Tuesday 9th August 2022

पर्यटन बोर्डद्धारा नवनियुक्त राजदूतहरुसँग अन्तरक्रिया सम्पन्न

July 12, 2022 8:33 am, Heralokhabar

हेरालो खबर २०७९ असार २८, मंगलबार
काठमाण्डौं । नेपाल पर्यटन बोर्डले विभिन्न देशका लागि नवनियुक्त राजदूतहरुसँग सोमबार काठमाण्डौमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । अन्तक्रिया कार्यक्रममा बोल्दै संस्कति पर्यटन तथा नागरिक उडड्यन मन्त्री जीवनराम श्रेष्ठले नेपालको पर्यटन प्रर्वद्धनका लागि विदेश स्थित नेपाली दुतावास र राजदूतहरुको भूमीका महत्वपूर्ण हुने उल्लेख गर्दै विदेशमा गरिने कार्यक्रममा समन्वय गरेर काम गर्नु पर्ने बताउनु भयो । मन्त्री श्रेष्ठले राजदूतावासहरु नै विदेशमा देशको प्रतिनिधत्व गर्ने आधिकारिक निकाय भएकोले नेपालको बारेमा सकारात्मक सन्देश प्रभाव गर्न आवश्यक रहेको र देशको प्रर्वद्धनका लागि सबैले आआफ्नो ठाउँबाट रचनात्मकढंगले कार्य गर्नु पर्ने बताउनु भयो ।

मन्त्रालयका सचिव महेश्वर न्यौपानेले अन्तरराष्ट्रिय स्तरमा देशको छवी निर्माणमा राजदूतहरुको महत्वपूर्ण भूमिका रहने उल्ल्ेख गर्दै दुतावासहरूसँग समन्वय र सहकार्यका लागि मन्त्रालय र बोर्ड सधै तयार रहेको बताउँदै भयो । मन्त्रालयका सह सचिव बुद्धिसागर लामिछानेले नेपाल हवाई सुरक्षाका हिसावले सुरक्षित मुलुक रहेकोले सोही अनुरुप नेपालको हवाई सुरक्षाको विषयमा आएका भ्रम चिर्न आवश्यक रहेको बताउनु भयो ।

अन्र्तक्रिया कार्यक्रममा जापानमा लागि नवनियुक्त नेपाली राजदूत दुर्गा बहादुर सुवेदी,स्पेनका लागि शर्मिला पराजुली ढकाल, इजिप्टका शुशिल लम्साल, म्यानमारका लागि हरिशचन्द्र घिमिरे,आष्ट्रियाका लागि भरतराज रेग्मी, इजरायलका लागि कान्ता रिजाल ,साउथ अफ्रिकाका लागि दान बहादुर तामाङ लगायतका नवनियुक्त राजदूतहरुले नेपालको प्रर्वद्धनका लागि देश अनुसार फरक फरक प्रर्वधनात्मक सामग्री तयार गर्नु पर्ने, विदेशमा गरिने कार्यक्रममा लागि बजेटको व्यवस्था गर्न तथा कार्यक्रम गर्दा दुतावाससंग समन्वय गर्नु पर्नेमा जोड दिनुभयो । उहाँहरूले नेपालको पर्यटनको विकासको लागि हवाई कनेक्टिभिटि अत्यावश्यक भएकोमा जोड दिँदै विदेशमा हुने कार्यक्रमहरु प्रभावकारी बनाउन दुतावास,मन्त्रालय,बोर्ड लगायतका निकायकाबीच समन्वय गर्न सुझाव दिनुभयो । यस्तै नवनियुक्त राजदूतहरुले राष्ट्रको आर्थिक विकासका लागि आफ्नो कार्यकाललाई अधिकतम सदुपयोग गर्दै आफू कार्यरत देशबाट मुलुकभित्र लगानी, प्रविधि तथा आपसी सम्बन्ध विस्तारमा परिणामदायी कार्य गर्ने धारणा व्यक्त गर्नु भयो ।

