Wednesday 17th April 2024
होम स्टे पुन सञ्चालनमा ल्याउन होसानको आग्रह
बलराम तिमिल्सिना, हेरालो खबर ।
असोज ११, पोखरा ।
हामे स्टेहरुकाे छाता संगठन होम स्टे एसोसिएसन नेपाल (होसान), गण्डकी प्रदेशले सुरक्षाका मापदण्ड अपनाई प्रदेशभर ११ जिल्लाका निजी तथा सामुदायिक होम स्टेहरुलाई होम स्टे सञ्चालन गर्न आग्रह गरेको छ । असोज १० गते पर्यटन दिवसको पुर्व सन्ध्यामा जुम प्रबिधीको माध्यमबाट बसेको प्रदेश समितीको बैठकले सबै होम सञ्चालनकहरुलाई लामो समय कोरना महामारीका कारण बन्द रहेको होम स्टेहरुलाई सञ्चालन गर्नका लागी आग्रह गरेको हो ।
सरकारको पछिल्लो निर्णयले होटल, रेष्टुरेन्ट लगायतका सेवामुलक पर्यटन उद्योग खोल्ने निर्णय भए सगँै होम स्टे पनी अब सञ्चालनका लागी बैठक मार्फत आग्रह गरिएको होसान गण्डकी अध्यक्ष हरिलाल पौडेलले जानाकारी दिए । महामारीका कारण सिथिल बनेको हाम स्टे क्षेत्रमा पुर्नताजगी गर्नका लागी सन्देशमुकल रूपमा बिश्व पर्यटन दिवस पारेर यो निर्णय गरिएको हो महासचिव धनिराम गुह्रौले बताए ।
साथै संस्थाले सरकारले हामे स्टेकर्मीलाई पर्यटन ब्यवसायीको रुपमा कोरना प्रतिरोधआत्मक खोप नदिएको प्रति दुख ब्यक्त गर्दै, तत्काल होमस्टेकर्मीहरुलाई खोप प्रदान गर्नका लागी जोडदार रुपमा माग गर्ने निर्णय गरेको छ । साथै बैठकले पर्यटन दिवसको अवसर पारेर आफ्नो होम स्टे आसपासका क्षेत्र, होम स्टे पुग्ने सडक मार्गहरु सरसफाई गर्नका लागी आग्रह गरेको छ । बैठकले गण्डकी प्रदेश कै ग्रमिण पर्यटन अभियान्ता कालाबाङ होमस्टेकर्मी रबिन्द्र गुरुङ्गको निधनप्रती शोक प्रस्ताब पारित गरेको छ ।
होसान गण्डकी प्रदेशका अध्यक्ष हरिलाल पौडेलको अध्यक्षतमा बसेको बैठकमा केद्रिय कमिटि सदस्य चुडामणी पौडेल, गण्डकी प्रदेश समितिमा महासचिब धनिराम गुरहु, सचिव कृष्ण तिमिल्सिना, कोषाध्यक्ष गमिमाया गुरुङ्ग, सदस्य मुना थापा, स्याङजा जिल्ला अध्यक्ष मोहन खनाल, कास्कीका अध्यक्ष बलराम तिमिल्सिना, पर्वतका भिम गुरुङ्ग, नवलपुरका रिम वहादुर आले, तनुहँका अध्यक्ष गिता थापाको सहभागिता रहेको थियो ।
बैठकमा ग्रामिण क्षेत्रमा कृषि उत्पादनका सबै गतिबिधीहरुलाई छाडेर होम स्टेलाई मुख्या आम्दानी श्रोत भएका होम स्टेकर्मीहरुलाई सरकारले छनोट गरी राहात दिनु पर्ने, हामे स्टे पुन सञ्चालन भएको कुरा सबै होम स्टेका पारखीहरु पुग्ने प्रचारका काम गर्ने, सम्पुर्ण हामे स्टेकर्मीलाई सरकार होटल ब्यवसायी सरह पर्यटन उद्यमीको रुपमा ब्यवहार गर्ने साथै कोरना प्रतिरोधआत्मक खोप उपलब्ध गराउनु पर्ने जस्ता बिषयमा छलफल भएको थियो ।