Flash News

नेपाल र थाइल्याण्ड आज प्रतिस्पर्धा गर्दै

By

March 24, 2022

हेरालो खबर २०७६ चैत्र १०, विहिबार

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबलमा आज बिहीबार थाइल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ ।नेपालले चोनबरीमा घरेलु टोली थाइल्याण्डको सामना गर्नेछ । खेल नेपाली समय अनुसार ५: ४५ बजे सुरु हुनेछ ।एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेल अघि नेपालले फिफा वरीयतामा आफु भन्दा माथि रहेको थाइल्याण्डसँग खेल्न लागेको हो ।

यस्तै नेपालले थाइल्याण्डको क्लब चोनबरी एफसीसँग पनि मैत्रीपूर्ण खेल खेल्नेछ । उक्त खेल आइतबार हुनेछ ।

एसियन कप छनोटमा नेपाल समूह ुएु मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् ।

नेपालको समूहको छनोट खेलहरु कुवेतमा आयोजना हुनेछ । छनोट खेलहरु जुन ८ देखि १४ सम्म हुनेछ ।

नेपालले जुन ८ मा जोर्डनसँग खेल्दै छनोटको सुरुआत गर्नेछ । दोस्रो खेलमा नेपालले जुन ११ मा कुवेतको सामना गर्नेछ ।

नेपालले जुन १४ मा इन्डोनेसियाविरुद्ध खेल्नेछ ।