यस्तै बोर्डका उपाध्यक्ष चन्द रिजालले बोर्डका पनि आफ्नै सीमितताहरु हुने गरेको अवस्थामा राजदुतावासहरुले पनि सोही अनुरुपको समन्वय र सहकार्य गर्नु पर्ने बताउनु भयो । पर्यटन बोर्डका कार्यकारी प्रमुख डा। धनन्जय रेग्मीले नेपाल पर्यटन बोर्डले कोभिड १९ पछि गरिरहेका कार्यक्रम तथा बोर्डको भावी योजनाबारे प्रकाश पार्दै बोर्डले नेपालको प्रर्वद्धनमा दुतावासहरूसंग सहयोगको अपेक्षा गरेको बताउनु भयो । नेपाल नागरिक उडडयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले नेपाल हवाई उड्डयनमा आइकाओको मापदण्ड अनुरुप सुरक्षित गन्तव्य रहेकाले राजदूतहरुले नेपालको हवाई सुरक्षाका विषयमा गरिने हुने भ्रम चिर्दै नेपाल जान अभिप्रेरित गर्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा वायुसेवा सञ्चालक संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापा, होटल संघ नेपाल हानका वरिष्ठ उपाध्यक्ष विनायक शाह,नेपाल एशोसिएसन अफ टुर एण्ड ट्रावल एजेन्टस् (नाटा) का अध्यक्ष रमेश थापा टे«किङ एजेन्सिज एशोसिएसन अफ नेपाल टानका अध्यक्ष खुम बहादुर सुवेदी लगायतले नेपाल पर्यटनका लागि उर्ययुक्त गन्तव्य रहेको बताउँदै नेपाल करिब २५ लाख पर्यटकको आतिथ्यताको लागि तयार रहेको जानकारी दिनुभयो ।


तीज गीत २०७७, एक समालाेचना

लोकगीत लोकमाससँग तादात्म्य भएको गीत हो । समस्त लोकको व्यक्तित्व उत्रने र लोकले आफ्नै...

समर्पण

सूर्यबहादुर थापा पाेखरा , म चाहदिन तिम्रो मनमा कुनै बन्धन होस्म त एक स्वतन्त्रताको...

मौनतामा हुर्किएकाे प्रेम

सृजना लामिछाने के लेखुँ प्रिया तिम्रो लागि ? कुशल छु, कुशलताको काममा गर्छु ।...

काेराेनाले निम्त्याएका संभावनाहरू…

श्रम गर्ने बानीको बिकास गरी त्यसबाट सन्तुष्टि प्राप्त गर्ने जनशक्ति निर्माण गर्न सकिएमा गफ...

अहो ! त्यो रोमान्स…

पुषको महिना । काठमाण्डौको मौसम । तुवालोले डम्म भएको आकास । कोलाहल बस्ती बिचको...

प्रेमको भ्रम अनि यथार्थ

सृजना लामिछाने, काठमाण्डाै । हो! जिउने क्रममा प्रेम जुनसुकै कारणले पनि आवस्यक पर्दोरहेछ ।।...

कास्कीका ३२ पर्यटकिय स्थल, कतै तपाइ पुग्न छु्ट्नु त भएन ?

सूर्यबहादुर थापा / हेरालाे खबर /२०७६ अश्विन २ गते बिहिवार नेपालको गण्डकी प्रदेशमा पर्ने...

यस्ता छन् लमजुङका घुम्नैपर्ने ठाँउहरू

सूर्यबहादुर थापा / हेरालाे खबर /२०७६ भद्र ३१ गते मंगलबार लमजुङ जिल्ला साबिक पश्चिमाञ्चल...

पाेखराका पर्यटकिय गन्तब्य, कतै तपाइ पुग्न छुट्नु त भएकाे छैन ?

हेरालो खबर,  भाद्र १२, २०७६, पाेखरा  । पोखरा उपत्यका मध्य नेपालमा पर्दछ । नेपालकै दोस्रो ठूलो...

Top 5 best smartphones under 20,000Rs in Early 2019

smartphones

It’s the age of smart phones. As your daily drivers smartphones play a big...

Sedi of Pokhara is carrying abundant possibility of investment

Srijana Lamichhane. Photo : Ram kumar Rai (Chimse Rai)/ Surya Bahadur Thapa Heralokhabar, 6...

