Sunday 24th September 2023
पाटा पर्सनालिटी अफ द इयर २०२१ द्वारा दीपकराज जोशी सम्मानीत

हेरालो खबर २०७९ असोज १३ विहिबार
काठमाडौं । प्यासिफिक एसिया ट्राभल एसोसिएसन, पाटा नेपाल च्याप्टरको वार्षिक अवार्ड निर्णायक समिति सदस्यहरु विभूति चन्द ठाकुर (अध्यक्ष– पाटा नेपाल च्याप्टर), दीपेन्द्र पुरुष ढकाल (पूर्व सचिव–पर्यटन मन्त्रालय), श्री प्रवीण बहादुर पाण्डे (पूर्व अध्यक्ष– पाटा नेपाल च्याप्टर), श्री विजय अमात्य (सीईओ– कोरा टुर्स) र सुश्री पम्फा धमला (सदस्य– पाटा नेपाल च्याप्टर) ले नेपाल पर्यटन बोर्डका पूर्व सिईओ दीपकराज जोशीलाई सबैभन्दा योग्य उम्मेद्वारको रूपमा वर्ष २०२१ को पाटा पर्सनालिटी अफ द इयरको रुपमा अनुमोदन गरेको थियो ।
जोशीले नेपाली पर्यटन क्षेत्रको प्रवर्द्धन, दिगो विकास र पुनरुत्थानमा पु¥याउनु भएको निरन्तर योगदान र विश्वव्यापी महामारीको समयमा स्वयंसेवीको रुपमा असीम उत्साहका साथ पर्यटनक्षेत्रमा सहयोग, सक्रियता, वकालत, संलग्नता तथा अथक प्रयासहरुको कदर स्वरुप सेप्टेम्बर २६ तारिखका दिन काठमाडौँको मण्डिखाटारस्थित गेट कलेजमा आयोजित पाटा आईडी र विश्व पर्यटन दिवस समारोहको औपचारिक कार्यक्रम अन्तर्गत पाटाको वार्षिक पुरस्कार वितरण समारोहमा ’पाटा पर्सनालिटी अफ द इयर २०२१’ अवार्ड प्रदान गरिएको हो ।
सन् १९७४ १४ डिसेम्बरका दिन जन्मिएका जोशीको बाल्यकाल बर्दिया राष्ट्रिय निकुञ्जको परिवेशमा माध्यमिक शिक्षा हाशिल गर्दै अघि बढ्यो । तत्कालीन समाजमा धेरैजसो अभिभावकहरूले आफ्नो सन्तानलाई डाक्टर वा इन्जिनियर बनेको चाहने पृष्ठभूमिमा उनी सन् १९९० मा १० कक्षा उतीर्ण भएपश्चात मेडिकल करियर बनाउन उहाँ भारतको लखनउमा इन्टर्मिडिएट अफ साइन्समा भर्ना हुनुभयो । तर पर्यटन क्षेत्रमा स्थापित हुने उहाँको नियति र भाग्यले उहाँलाई काठमाडौं फर्कायो, र उहाँले सन् १९९६ मा ब्याचलर अफ कमर्स (बी. कम) र सन् २००० मा त्रिभुवन विश्वविद्यालयबाट एमबीएको अध्ययन पूरा गर्नुभयो ।
नोभेम्बर द्दण्ण्ण् मा नेपाल पर्यटन बोर्डमा एक अधिकृतको रूपमा आफ्नो पेशागत करियरको शुरुवात गरेका जोशीले २४ डिसेम्बर २०१९ सम्म करिब अधिकृत देखि प्रमुख कार्यकारी अधिकृतसम्म विविध भूमिकाहरुमा लगभग २० वर्ष नेपाली पर्यटन क्षेत्रको सेवामा समर्पित रहे ।
लामो समयदेखि पर्यटन बोर्डमा सीईओ पद रिक्त रहेको र २०१५ सालको भूकम्प र सीमा नाकाबन्दीजस्ता चुनौतीका कारण पर्यटन उद्योग नराम्ररी प्रभावित भएको अत्यन्तै नाजुक अवस्थामा दीपकराज जोशी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका थिए । साथै, पर्यटन बोर्डलाई बजेट र जनशक्तिको सीमित स्रोत साधनमा काम गर्नुपर्ने कठिन चुनौतीलाई जोशीले दृढताका साथ अवसरको रूपमा लिने साहस गर्नुभयो र आफ्नो प्रयासलाई अगाडि बढाउन र पर्यटन क्षेत्रको अपेक्षा अनुरुप सफलतापूर्वक पूरा गर्दै अघि बढ्नुभयो ।
सन् २०१५ को महाभूकम्पपछिको पर्यटन पुनरुत्थान रणनीतिक कार्ययोजना तर्जुमा गर्ने, नेपालमा अन्तर्राष्ट्रिय मार्टको शुभारम्भ गर्ने, अन्तराष्ट्रिय स्रोत बजारमा प्रवद्र्धनात्मक कार्यक्रम तथा धेरै पर्यटन मेलाहरूमा सहभागिता जनाउने लगायत घुमफिर बार्ष, नेपाली रैथाने खानाको अन्तराष्ट्रियकरण, इष्ट तथा वेष्ट ट्राभल मार्ट, ग्रामिण पर्यटन मार्ट, फोटो नेपाल जस्ता विभिन्न आन्तरिक पर्यटन प्रवर्द्धनात्मक अभियानहरूमा जोशीको उल्लेखनीय एवम् अग्रणी भूमिका रहेको थियो ।
पर्यटन उद्योग निजी तथा सरकारी क्षेत्रका सरोकारवालाहरूसँग अधिक सहकार्य र समन्वय गरी काम गर्नु जोशीको सफल कार्यकालको मूल मन्त्र थियो । फलस्वरुप अनेकन संकट र चूनौतीका बावजूद पनि नेपाली पर्यटन क्षेत्रले इतिहासमा पहिलो पटक सन् २०१८ मा १० लाख विदेशी पर्यटक भित्र्याउन सफलता हाशिल प्राप्त गर्यो जुन पर्यटन क्षेत्रको इतिहासमा कोशेढुङ्गाको रुपमा लिनसकिन्छ र पर्यटक अभिवृद्धिको शिलशिला सन् २०१९ मा समेत उल्लेख्य रह्यो ।
सन् २०२० र २१ को विश्वव्यापी महामारीको समयमा पनि, जोशीले निरन्तर स्वयंसेवीको रुपमा पर्यटन पर्यटन उद्योगको अस्तित्व रक्षा र पुनरुत्थानका एजेन्डाहरूलाई सम्बोधन गर्न विभिन्न संघहरू, सार्वजनिक–निजी फोरमहरू र प्लेटफर्महरूमा आफ्नो संलग्नता र सक्रिय सहभागिता जारी राखे ।
जोशीले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा धेरै मान्यता र पुरस्कार प्राप्त गरिसकेका छन् । सन् २०१८ मा आइआईपिटी च्याम्पियन्स इन च्यालेन्ज अवार्ड प्राप्त गर्ने उनी पहिलो दक्षिण एसियाली, सन् २०१९ मा एनटीओ श्रेणी अवार्डमा एशियामा सर्वश्रेष्ठ सीईओ र २०२० मा वर्ल्ड टुरिज्म नेटवर्क द्वारा ’टुरिज्म हिरोज अवार्ड’द्वारा सम्मानित भए ।
आज, दीपकराज जोशी, नेपालको पर्यटन क्षेत्रको उत्थान, विकास र प्रवर्द्धन गर्ने एक समर्पित तथा सम्मानित व्यक्तित्वको रुपमा परिचित हुनुहुन्छ ।
तीज गीत २०७७, एक समालाेचना

