गण्डकी

पोखरा बहुमुखीमा भूपू विद्यार्थी तदर्थ समिति गठन

By

August 02, 2021

पाेखरा १८ । श्रावण । पोखरा वडा नं. ९ मा रहेको पोखरा बहुमुखी क्याम्पसमा भूपू विद्यार्थी मञ्चको तदर्थ समिति गठन भएको छ । आज विद्यालयमा भएको भेलाले ७ सदस्यिय तदर्थ समिति गठन गरेको हो ।

समितिको संयोजकमा पशुपति भट्टराई, उपसंयोजमा सूर्यबहादुर थापा, सचिवमा कृष्ण प्रसाद काफ्ले चयन भएका छन् । त्यस्तै गरी सदस्यहरुमा शिवहरी तिमिल्सिना, रोशन पौडेल र सन्देश क्षेत्री चयन भएका छन् । आजै बसेको समितिको पहिलो बैठकले भूपू विद्यार्थी मञ्चको विधान निर्माण गर्ने र दर्ता प्रक्रिया अगाडी बढाउने निर्णय गरेको छ ।

तदर्थ समिति गठनका लागि आयोजित भेलामा बोल्दै विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष नरेन्दमान लालचनले भूपू विद्यार्थीको साथ र सहयोगले क्याम्पसको नवनिर्मित भवनका लागि महत्वपूर्ण सहयोग हुने विश्वास ब्यक्त गर्नुभयो । ब्यवस्थापन समितिका कोषाध्यक्ष शंकर गुरुङले आफुहरु पोखरा बहुमुखीको भवन निर्माण सँगै पोखराको शैक्षिक विकासलाई अगाडी बढाउन चाहेकोले विद्यालयका भूपू विद्यार्थी र नयाँ पुस्ताको हातेमालो अपेक्षा गर्नुभयो ।

पोखरा बहुमुखीकी क्याम्पस प्रमुख शिशुकला पराजुलीले क्याम्पसले उत्पादन गरेका जनशक्ति बजारको उपल्लो तहमा खपत भएको प्रति खुसी ब्यक्त गर्नुभयो । क्याम्पसका पूर्व क्याम्पस प्रमुख हस्त बहादुर थापाले भूपू विद्यार्थीहरुको मिलनले क्याम्पसको आगामी दिनको शैक्षिक, भौतिक विकासमा थप टेवा पुग्ने बताउनुभयो । क्यापसका पूर्व सहायक क्याम्पस प्रमुख महेन्द्र रिमालले बिगतमा क्याम्पसमा अध्ययन गरेका विद्याथीहरु बिभिन्न क्षेत्रका कार्यरत रहेकोमा खुसी ब्यक्त गर्दै यसले आगामी दिनमा क्याम्पसको शैक्षिक गुणस्तर थप बृद्धि गर्नमा सहयोग पुग्ने बताउनुभयो । क्याम्पसका सहायक क्याम्पस प्रमुख अनुपमणी अधिकारीको पनि उपस्थिति रहेको थियो ।