Saturday 20th April 2024
नवप्रभातको शैक्षिक गुणस्तरका लागि प्रदेश सरकारले सहयोग गर्छ – मन्त्री थापा
हेरालो खबर , भदौ ११ पोखरा । नव प्रभात माविको भौतिक र शैक्षिक गुणस्तरताको विषयमा प्रदेश सरकारले आवश्यक सहयोग गर्ने गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री बिन्दुकुमार थापाले प्रतिबद्धता जनाउनुभएको छ ।
विहिबार पोखरा ९ नयाँबजार स्थित नव प्रभात माविको सिसी क्यामेरा तथा बाल उद्यान समुदघाटन कार्यक्रममा बोल्दै मन्त्री थापाले उक्त प्रतिबद्धता जनाउनुभएको हो । कार्यक्रममा बोल्दै थापाले सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तरतको आवश्यकता रहेको कुरामा जोड दिनुभयो ।
कार्यक्रममा बिशेष अतिथिको रुपमा रहनुभएका पोखरा महानगरपालिका वडा नं. ९ का वडा अध्यक्ष रामराज लामिछानेले विद्यालयको समग्र शैक्षिक भौतिक बिकासमा वडा प्रतिबद्ध रहेको जनाउदै विद्यालयका शिक्षक कर्मचारी पनि सोही अनुसारको गुणस्तरियता कायम गर्न लाग्नुपर्ने धारणा ब्यक्त गर्नुभयो ।
शिक्षा महाशाखा पोखराका विद्यालय निरिक्षक जीवन प्रसाद रेग्मीले नवप्रभातले बिगतमा भन्दा राम्रो प्रगती गरेको र यसलाई कायम राख्न थप मेहनत गर्न जरुरी रहेको बताउनुभयो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष दिपेन्द्र मर्सानीले आँफुहरु नवप्रभात मा.विलाई पोखराको नमुना विद्यालय बनाउन लागी परिरहेकोले सवैले यसमा हातेमालो गर्न आह्वान गर्नुभयो ।
विद्यालयको बाल उद्यानमा खेल सामग्री सहयोग गर्नुभएका बेबिल्याण्ड पोखराका प्रोपाइटर प्रदिप बज्राचार्याले नवप्रभात खाजा कोषका लागि समेत १० हजार सहयोगको घोषणा गनुभएको थियो । विद्यालयले बालउद्यानका लागि खेल सामग्री सहयोग दाता बज्राचार्यालाई सम्मान पत्रद्वारा सम्मान गरेको थियो ।
कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका सदस्य लेखुराम खती, पोखरा महानगरपालिका वडा नं. ९ का वडा सदस्य राममया मानन्धर, विद्यालयका सल्लाहकार उत्तम जोशी, शान्तिघाट आमा समुहकी अध्यक्ष लक्ष्मी पहारी, नेवा खल नयाँसडकका श्यामलाल श्रेष्ठ, पार्वती टोल विकास संस्थाका अध्यक्ष आश बहादुर बि.क लगाएतले मन्तब्य राख्नुभएको थियो । शिक्षक प्रतिनिधी यम प्रसाद भण्डारीले स्वागत तथा विद्यालयकी प्र.अ मायाकुमारी थापाले धन्यवाद मन्तब्य राख्नुभएको कार्यक्रमको सञ्चालन संयोजक सूर्यबहाद्र थापाले गनुभएको थियो ।