Flash News

संसदबाट एमसिसी पारित ।

By

February 27, 2022

हेरालो खबर , फागुन १५ काठमाडौं ।

प्रतिनिधिसभाबाट एमसीसी बहुमतले पारित भएको छ ।

संसदमा भएको छलफलपछि अर्थमन्त्री जनार्दन शर्माले उक्त प्रस्ताव पारित गरियोस भन्ने प्रस्ताव गरेका थिए ।

त्यसपछि सभामुख अग्नि सापकोटाले प्रस्तावको पक्ष र विपक्षमा मत विभाजन गरेका थिए । त्यसक्रममा हुन्छ भन्ने पक्षमा बहुमत सांसद उभिएका थिए । 

यसैबीच प्रतिनिधि सभाको बैठक फागुन १८ गतेसम्म स्थगित भएको छ।  

एमसीसी सम्झौता अनुमोदन भएसँगै सभामुख अग्नि सापकोटाले बैठक फागुन १८ गतेसम्म स्थगित गरेका हुन् ।