Friday 29th March 2024
भारतसँग नेपाल २–१ गोलले पराजित ।
हेरालो खबर ,भदाै २० काठमाडौं ।
नेपाल र भारतबीच भएको दोस्रो मैत्रीपूर्ण फुटबल खेलमा भारत २-१ ले विजयी भएको छ। आइतबार दशरथ रंगशालामा भएको मैत्रीपूर्ण खेलमा भारत २-१ ले विजयी भएको हो।
पहिलो हाफ गोलरहित रहेपनि दोस्रो हाफमा भारतका लागि फारुख चौधरीले ६३ औं र कप्तान सुनिल क्षेत्रीले ८० औं मिनेटमा गोल गरेका हुन्।
२-० ले पछि परेको अवस्थामा नेपालका लागि ८७ औं मिनेटमा तेज तामाङले गोल फर्काएका हुन् ।
यसअघि गएको बिहीवार भएको पहिलो मैत्रीपूर्ण खेल १–१ को बराबरीमा सकिएको थियो ।
असोज १५ देखि ३० गतेसम्म माल्दिभ्समा हुने साफ च्याम्पियनसिपको तयारीको लागि नेपाल र भारतले मैत्रीपूर्ण खेल खेलेका हुन् ।
आजको खेलमा नेपालका कप्तान तथा गोलकिपर किरण चेम्जोङले राष्ट्रिय टोलीका तर्फबाट ७४ औं खेल खेलेर नयाँ कीर्तिमान बनाएका छन् ।