Thursday 28th March 2024
टानको अध्यक्षमा सरीता लामाको उम्मेदवारी
हेरालो खबर २०७९ साउन १०, मंगलबार
काठमाडौं । ट्रेकिङ एजेन्सिस् एसोसिएसन अफ नेपाल (टान) को अध्यक्षमा बर्तमान महासचिव सरिता लामाले उम्मेदवारी घोषणा गरेकी छिन् । लामा अफ द बाल ट्रेकिङ कम्पनीका प्रबन्ध निर्देशक हुन् ।
त्यसैगरी उहाँ तामाङ रिमठिम पर्यटन संजालको वरिष्ठ उपाध्यक्ष पनि हुन् । उहाँ महिला पर्यटन ब्यवसायी संजाल लगायत अन्य विभिन्न सामाजिक अभियानहरुमा पनि निकै सक्रिय हुनुहुन्छ । वर्तमान महासचिव लामाले सामाजिक संजाल फेसबुकमा लामो स्टाटस लेख्दै आज अध्यक्षको उम्मेदवारी घोषणा गरेकी हुन् । व्यवासायिक हकहित, शसक्तिकरण, समावेशी नेतृत्व र टानको गरिमालाई नयाँ उचाईमा पुर्याउने उदेश्य लिएर आफुले उम्मेदवारी घोषणा गरेको उनले बताएकी छन् ।
टानको अधिवेशन यही साउन ३० गते हुँदैछ । अध्यक्ष उम्मेदवार लामाको भनाइ जस्ताको तस्तै “ट्रेकिङ एजेन्सिस् एसोसिएसन अफ नेपाल ९टान० को स्थापना भएको पाँचदशक पुग्न लाग्यो । अहिले टान ४४ औं साधरणसभामा आइपुगेको छ । संस्थापक अध्यक्ष अम्बिका श्रेष्ठज्यूदेखि स्व। टेकचन्द्र पोखरेलज्यु, स्व। दावा नुर्बु शेर्पाज्यु, नेत्र बान्तवाज्यु, आर। पि। पन्तज्यु, जे।बि। सिङ्गज्यु, याङ्किला शेर्पाज्यु, स्वा। पेम्बा शेर्पाज्यु, राजेन्द्र बान्तवाज्यु, सुमन पाण्डेज्यु, दिपक महतज्यु, नरेन्द्र बि।सि।ज्यु, ज्योति अधिकारीज्यु, सिताराम सापकोटाज्यु, महेन्द्र सिं थापाज्यु, रमेश धमलाज्यु, चन्द्रप्रसाद रिजालज्यु, नवराज दाहालज्यु देखि हालको १९ औं अध्यक्षका रुपमा खुमबहादुर सुवेदीज्यू हुनुहुन्छ । उहाँहरु सबैको योगदान अतुलनयी रहेको छ । म पर्यटन क्षेत्रमा आवद्ध भएदेखि नैं टानसँग सहकार्य गरिरहेको छु ।
टानको ४१ औं साधारण सभाबाट निर्वाचित कार्यसमितिको सदस्य हुँदै अहिले म महासचिव छु । टानको विगतलाई नजिकबाट बुझेको छु । टानको वर्तमान अवस्थाको विषयमा सुचित छु र भविष्यमा टानको गरिमालाई नयाँ ढंगबाट उठाउनसक्ने योजनाकासाथ यो पटक टान अध्यक्षको उम्मेदवारी घोषणा गर्दछु । यही साउन ३० गते हुने निर्वाचनमा मलाइ पर्यटन व्यवसायीज्युले साथ र सहयोग गर्नुहुने ठूलो अपेक्षा छ ।
विश्व महामारीको रुपमा फैलिएको कोभिडका कारण थलिएको पर्यटन क्षेत्रलाई नयाँ ढंग र संरचनाबाट पुनः पुरानै लयबाट विश्वसामु नेपालको पर्यटन प्रबर्धन गर्ने योजनाका साथ अध्यक्षको उम्मेदवारी घोषणा गरेको छु ।
कोभिडको माहामारीमा महासचिवको भूमिका निर्वाह गर्दै गर्दा आम व्यवसायी, पर्यटन मजदुर र प्राविधिकसँग सँगै बसेर मैले सकेको सूचना, सहकार्य र समन्वय गरिरहेको अवगत नैं छ । नेपाल सरकारको पर्यटन मन्त्रालय, विभागिय कार्यालयहरुसँग पर्यटन व्यवसायिज्युहरु र श्रमिकहरुको हकहितको विषयमा निरन्तर लागि परिरहेको छु ।
टानका सम्पुर्ण आदरणीय सदस्यज्यूहरुले मेरो भूमिका, दृष्टिकोण र योजनाप्रति पूर्णरुपमा सहयोग गर्नुहुने पूर्ण विश्वास छ । मैले मेरो घोषणापत्र घोषणा गर्ने प्रतिबद्धता केही दिनभित्र सार्वजनिक गर्ने छु ।
हजुरहरुले टानको अध्यक्ष पदमा साथ – सहयोगका लागि अपिल गर्दछु । यो पटक व्यवासायिक हकहित र महिला समावेशी नेतृत्व र टानको गरिमालाई नयाँ उचाईमा पुर्याउने उदेश्य लिएर उम्मेदवारी घोषणा गरेको छु ।
धन्यवाद
सरिता लामा
अध्यक्ष पदको उम्मेदवार