Thursday 28th March 2024
खप्तड गोल्डकपमा मनाङ फाइनलमा
२०७८ फागुन २५
धनगढी । मनाङ मर्स्याङ्दी क्लब सर्वाधिक धनराशीको पाँचौ मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
धनगढी रंगशालामा बुधबार भएको पहिलो सेमिफाइनलमा हिमालयन शेर्पा क्लबलाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले हराउँदै मनाङ फाइनल पुगेको हो ।
खेलको निर्धारित समय ११ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा मनाङले बाजी मार्यो ।
पेनाल्टीमा मनाङका अन्जन विष्ट, रुपेश केसी,मौसा अबागाना र पुजन उपरकोटीले गोल गरे ।
हिमालयनका उल्रिच सिवे र पिस्टन मुटाम्बाले गोल गरे । विशाल श्रेष्ठ र विवेक पण्डित पेनाल्टीमा गोल गर्न चुके ।
पेनाल्टी अघि खेलको २८ औं मिनेटमा शिशिर लेखिले हेडरमार्फत गोल गर्दै मनाङलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, खेलको ८० औं मिनेटमा सुरेश कुमालले गोल गर्दै हिमालयनलाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।
अब उपाधिका लागि मनाङले बागमती युथ क्लब युथ क्लब र फ्रेन्ड्स क्लबबीचको विजेतासँग खेल्नेछ ।
आयोजक सुदुरपश्चिम११ स्पोर्टस क्लब धनगढीले आयोजना गरेको प्रतियोगिताको विजेताले २१ लाख नगद प्राप्त गर्नेछ । उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ ।