Thursday 9th December 2021

मन्त्रालयको अनुगमनमा गण्डकीका मुख्यमन्त्री , असहजतालाई चिर्दै काम गर्न निर्देशन ।

October 22, 2021 8:48 am, हेरालाे खबर

हेरालो खबर , कार्तिक ०५ पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बिहीबार प्रदेशका मन्त्रालयहरुको स्थलगत अनुगमन गरेका छन् । पोखरेल नेतृत्वमा सरकार गठन भएसँगै मन्त्रालय थप हुँदा भौतिकदेखि जनशक्ति व्यवस्थापनमा देखिएका समस्याबारे जानकारी लिन र समाधानको पहलका लागि मुख्यमन्त्री पोखरेलले अनुगमन गरेका हुन्। प्रथम चौमासिकको अहिलेसम्मको मन्त्रालयगत प्रगतिबारे लिँदै उनले उपलब्ध स्रोत साधनको अधिकतम प्रयोग गरी उपलब्धि हासिल गर्न कर्मचारीलाई निर्देशन समेत दिएका छन्। 

मुख्यमन्त्री पोखरेलले बिहीबार भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय, पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, वन, वातावरण तथा भू-संरक्षण मन्त्रालयको अनुगमन गरेका हुन्। सुरुमा ७ वटा मन्त्रालय रहेकामा पछि युवा तथा खेलकुद मन्त्रालय थप गरेर ८ वटा बनाइएको थियो। अहिले प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसहित ११ मन्त्रालय छन् । दसैं अगाडि बिना विभागीय मन्त्रीमा डोबाटे विश्वकर्मा नियुक्त भएका छन् । उनी मुख्यमन्त्री कार्यालयमै बहाली गरेका छन् । 

साढे ३ वर्ष अगाडि अस्तित्वमा आएको प्रदेश सरकारले जिल्लास्तरमा समेत आफ्ना संरचना विस्तार गर्दै गएको छ। नयाँ स्थापना भएका मन्त्रालयहरु भवनको अभावमा साँघुरो गरी सञ्चालनमा आएका छन्। सकेसम्म सरकारी भवनहरु नै खोज्ने नभए भाडामा भए पनि सञ्चालन गरी व्यवस्थापन गरिने मुख्यमन्त्री पोखरेलले बताएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य निर्देशनालयको भवनमा राखिएको छ। पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको भवनमा राखिएको छ ।

चारवटै मन्त्रालयको अनुगमनका क्रममा मुख्यमन्त्री पोखरेलले राजनीतिक परिवर्तनसँगै नयाँ बनेको सरकारलाई सफल बनाउने जिम्मा कर्मचारीमा रहेको बताए। उनले भने, ‘राजनीतिकर्मीको भिजनलाई नियमसँगत रुपमा मुर्तरुप दिने कर्मचारीले नै हो,तपाईंहरुले काम गर्ने क्रममा भोगेका असहजतालाई चिर्न हामी तयार छौं, बिना संकोच काम गर्नुहोला।’ संघीय संरचना अस्तित्वमा आएसँगै देखिएका कानुनी जटिलता चिर्न सरकारले संघसँग लबिङ गरिरहेको भन्दै प्रदेशले बनाएका कानुनमा समेत आवश्यक परिमार्जनका लागि सरकारी जुटेको जानकारी गराए ।

भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय अनुगमनपछि मुख्यमन्त्री पोखरेलले नागरिकले प्रत्यक्ष अनुभूति गर्न काम यसै मन्त्रालय मातहतका कार्यालयबाट सम्पादन हुने भएकाले त्यही अनुसार संवेदनशील भएका काम गर्न निर्देशन दिए । ‘नागरिकका अपेक्षा धेरै छन्, बजेटको सिमितता छ, प्रथम चौमासिक पछि केन्द्रबाट पनि बजेट थप भएर आउँछ, त्यसै अनुसार काम हुनेनै छ,’ उनले भने ।


भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले पहिलो चौमासिकमा सम्पादन गर्नुपर्ने अधिकांश काम भइसकेको भन्दै तीब्र गतिमा मन्त्रालय कार्य गरिरहेको बताए। नागरिकसँग प्रत्यक्ष जोडिएका यातायात कार्यालयमा विकृति रहेको स्वीकार गर्दै उनले यी कार्यालयलाई विचौलियारहित बनाउनका लागि आफू लागी पर्ने प्रतिबद्धता जनाए । 


