Friday 29th March 2024
कांग्रेस पोखरा महानगर सभापतिमा रामराज लामिछानेद्वारा उम्मेदवारी घोषणा।
हेरालो खबर , भदौ २१ पोखरा ।
नेपाली कांग्रेस पोखरा महानगरको सभापतिमा कास्की काग्रेसका निर्वतमान सचिव राम राज लामिछानेको उम्मेदवारी घोषणाभएको छ ।
नेपाली कांग्रेस पोखरा ९ को नव निर्वाचित कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधिको पहिलो संयुक्त बैठकले नेपाली काग्रेस कास्कीका निर्वतमान सचिव तथा पोखरा महानगरपालिकाका सचेतक राम राज लामिछानेलाई १४ औँ महाधिवेशनमा नेपाली काग्रेस पोखरामहानगरको सभापतिमा उठाउने निर्णय गरेको छ ।
नेपाली काग्रेस कास्कीका निर्वतमान सचिव तथा पोखरा महानगरपालिकाका सचेतक साथै हाल पोखरा महानगरपालिका ९ का वडा अध्यक्ष लामिछानेलाई नेपाली कांग्रेस पोखरा महानगरको सभापतिमा उठाउने सर्वसम्मत निर्णय गरिएको नेपाली कांग्रेस पोखरा ९ का नव निर्वाचित सभापति शिवराज वास्तोलाले बताए ।
पोखरा महानगरको सभापतिमा उम्मेदवारी घोषणा गरेका नेता लामिछाने नेपाली कांग्रेसको राजनीतिमा निरन्तर सक्रिय छन् । लामिछाने कास्की काङ्ग्रेसका लोकप्रिय तथा सक्रिय नेता हुन । पोखरा महानगर का ३३ वटा वडामा राम्रो पहिचान बनाएका कारण लामिछानेलेचुनाव सहजै जित्ने काङ्ग्रेस कार्यकर्ताले बताएको नेपाली कांग्रेस पोखरा ९ का सभापति शिवराज बास्तोला बताउछ्न ।
त्यसैगरी नेपाली कांग्रेस पोखरा ९ को नव निर्वाचित कार्यसमितिले नेपाली काग्रेस क्षेत्र न.२ को प्रदेश ‘ख’ को सभापतिमा वर्तमान सभापति दिपेन्द्र मर्सानीलाई जिल्ला सह सचिवमा भिम गौतमलाई जिल्ला सदस्यमा विश्वशकंर पालिखेलाई गण्डकी प्रदेश प्रतिनिधिमा राजेन्द्रपहारीलाई महाधिवेशन प्रतिनिधिमा उमा ठकुरी, विष्णु वास्तोला,ऋषि सापकोटा, सुनयाना पालिखे, बसन्त थकालीलाई उठाउने निर्णय गरेको छ ।