Tuesday 29th November 2022

एनएफपीजे राजनीतिक फोटोपत्रकारिता अवार्ड फोटोपत्रकार नवीनबाबु गुरुङलाई

September 23, 2022 8:19 pm, Heralokhabar

एनएफपीजे राजनीतिक फोटोपत्रकारिता अवार्ड फोटोपत्रकार नवीनबाबु गुरुङलाई

हेरालो खबर २०७९ असोज ७ शुक्रबार
फोटोपत्रकार नवीनबाबु गुरुङ यस बर्षकै राजनीतिक फोटोपत्रकारिता विधामा उत्कृष्ट ठहरिएको छ राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे) नेपालले आफ्नो २५ औँ स्थापनाको वार्षिकोत्सवको अवसरमा आयोजित ‘राष्ट्रिय फोटोपत्रकारिता अवार्ड २०२२’मा राजनीतिक विधा तर्फ आफ्ना प्रतिष्पर्धीहरुलाई पछि पार्दै गुरुङले अवार्ड हात पारेका हो ।

सेतोपाटी डटकममा कार्यरत फोटोपत्रकार नवीनबाबु गुरुङ तीन वटा विधामा मनोनित भए पनि उनले राजनीतिक विधामा अवार्ड हात पार्न सफल भएका हुन्। एनएफपिजेले काठमाडौंमा एक कार्यक्रम गरि विभिन्न विधामा उत्कृष्ट फोटो खिच्ने फोटो पत्रकारहरूलाई अवार्ड र प्रमाणपत्र वितरण गरेको छ भने वरिष्ठ पत्रकारहरूलाई सम्मानसमेत गरेको छ । अवार्डमा सहभागिताका लागि एनएफपिजेले आवेदन खुला गरी विभिन्न विधामा पाँच जना नोमिनिज छनोट गरेको थियो । तिनै ५,५ जनाहरूबाट अवार्ड विजेता छनोट गरिएको थियो । अवार्डको निर्णायकमा सस्थाका पूर्वअध्यक्ष मीनरत्न बज्राचार्य, राजभाइ सुवाल र आजीवन सदस्य राजन काफ्ले रहेका थिए ।

अवार्डअन्तर्गत नेपाल टेलिकम दैनिक जीवन फोटो पत्रकारिता विधातर्फ सुनील शर्मा, खेलकुद फोटोपत्रकारिता विधामा हरिस सिंह नगाल, पञ्चकन्या ग्रुप महिला फोटो पत्रकारिता विधामा अनन्ता भण्डारी, पर्यटन तथा संस्कृति फोटो पत्रकारिता विधाका लागि हरि महर्जन, ग्लोबल आईएमई बैंक आर्थिक फोटो पत्रकारिता विधामा अशोक दुलाल, राजनीतिक फोटो पत्रकारिता विधातर्फ नविनबाबु गुरुङ, कृषि विकास बैंक स्वतन्त्र फोटो पत्रकारिता विधाका लागि दीपेन्द्र मर्हजनले अवार्ड जितेका छन् ।

प्रदेशस्तरीय फोटो पत्रकारिता अवार्ड विधातर्फ प्रदेश १ उत्कृष्ट फोटो पत्रकारिता विधामा गुरु ढकाल, मधेस प्रदेश उत्कृष्ट फोटो पत्रकारिता विधाका लागि जियालाल प्रसाद साह, बागमती प्रदेश उत्कृष्ट फोटो पत्रकारिता विधामा सन्तोष श्रेष्ठ, गण्डकी प्रदेश उत्कृष्ट फोटो पत्रकारिता विधामा प्रेम थापा, लुम्बिनी प्रदेश उत्कृष्ट फोटो पत्रकारिता विधामा मनोज पौडेल, कर्णाली प्रदेश उत्कृष्ट फोटो पत्रकारिता विधामा वसन्त प्रताप सिंह र सुदूरपश्चिम प्रदेश उत्कृष्ट फोटो पत्रकारिता विधामा विनोद विष्टले अवार्ड पाएका छन् ।

विजेताहरूलाई कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका अर्थमन्त्री जनार्दन शर्मा र विशेष अतिथिसमेत रहेका खेलकुदमन्त्री महेश्वर जंग गहतराजले अवार्ड तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

उक्त अवसरमा एनएफपिजेले कोरोनाको समयमा फोटोपत्रकारहरूले खिँचेका फोटोहरू संकलन गरी ुलकडाउनमा नेपालु नामक फोटो पुस्तक पनि सार्वजनिक गरेको थियो ।