प्रदेश सरकार स्थापना भएदेखि नै सुरु भएका बहुवर्षे योजनाको दायित्व बढ्दै जाँदा काम गर्न असहज भएको भन्दै उनले लक्ष्य अनुसारको राजश्व संकलनमा जोड दिनुपर्ने बताए। आफूले मन्त्रालय सम्हालेका दिनदेखि नै योजना माग गर्न आउनेको संख्या अत्यधिक रहेको भन्दै उनले भने, ‘योजना संकलन मै दिन बित्ने गरेको छ, यी सबैलाई समेट्ने हो भने त ४/५ वर्षको बजेटले पनि पुग्दैन ।’ उक्त अवसरमा मन्त्रालयका सचिव रामचन्द्र श्रेष्ठले मन्त्रालयले हालसम्म गरेका कार्यको विवरण र देखि परेका समस्याका बारेमा प्रस्तुति राखेका थिए ।

पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अनुगमनपछि मुख्यमन्त्री पोखरेलले छोटो समयमा मन्त्रालय महत्वपूर्ण काम सम्पादन गरेको भन्दै प्रशंसा गरे। प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतसहितको टिमलाई पोखरामा स्वागत, नेपालस्थित राजदूत र कुटनीति नियोगका प्रमुखका साथै दातृ निकायका प्रमुखलाई पर्यटन दिवसको अवसर पारेर पोखरा भ्रमण गराएपछि पर्यटन क्षेत्रमा निकै राम्रो सन्देश प्रवाह भएको उनले बताए । प्रदेश समृद्धिको मुख्य आधार नै पर्यटन भएकाले सोही अनुसार योजना बनाएर अगाडि बढ्न उनले निर्देशन दिए । 


मन्त्री मणिभद्र शर्माले साँघुरो भवनमा कार्यालय सञ्चालन गर्दा असहज भएको भन्दै यसका बाबजुद मन्त्रालयले महत्वपूर्ण कार्य सम्पादन गरेको जानकारी गराए । मन्त्रालयले थालेका प्रदेश गौरवका योजना अगाडि बढाउन कतिपय अवस्थामा कानुनी जटिलता भएकाले त्यसको गाँठो फुकाउन जरुरी रहेको उनले बताए । मन्त्रालयका उपसचिव दिनेशप्रकाश आचार्यले मन्त्रालयको वस्तुगत अवस्थाका बारेमा जानकारी गराएका थिए ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुगमनपछि मुख्यमन्त्री पोखरेलले सिमित स्रोतकाबीच कोभिडका समयमा मन्त्रालय र कर्मचारीले निर्वाह गरेको भूमिकाको खुलेर प्रशंसा गरे। स्वास्थ्य क्षेत्रमा अझै पनि ठूलो संख्यामा दरबन्दी रिक्त रहेको र त्यसको पूर्तिका लागि अब प्रदेश सरकारले पहल गर्ने प्रतिबद्धता समेत जनाए। कोभिडका समयमा खटिएका स्वास्थ्यकर्मीहरुले प्रोत्साहन रकम नपाएको बारे आफू जानकार रहेको भन्दै यसको समाधानमा लागि पनि काम थालनी भइसकेको जानकारी उनले दिए। भवन साँघुरो भएका कारण एउटै कोटमा ८÷१० जना कर्मचारी बस्नुपरेको आफैले देखेपछि अब भवन व्यवथापनका लागि तत्काल निर्णय लिनुपर्नेमा आफू पुगेको समेत उनले उल्लेख गरे। 

मन्त्री मधु अधिकारी गुरुङले सारै कम जनशक्तिले धेरैथरी सेवा प्रवाह गर्दा थुप्रै चुनौती सामना गर्नु परेको गुनासो सुनाइन्। मन्त्रालय स्वास्थ्य नीति अन्तिम चरणमा पुर्‍याएको, स्वास्थ्य संस्थाहरुमा न्यूनतम स्वास्थ्य मापदण्ड लागु गरिएको जानकारी उनले गराइन् । सचिव विनोदबिन्दु शर्माले मन्त्रालयको भौतिक तथा जनशक्ति व्यवस्थापनका बारेमा जानकारी गराएका थिए ।


वन, वातावरण तथा भूसंरक्षण मन्त्रालय अनुगमनपछि मुख्यमन्त्री पोखरेलले वनका कर्मचारी व्यवस्थापनमा देखिएका समस्या तत्काल समाधान गरिने बताए । विकास निर्माण वन सम्बन्धी कानुन वाधकका रुपमा देखिएको उल्लेख गर्दै उनले यसको समाधानका लागि संघ सरकार पनि उदार हुनपर्ने भनाइ राखे । निर्माणको चरणमा रहेको प्रदेश वन विधेयकलाई अन्तिम रुप दिएर संसदमा पठाउन पनि उनले आग्रह गरे । फाजिलमा रहेका कर्मचारीको व्यवस्थापन, कार्यालयहरुलाई गाडी उपलब्ध गराउने विषयमा पनि आवश्यक निर्णय गर्ने मुख्यमन्त्री पोखरेलले बताए । 

