव, २४:११ बजेउप्रान्त तैतिल। आनन्दादिमा ध्वज योग। चन्द्रराशि– मीन। काठमाडौंमा सूर्योदय– ६:२४ बजे, सूर्यास्त– १८:०७
नेपालको नयाँ नक्सा सार्वजनिक
March 7, 2019 8:51 pm,
हेरालो खबर २०७५ फाल्गुन २३, विहिबार काठमाडौँ, मुलुक संघीय संरचनामा गएपछि सरकारले पहिलो पटक नेपालको प्रशासनिक नक्सा प्रकाशन गरेको छ । नापी विभागले तयार पारेको नयाँ नक्सा बिहीबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले सार्वजनिक गरेको हो । प्रशासनिक नक्सामा देखिएको अन्यौलता हटाउन आधिकारिक नक्सा सार्वजनिक गरिएको मन्त्री अर्यालले बताउनु भयो ।
राष्ट्रिय महिला फुटबल टिमको घोषणा
March 7, 2019 8:08 pm,
हेरालो खबर २०७५ फाल्गुन २३, विहिबार काठमाडौं, नेपालमा आयोजना हुने महिला साफ च्याम्पियनसिप खेल्ने राष्ट्रिय महिला टिमको घोषणा गरिएको छ । मुख्य प्रशिक्षक हरी खड्काले साफ च्याम्पिनसिप खेल्ने २० सदस्यीय महिला फुटबल टिमको अन्तिम छनोट गरेको हो। बन्द प्रशिक्षणमा रहेका २३ जना खेलाडीबाट मुख्य प्रशिक्षक खड्काले २० खेलाडीको छनोट गरेका हुन् । प्रमुख प्रशिक्षक खड्काले
महिला फुटबलको स्वर्ण स्याङजाको पोल्टामा
March 7, 2019 8:01 pm,
हेरालो खबर २०७५ फाल्गुन २३, विहिबार पोखरा, आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेश छनौट प्रतियोगिता अन्तरगत महिला फुटबलमा स्याङजाले स्वर्ण पदक जितेको छ । बिहिबार भएको फाइनलमा स्याङजाले कास्कीलाई ४–० गोल अन्तरले पराजित गर्दै स्वर्ण पदक जितेको हो । स्याङजालाई स्वर्ण पदक दिलाउन शोभा पगेनीले ह्याट्रिक गरिन् । यस्तै सरस्वती हमालले एक गोल थपिन