English

चौधरी सहित ११ जनालाई जन्मकैद पाउनेहरुको नामसहित

By

March 06, 2019

हेरालो खबर २०७५ फाल्गुन २२, बुधबार धनगढी, टीकापुर घटनामा जिल्ला अदालत कैलालीले प्रतिनिधिसभाका सांसद तर पुर्पक्षका लागि थुनामा रहेका रेशमलाल चौधरीसहित ११ जनालाई मुख्य दोषी ठहर गरेको छ। जिल्ला न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले चौधरीसहित अन्य १० जनाको योजनामा उच्च सुरक्षा अधिकारीसहित ९ जनाको हत्या भएको ठहर गरेको हो। एक नाबालकको समेत उक्त घटनामा हत्या गरिएको थियो। ुपासविकु घटना भएको भन्दै टीकापुर काण्डको रुपमा चर्चा भएको थियो।

जिल्ला अदालतको फैसला अनुसार जन्मकैद पाउनेहरुको नाम १ रेशमलाल चौधरी २ हरिनारायाण चौधरी ३ राजकुमार कठरिया ४ सुन्दरलाल कठरिया ५ बृजमोहन डगौरा ६ राजेश चौधरी ७ वीरबहादुर चौधरी ८ प्रदीप चौधरी ९ विद्रोह भन्ने सिताराम चौधरी १० श्रवण चौधरी ११ गंगाराम चौधरी

तर, जिल्ला अदालतले नाबालक रहेका श्रवण चौधरीको हकमा भने १० वर्षमात्र कैद हुने फैसला गरेको छ।

३ वर्ष कैद हुने लक्ष्मण थारु (चौधरी) लाहुराम चौधरी रामकुमार कठरिया सन्तराम चौधरी विश्राम भन्ने जितबहादुर डगौरा प्रेमबहादुर चौधरी किसनलाल चौधरी दिलबहादुर चौधरी संगम भन्ने सन्तोष थारु चौधरी विश्राम चौधरी चुन्निराम चौधरी रामप्रसाद चौधरी

चुन्नीराम बाहेक अन्य अभियुक्त आजै रिहा हुनेछन्। उनी आउँदो फागुन ३० गते मात्र छुट्नेछन्।

करन चौधरी बालबालिका ऐन अनुसार ६ महिना कैद हुने ठहर भएकाले आजै रिहा हुने जिल्ला अदालतको फैसलामा उल्लेख छ।

सफाइ पाउनेहरु

तहाँवर अलि जाँगा, विसराम चौधरी कुस्मी र रामनरेश चौधरीले सफाइ पाउने देखिन्छ। उनीहरु विरुद्ध डाँका चोरी मुद्दा रहेको थियो।

कुल ५८ प्रतिवादी मध्ये ३१ फरार र २७ जना थुनामा रहेका थिए। त्यसमध्ये जम्मा २१ जना दोषी ठहर भएका छन्। त्यसमध्ये ११ जना मुख्य दोषी देखिएको जिल्ला अदालतको फैसलामा उल्लेख छ। यीमध्ये नाबालक देखिएका एक जनालाई भने सजाय कम गरिएको छ।

सो घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मुद्दा चलाएका मध्ये हाल फरार अवस्थामा रहेका ३१ जनाविरुद्धको मुद्दा मुल्तवीमा राखिएको कैलाली जिल्ला अदालतका श्रेष्तेदार इन्द्रबहादुर कठायतले जनकारी दिए ।