Thursday 18th April 2024
गण्डकी प्रदेश भलिबल संघको अध्यक्षमा गुरुङ
हेरालो खबर १२ असार २०७९, आइतबार
काठमाडौं । गण्डकी प्रदेश भलिबल संघको चौथो साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ। पोखरामा भएको अधिवेशनबाट नवीन गुरुङको नेतृत्वमा भलिबल संघको कार्यसमिति चयन गरिएको हो ।
४ बर्षे कार्यकाल रहने संघको उपाध्यक्षमा हरि कुमार श्रेष्ठ(पर्वत),महासचिवमा टहल सिंह थापा(स्याङ्जा), कोषाध्यक्षमा जीवन भण्डारी(कास्की), र सदस्यहरुमा कमला श्रीस(बाग्लुङ), राजेन्द्र जिसि (कास्की) नौराज गुरुङ (लमजुङ) टुकराज गुरुङ (तनहुँ), रमेश श्रेष्ठ (कास्की), गजेन्द्र बम (नवलपुर), राजन बाबू श्रेष्ठ (गोरखा), गंगा केसि (म्याग्दी) रहेका छन् । त्यस्तै प्राबिधिक संयोजकमा नारायण बहादुर भण्डारी र प्रशिक्षकमा रमेश केसि मनोनीत भएका छन् ।
कार्यक्रममा गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्री राजिव गुरुङको प्रमुख अतिथ्यता रहेको थियो भने नेपाल भलिबल संघका सल्लाहकार नारायण प्रसाद शर्मा, नेपाल भलिबल संघका सचिव डिबि, नेपाली नेपाल भलिबल संघका सदस्य राजकुमार गुरुङ, पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघ अध्यक्ष छ्याम बहादुर थापा, उपाध्यक्ष नवीन कुमार गुरुङ, उपाध्यक्ष देवेन्द्र के सि, उपाध्यक्ष देव नारायण काफ्ले लगायतको उपस्थिति रहेको थियो।