मन्त्री दीपक थापाले वनलाई रोजगारी र आम्दानीसँग जोड्नुपर्ने भनाइ राखे। वन साझा अधिकार सूचीमा रहेकाले ३ तहकै सरकारको पहलमा यसको सदुपयोग र संरक्षण गर्नुपर्ने उनले बताए । वनका कार्यालयहरुमा अझै पनि कर्मचारी र सवारी साधनको उचित व्यवस्था हुन नसकेको भन्दै उनले मुख्यमन्त्रीको ध्यानाकर्षण गराए । वन निर्देशक केदार पौडेल, उपसचिव रामकाजी श्रेष्ठले मन्त्रालयको वस्तुगतस्थितिका बारेमा जानकारी गराएका थिए ।


अनुगमनमा सहभागी प्रदेशका प्रमुख सचिव डा. दामोदर रेग्मीले प्रदेशको बजेटको अंक ३० अर्ब देखिए पनि वास्तविक बजेट साढे २४ अर्बको रहेको बताए । राजश्व लक्ष्य अनुसार संकलन हुन नसक्नु, प्रदेश सरकारले आन्तरिक ऋण उठाउन पाउने व्यवस्था नहुनु जस्ता वाध्यताबीच प्रदेश सरकार चलिरहेको भनाइ राखे । बहुववर्षे योजनाका कारण प्रदेश सरकार सारै नै अप्ठेरोमा परेको भन्दै उनले यो अवस्थाको अन्य हुन जरुरी रहेको भनाइ राखे । 

अनुगमनमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव रामप्रसाद आचार्य, मुख्यमन्त्रीका निजी र स्वकीय सचिव विष्णु भुसाल र रञ्जना पोखरेल लगायत सहभागी थिए । बाँकी मन्त्रालयमा क्रमश अनुगमन गरिने प्रमुख सचिव डा. रेग्मीले बताए । 


तीज गीत २०७७, एक समालाेचना

लोकगीत लोकमाससँग तादात्म्य भएको गीत हो । समस्त लोकको व्यक्तित्व उत्रने र लोकले आफ्नै...

समर्पण

सूर्यबहादुर थापा पाेखरा , म चाहदिन तिम्रो मनमा कुनै बन्धन होस्म त एक स्वतन्त्रताको...

मौनतामा हुर्किएकाे प्रेम

सृजना लामिछाने के लेखुँ प्रिया तिम्रो लागि ? कुशल छु, कुशलताको काममा गर्छु ।...

काेराेनाले निम्त्याएका संभावनाहरू…

श्रम गर्ने बानीको बिकास गरी त्यसबाट सन्तुष्टि प्राप्त गर्ने जनशक्ति निर्माण गर्न सकिएमा गफ...

अहो ! त्यो रोमान्स…

पुषको महिना । काठमाण्डौको मौसम । तुवालोले डम्म भएको आकास । कोलाहल बस्ती बिचको...

प्रेमको भ्रम अनि यथार्थ

सृजना लामिछाने, काठमाण्डाै । हो! जिउने क्रममा प्रेम जुनसुकै कारणले पनि आवस्यक पर्दोरहेछ ।।...

कास्कीका ३२ पर्यटकिय स्थल, कतै तपाइ पुग्न छु्ट्नु त भएन ?

सूर्यबहादुर थापा / हेरालाे खबर /२०७६ अश्विन २ गते बिहिवार नेपालको गण्डकी प्रदेशमा पर्ने...

यस्ता छन् लमजुङका घुम्नैपर्ने ठाँउहरू

सूर्यबहादुर थापा / हेरालाे खबर /२०७६ भद्र ३१ गते मंगलबार लमजुङ जिल्ला साबिक पश्चिमाञ्चल...

पाेखराका पर्यटकिय गन्तब्य, कतै तपाइ पुग्न छुट्नु त भएकाे छैन ?

हेरालो खबर,  भाद्र १२, २०७६, पाेखरा  । पोखरा उपत्यका मध्य नेपालमा पर्दछ । नेपालकै दोस्रो ठूलो...

