Friday 19th April 2024
मोसिट ओजिलले टर्किस क्लब फेनरबाचेसँगको सम्झौता रद्द
हेरालो खबर २०७९ असार २८, मंगलबार
काठमाण्डौं । इंग्लिस क्लब आर्सनलका पूर्व मिडफिल्डर मोसिट ओजिलले टर्किस क्लब फेनरबाचेसँगको सम्झौता रद्द गरेका छन् ।
जर्मन मिडफिल्डर ओजिलले दुई वर्ष बाँकी रहदै टर्किस क्लबसँगको सम्झौता रद्द गरेका हुन् । ३३ वर्षीय ओजिलले गत वर्ष फेनरबाचेसँग साढे तीन वर्षको सम्झौता गरेका थिए ।
तर, उनी अर्को टर्किस क्लब इस्तानबुल बासाकसेहिरमा अनुबन्धित हुने चर्चा रहेको छ ।
ओजिलले फेनरबाचेका लागि कुल ३६ खेल खेलेका थिए । गत सिजन उनले फेनरबाचेका लागि २२ लिग खेल खेलेका थिए।
ओजिल सन् २०१३ मा रियल मड्रिडबाट आर्सनल आएका ओजिल टिममा नियमित पर्न छाडेपछि टर्की लागेका थिए । उनले आर्सनलबाट ३ एफए कप जितेका थिए ।
ओजिलले आर्सनलका लागि २ सय ५४ खेलमा ४४ गोल गरेका थिए ।