Thursday 28th March 2024
सन्दिपले भनेः अस्वस्थताका कारण आइसाेलेसनमा छु, चाँडै नेपाल फर्किने तर्खरमा छु ।
हेरालो खबर , असोज ०९ काठमाडौं ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले नेपाल फर्किने तर्खरमा रहेको बताएका छन् । आइतबार फेसबुकमा पोस्ट गर्दै आफूविरुद्धको उजुरी डटेर सामना गर्न आफू नेपाल फर्किने तयारीमा रहेको बताएका हुन् ।
सन्दीपले आफूविरुद्ध झुटो जाहेरी परेको र भदौ २२ गते मात्र आफूले उक्त कुरा थाहा पाएको दाबी गरेका छन् ।
कहाँ छन् सन्दीप ?
आफ्नो चरित्रमा गम्भीर आँच आउने खालका आरोप र समाचारले मानसिक रूपमा विक्षिप्त भएको उल्लेख गर्दै उनले आफू आइसोलेसनमा बसेको दाबी गरेका छन् । तर उनले आफू कहाँ छन् भन्ने कुरा भने खुलाएका छैनन् । कानुन व्यवसायीसँग परामर्श गरिरहेको र छिट्टै नेपाल फर्किने उनले बताएका छन् ।
उनले भनेका छन्, ‘यी सब कुराले मलाई एकातिर मानसिक असर गर्यो भने अर्को तिर म बिरामी अवस्थाबाट गुज्रिन पर्यो र मानसिक तनाव र स्वास्थ्य खराबीको कारणले मैले मलाई आइसोलेसनमा राखेर बसेको छु। झुट्टा जाहेरीकै भरमा अपराधीको चित्रणले मलाई मानसिक र शाररीक रुपमा प्रभावित भई असन्तुलित अवस्थामा पुगि डाक्टरहरुको सरसल्लाहामा आफुलाई सामान्य अवस्थामा ल्याउँदै आएको छु र मेरो स्वास्थ्यमा क्रमिक सुधार आउँदै छ र जति सक्दो चाँडो नेपाल फर्किएर म विरुद्दको झुट्टा उजुरीको डटेर प्रतिवाद गर्न नेपाल फर्किने तरखरमा छु ।’