Dawa Sherpa, A student of TU, to summit Everest

Dawa sherpa Farewell

Vice-chancellor of Tribhuwan University gives an official farewell In the presence of Tribhuwan University...

हतियार बोकेर हिँडेको फेला पारे गोली हान्न सुरक्षा निकायलाई निर्देशन

हेरालो खबर २०७५ फाल्गुन ३०, विहिबार सरकारले नेत्र बिक्रम चन्द बिप्लब नेतृत्वकाे नेकपाको गतिविधिमाथि...

विप्लव नेकपामाथि कडा बन्दै सरकार , बिप्लबका गतिबिधी प्रतिबन्ध लगाउने घोषणा

हेरालो खबर २०७५ फाल्गुन २८, मंगलबार, काठमाडौं । सरकारले नेकपा विप्लव समूह आपराधिक संगठन...

सिके राउतसँग भएकाे सम्झौता विरुद्ध प्रदर्शन हुने

हेरालो खबर २०७५ फाल्गुन २६ आइतबार, काठमाडौं । सरकार र डा.सिके राउतबीच भएको ११...

आजको राशिफल

पञ्चाङ्ग वि.सं. २०७५ साल फागुन २५ गते। शनिबार। इश्वी सन् २०१९ मार्च ९ तारिख।...

विप्लवद्वारा फागुण ३० गते नेपाल बन्दको घोषणा

हेरालो खबर २०७५ फाल्गुन २४, शुक्रबार काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.) का महासचिव...

पोखराको हल्लनचोकमा बिस्फाेट

हेरालो खबर २०७५ फाल्गुन २४, शुक्रबार, संचारकर्मी शिव न्यौपाने पाेखरा । पोखराको लेकसाईड हल्लनचोक...

रबिन्द्रलाइ सम्झदै पुश्कल शर्माले गाए यस्ताे गीत

हेरालो खबर २०७५ फाल्गुन १९, आईतबार  । लोकप्रिय गायक तथा सर्जक पुश्कल शर्माको केहि...

पोखरा प्याराग्लाईडिङ दुर्घटना हुँदा एकजनाको मृत्यु

हेरालो खबर २०७५ फाल्गुन १९, आईतबार पोखरापोखरा प्याराग्लाईडिङ दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ...

पूर्वअर्थमन्त्री एवं नेकपाका नेता भरतमोहन अधिकारीको निधन

हेरालो खबर २०७५ फाल्गुन १८ शनिबार ।  पूर्वअर्थमन्त्री एवं नेकपाका नेता भरतमोहन अधिकारीको निधन...

आजको राशिफल

पञ्चाङ्ग वि.सं. २०७५ साल फागुन ६ गते। सोमबार। इश्वी सन् २०१९ फेब्रुवरी १८ तारिख।...

Cable car to run in Pokhara from this Baisakh

Heralo Khabar, 2075 magh 30 Wednesday, Pokhara. Cable Car, which is to connect Sedi...

World Split, the crisis in Venezuela A war of Ideology

From left, US president Donald J. Trump, Venezuela president (self Proclaimed) Juan Guaido, Venezuela president Nicolas Maduro, CPN Leader Puspakamal Dahal (Prachanda)

2019 Feb 02, Kathmandu. The crisis in Venezuela is a hot talk around the...

भर्खरै पुर्वि नवलपरासीको डण्डामा सवारी दुर्घटना, १ को घटनास्थलमै मृत्यु

हेरालो खबर २०७६ श्रावण १५    पुर्वि नवलपरासीको डण्डामा सवारी दुर्घटना हुदा १ को...

स्याङजाको खाल्टेमा प्रथम क्यानोनिङ तथा सुन्तला महोत्सव हुने

वेद गुरुङ (विवेक) हेरालो खबर २०७६ मंसिर २८, शनिवार स्याङ्जा– पौष १७ देखी २०...

प्रसिद्ध पर्यटकिया स्थल उत्तरीधादिङको तातोपानीमा देखिएका १० तस्विरहरु हेरौँ

वेद बहादुर गुरुङ (विवेक) / सेतेमान तामाङ २०७६ जेठ १६, विहिबार धादिङ, धादिङ को...

©https://heralokhabar.com/ All Rights Reserved heralokhabar.com Mantain By : Webbank Nepal