Top 5 best smartphones under 20,000Rs in Early 2019

smartphones

It’s the age of smart phones. As your daily drivers smartphones play a big...

Sedi of Pokhara is carrying abundant possibility of investment

Srijana Lamichhane. Photo : Ram kumar Rai (Chimse Rai)/ Surya Bahadur Thapa Heralokhabar, 6...

Dawa Sherpa, A student of TU, to summit Everest

Dawa sherpa Farewell

Vice-chancellor of Tribhuwan University gives an official farewell In the presence of Tribhuwan University...

हतियार बोकेर हिँडेको फेला पारे गोली हान्न सुरक्षा निकायलाई निर्देशन

हेरालो खबर २०७५ फाल्गुन ३०, विहिबार सरकारले नेत्र बिक्रम चन्द बिप्लब नेतृत्वकाे नेकपाको गतिविधिमाथि...

विप्लव नेकपामाथि कडा बन्दै सरकार , बिप्लबका गतिबिधी प्रतिबन्ध लगाउने घोषणा

हेरालो खबर २०७५ फाल्गुन २८, मंगलबार, काठमाडौं । सरकारले नेकपा विप्लव समूह आपराधिक संगठन...

सिके राउतसँग भएकाे सम्झौता विरुद्ध प्रदर्शन हुने

हेरालो खबर २०७५ फाल्गुन २६ आइतबार, काठमाडौं । सरकार र डा.सिके राउतबीच भएको ११...

आजको राशिफल

पञ्चाङ्ग वि.सं. २०७५ साल फागुन २५ गते। शनिबार। इश्वी सन् २०१९ मार्च ९ तारिख।...

विप्लवद्वारा फागुण ३० गते नेपाल बन्दको घोषणा

हेरालो खबर २०७५ फाल्गुन २४, शुक्रबार काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.) का महासचिव...

पोखराको हल्लनचोकमा बिस्फाेट

हेरालो खबर २०७५ फाल्गुन २४, शुक्रबार, संचारकर्मी शिव न्यौपाने पाेखरा । पोखराको लेकसाईड हल्लनचोक...

रबिन्द्रलाइ सम्झदै पुश्कल शर्माले गाए यस्ताे गीत

हेरालो खबर २०७५ फाल्गुन १९, आईतबार  । लोकप्रिय गायक तथा सर्जक पुश्कल शर्माको केहि...

पोखरा प्याराग्लाईडिङ दुर्घटना हुँदा एकजनाको मृत्यु

हेरालो खबर २०७५ फाल्गुन १९, आईतबार पोखरापोखरा प्याराग्लाईडिङ दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ...

पूर्वअर्थमन्त्री एवं नेकपाका नेता भरतमोहन अधिकारीको निधन

हेरालो खबर २०७५ फाल्गुन १८ शनिबार ।  पूर्वअर्थमन्त्री एवं नेकपाका नेता भरतमोहन अधिकारीको निधन...

आजको राशिफल

पञ्चाङ्ग वि.सं. २०७५ साल फागुन ६ गते। सोमबार। इश्वी सन् २०१९ फेब्रुवरी १८ तारिख।...

Cable car to run in Pokhara from this Baisakh

Heralo Khabar, 2075 magh 30 Wednesday, Pokhara. Cable Car, which is to connect Sedi...

World Split, the crisis in Venezuela A war of Ideology

From left, US president Donald J. Trump, Venezuela president (self Proclaimed) Juan Guaido, Venezuela president Nicolas Maduro, CPN Leader Puspakamal Dahal (Prachanda)

2019 Feb 02, Kathmandu. The crisis in Venezuela is a hot talk around the...

भर्खरै पुर्वि नवलपरासीको डण्डामा सवारी दुर्घटना, १ को घटनास्थलमै मृत्यु

हेरालो खबर २०७६ श्रावण १५    पुर्वि नवलपरासीको डण्डामा सवारी दुर्घटना हुदा १ को...

प्रसिद्ध पर्यटकिया स्थल उत्तरीधादिङको तातोपानीमा देखिएका १० तस्विरहरु हेरौँ

वेद बहादुर गुरुङ (विवेक) / सेतेमान तामाङ २०७६ जेठ १६, विहिबार धादिङ, धादिङ को...

स्याङजाको खाल्टेमा प्रथम क्यानोनिङ तथा सुन्तला महोत्सव हुने

वेद गुरुङ (विवेक) हेरालो खबर २०७६ मंसिर २८, शनिवार स्याङ्जा– पौष १७ देखी २०...

©https://heralokhabar.com/ All Rights Reserved heralokhabar.com Mantain By : Webbank Nepal