कार्यक्रममा हरि गोपाल फोटो पत्रकारिता पुरस्कारअन्तर्गत साहसिक फोटो पुरस्कार झापाका नेत्रविक्रम विमली पाउँदा खेलकुदतर्फ विनय कुमार बानियाँ, पर्या–पर्यटनतर्फ प्रदीपकुमार श्रेष्ठ, संस्कृति सम्पदातर्फ किरण आचार्य, मनोरञ्जनतर्फ अजय मर्हजनले पाएका थिए भने डिआइजी माधव थापा जोखिमपूर्ण फोटो पत्रकारिता पुरस्कार आर्यन धिमाललाई प्रदान गरिएको थियो । उक्त पुरस्कारको राशि नगद १० हजार रूपैयाँ छ ।

यस वर्षको एनएफपिजे नेपाल लाइफटाइम एचिभमेन्ट अवार्डबाट वरिष्ठ पत्रकार हरिगोपाल प्रधानलाई नगद ५० हजार रूपैयाँसहित सम्मान गरिएको छ । उनले आफूले पाएको नगद ५० हजार रूपैयाँ पत्रकारहरूकै कोषमा राख्ने प्रतिवद्धतासहित उक्त कार्यक्रममा चेक हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा संस्थाका संस्थापकहरू, वरिष्ठ फोटोपत्रकारलगायतलाई पनि सम्मान गरिएको थियो । यस्तै, राष्ट्रिय फोटोपत्रकार आपतकालीन राहत कोषमा रकम सहयोग गर्ने विभिन्न समाजसेवीहरूलाई पनि प्रशंसाप्रत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा सहभागी विदेशी पत्रकारहरूलाई सम्मान गरिएको थियो । कार्यक्रममा बंगलादेश फोटो जर्नलिष्टका वरिष्ठ उपाध्यक्ष नसिम सिक्दरलगायत १२ जना र अल इन्डिया वर्किङ न्यूज क्यामेराम्यान एशोसियशनका अध्यक्ष एन। एस। सिन्हालगायतको उपस्थिति थियो । उक्त अवसरमा बंगलादेशका फोटो पत्रकारहरूले खिँचेका फोटोहरूको पनि प्रर्दशनी गरिएको थियो ।


तीज गीत २०७७, एक समालाेचना

लोकगीत लोकमाससँग तादात्म्य भएको गीत हो । समस्त लोकको व्यक्तित्व उत्रने र लोकले आफ्नै...

समर्पण

सूर्यबहादुर थापा पाेखरा , म चाहदिन तिम्रो मनमा कुनै बन्धन होस्म त एक स्वतन्त्रताको...

मौनतामा हुर्किएकाे प्रेम

सृजना लामिछाने के लेखुँ प्रिया तिम्रो लागि ? कुशल छु, कुशलताको काममा गर्छु ।...

काेराेनाले निम्त्याएका संभावनाहरू…

श्रम गर्ने बानीको बिकास गरी त्यसबाट सन्तुष्टि प्राप्त गर्ने जनशक्ति निर्माण गर्न सकिएमा गफ...

अहो ! त्यो रोमान्स…

पुषको महिना । काठमाण्डौको मौसम । तुवालोले डम्म भएको आकास । कोलाहल बस्ती बिचको...

प्रेमको भ्रम अनि यथार्थ

सृजना लामिछाने, काठमाण्डाै । हो! जिउने क्रममा प्रेम जुनसुकै कारणले पनि आवस्यक पर्दोरहेछ ।।...

कास्कीका ३२ पर्यटकिय स्थल, कतै तपाइ पुग्न छु्ट्नु त भएन ?

सूर्यबहादुर थापा / हेरालाे खबर /२०७६ अश्विन २ गते बिहिवार नेपालको गण्डकी प्रदेशमा पर्ने...

यस्ता छन् लमजुङका घुम्नैपर्ने ठाँउहरू

सूर्यबहादुर थापा / हेरालाे खबर /२०७६ भद्र ३१ गते मंगलबार लमजुङ जिल्ला साबिक पश्चिमाञ्चल...

पाेखराका पर्यटकिय गन्तब्य, कतै तपाइ पुग्न छुट्नु त भएकाे छैन ?

हेरालो खबर,  भाद्र १२, २०७६, पाेखरा  । पोखरा उपत्यका मध्य नेपालमा पर्दछ । नेपालकै दोस्रो ठूलो...

Top 5 best smartphones under 20,000Rs in Early 2019

smartphones

It’s the age of smart phones. As your daily drivers smartphones play a big...

