Thursday 28th March 2024
नेपाल तमू (गुरुङ्ग) विद्यार्थी छोँज धीँको अध्यक्षमा विश्वराज गुरुङ्ग निर्वाचित
हेरालो खबर २०७९ भाद्र २६, आईतबार
काठमाडौँ । नेपाल तमू (गुरुङ) विद्यार्थी छोँज धीँको केन्द्रिय समितिको एघारौं राष्ट्रिय महाधिवेशनले विश्वराज तमुलाई अध्यक्षमा निर्वाचित गरेको छ । भदौ २४ र २५ गते काठमाडौँमा भएको महाधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो ।
सम्पुर्ण तमू (गुरुङ) विद्यार्थीहरु एक हौं मातृभाषा शिक्षाको सुनिश्चितता हाम्रो अभियान, उत्पादन र रोजगार लक्षित शिक्षानिती लागु गराउन एघारौं राष्ट्रिय महाधिवेशन २०७९ भन्ने मुल नाराका साथमा अयोजन भएको महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा नरेश गुरुङ, उपाध्यक्षमा सुदन गुरुङ, महासचिवमा पवन गुरुङ, उपमहासचिवमा विशाल गुरुङ, संगठन सचिवमा संजय गुरुङ, कोषाध्यक्षमा पर्शुराम गुरुङ (रहित) र सह–कोषाध्यक्षमा युवराज गुरुङलाई निर्वाचित गरेको छ ।
यस्तै गरि भाषा साहित्य तथा संस्कृति विभाग प्रमुखमा पविन्द्र गुरुङ, अतिरिक्त क्रियाकलाप विभाग प्रमुखमा विष्णु राज गुरुङ, प्रदेश नं. १ प्रमुखमा सृजना गुरुङ, लुम्बिनी प्रदेश प्रमुखमा प्रकाश गुरुङ निर्वाचित भएको छ । भने केन्द्रिय सदस्यहरुमा चन्द्र बहादुर गुरुङ (झापा), रबिन गुरुङ (संखुवासभा), अञ्जु गुरुङ (काभ्रे), डोल्मा गुरुङ (चितवन), अमृता गुरुङ (मकवानपुर), इना गुरुङ (काठमाण्डौ), लिलबहादुर गुरुङ (काठमाण्डौ), नबिन गुरुङ (नवलपुर), विशाल गुरुङ (नवलपुर), विकाश गुरुङ (तनहुँ), एलिना गुरुङ (कास्की), गोविन्द गुरुङ (स्याङ्जा), सोम गुरुङ (गोरखा), मनोज गुरुङ (गोरखा), सोमिया गुरुङ (नवलपरासी), अनुपम गुरुङ (नवलपरासी), र शान्ति गुरुङ (नवलपरासी) रहेका छन ।
महाधिवेशनले भुवन गुरुङ (धनकुटा), दिलकुमारी गुरुङ (भोजपुर), मनिषा गुरुङ (पाँचथर), सुमन गुरुङ (रुपन्देही), निरज गुरुङ (बाँके), उषा गुरुङ (बर्दिया), प्रीति गुरुङ (लमजुङ्ग), पुजा गुरुङ (स्याङ्जा), प्रकाश गुरुङ (गुल्मी), प्रेमा गुरुङ (गोरखा), राज घले (लमजुङ), रितेश गुरुङ (तनहुँ), सफि गुरुङ (काठम्ण्डौ), आशा गुरुङ (काठमाण्डौ), विजय गुरुङ (दोलखा), अमृत गुरुङ (काठमाण्डौ), मनिष गुरुङ (चितवन), रोशन गुरुङ (चितवन)लाई राष्ट्रिय परिषद सदस्यमा निर्वाचित गरेको छ ।