Tuesday 19th March 2024
पूर्वअर्थमन्त्री एवं नेकपाका नेता भरतमोहन अधिकारीको निधन
हेरालो खबर २०७५ फाल्गुन १८ शनिबार । पूर्वअर्थमन्त्री एवं नेकपाका नेता भरतमोहन अधिकारीको निधन भएको छ । ८२ वर्षिय नेता अधिकारीको हृयाम्स अस्पतालमा उपचारका क्रममा शनिबार राति निधन भएको हो ।
श्वासप्रश्वास, मुटु र फोक्सोमा समस्या देखिएपछि २३ पुषदेखि अधिकारीलाई ललितपुरको मेडिसीटी अस्पतालमा राखिएको थियो । तर, स्वास्थ्यमा थप सुधार नभएपछि चिकित्सकहरुको सल्लाहमा २४ माघमा ह्याम्स अस्पताल सारिएको थियो । स्वास्थ्यमा थप समस्या देखिएपछि १६ दिनदेखि भेन्टिलेटरमा राखेर गरिएको उपचारले पनि स्वास्थ्यमा सुधार भएन । तीन दिनदेखि अधिकारी अचेत थिए ।
०४७ को संविधानको मस्यौदाकार रहेका अधिकारीले ०५१ सालको तत्कालीन एमालेको ९ महिने अल्पमतको सरकारमा वृद्ध भत्ता जस्ता सामाजिक सुरक्षाको कार्यक्रम, गाउँमा बजेट केन्द्रीत गरिएको–‘आफ्नो गाउँ आफैँ बनाऊ’ कार्यक्रम लागू गरेर लोकप्रिय अर्थमन्त्रीको छवी बनाएका थिए
अधिकारीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि भोलि आइतबार विहान ९ बजेदेखि १२ बजेसम्म पार्टी कार्यालय धुम्बाराहीमा राखिने नेकपा नेता कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।