Sedi of Pokhara is carrying abundant possibility of investment

Srijana Lamichhane. Photo : Ram kumar Rai (Chimse Rai)/ Surya Bahadur Thapa Heralokhabar, 6...

Dawa Sherpa, A student of TU, to summit Everest

Dawa sherpa Farewell

Vice-chancellor of Tribhuwan University gives an official farewell In the presence of Tribhuwan University...

हतियार बोकेर हिँडेको फेला पारे गोली हान्न सुरक्षा निकायलाई निर्देशन

हेरालो खबर २०७५ फाल्गुन ३०, विहिबार सरकारले नेत्र बिक्रम चन्द बिप्लब नेतृत्वकाे नेकपाको गतिविधिमाथि...

विप्लव नेकपामाथि कडा बन्दै सरकार , बिप्लबका गतिबिधी प्रतिबन्ध लगाउने घोषणा

हेरालो खबर २०७५ फाल्गुन २८, मंगलबार, काठमाडौं । सरकारले नेकपा विप्लव समूह आपराधिक संगठन...

सिके राउतसँग भएकाे सम्झौता विरुद्ध प्रदर्शन हुने

हेरालो खबर २०७५ फाल्गुन २६ आइतबार, काठमाडौं । सरकार र डा.सिके राउतबीच भएको ११...

आजको राशिफल

पञ्चाङ्ग वि.सं. २०७५ साल फागुन २५ गते। शनिबार। इश्वी सन् २०१९ मार्च ९ तारिख।...

विप्लवद्वारा फागुण ३० गते नेपाल बन्दको घोषणा

हेरालो खबर २०७५ फाल्गुन २४, शुक्रबार काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.) का महासचिव...

पोखराको हल्लनचोकमा बिस्फाेट

हेरालो खबर २०७५ फाल्गुन २४, शुक्रबार, संचारकर्मी शिव न्यौपाने पाेखरा । पोखराको लेकसाईड हल्लनचोक...

रबिन्द्रलाइ सम्झदै पुश्कल शर्माले गाए यस्ताे गीत

हेरालो खबर २०७५ फाल्गुन १९, आईतबार  । लोकप्रिय गायक तथा सर्जक पुश्कल शर्माको केहि...

पोखरा प्याराग्लाईडिङ दुर्घटना हुँदा एकजनाको मृत्यु

हेरालो खबर २०७५ फाल्गुन १९, आईतबार पोखरापोखरा प्याराग्लाईडिङ दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ...

पूर्वअर्थमन्त्री एवं नेकपाका नेता भरतमोहन अधिकारीको निधन

हेरालो खबर २०७५ फाल्गुन १८ शनिबार ।  पूर्वअर्थमन्त्री एवं नेकपाका नेता भरतमोहन अधिकारीको निधन...

आजको राशिफल

पञ्चाङ्ग वि.सं. २०७५ साल फागुन ६ गते। सोमबार। इश्वी सन् २०१९ फेब्रुवरी १८ तारिख।...

Cable car to run in Pokhara from this Baisakh

Heralo Khabar, 2075 magh 30 Wednesday, Pokhara. Cable Car, which is to connect Sedi...

World Split, the crisis in Venezuela A war of Ideology

From left, US president Donald J. Trump, Venezuela president (self Proclaimed) Juan Guaido, Venezuela president Nicolas Maduro, CPN Leader Puspakamal Dahal (Prachanda)

2019 Feb 02, Kathmandu. The crisis in Venezuela is a hot talk around the...

भर्खरै पुर्वि नवलपरासीको डण्डामा सवारी दुर्घटना, १ को घटनास्थलमै मृत्यु

हेरालो खबर २०७६ श्रावण १५    पुर्वि नवलपरासीको डण्डामा सवारी दुर्घटना हुदा १ को...

स्याङजाको खाल्टेमा प्रथम क्यानोनिङ तथा सुन्तला महोत्सव हुने

वेद गुरुङ (विवेक) हेरालो खबर २०७६ मंसिर २८, शनिवार स्याङ्जा– पौष १७ देखी २०...

प्रसिद्ध पर्यटकिया स्थल उत्तरीधादिङको तातोपानीमा देखिएका १० तस्विरहरु हेरौँ

वेद बहादुर गुरुङ (विवेक) / सेतेमान तामाङ २०७६ जेठ १६, विहिबार धादिङ, धादिङ को...

©https://heralokhabar.com/ All Rights Reserved heralokhabar.com Mantain By : Webbank Nepal