लोकगीत लोकमाससँग तादात्म्य भएको गीत हो । समस्त लोकको व्यक्तित्व उत्रने र लोकले आफ्नै...
समर्पण

सूर्यबहादुर थापा पाेखरा , म चाहदिन तिम्रो मनमा कुनै बन्धन होस्म त एक स्वतन्त्रताको...
मौनतामा हुर्किएकाे प्रेम

सृजना लामिछाने के लेखुँ प्रिया तिम्रो लागि ? कुशल छु, कुशलताको काममा गर्छु ।...
काेराेनाले निम्त्याएका संभावनाहरू…

श्रम गर्ने बानीको बिकास गरी त्यसबाट सन्तुष्टि प्राप्त गर्ने जनशक्ति निर्माण गर्न सकिएमा गफ...
अहो ! त्यो रोमान्स…

पुषको महिना । काठमाण्डौको मौसम । तुवालोले डम्म भएको आकास । कोलाहल बस्ती बिचको...
प्रेमको भ्रम अनि यथार्थ

सृजना लामिछाने, काठमाण्डाै । हो! जिउने क्रममा प्रेम जुनसुकै कारणले पनि आवस्यक पर्दोरहेछ ।।...
कास्कीका ३२ पर्यटकिय स्थल, कतै तपाइ पुग्न छु्ट्नु त भएन ?

सूर्यबहादुर थापा / हेरालाे खबर /२०७६ अश्विन २ गते बिहिवार नेपालको गण्डकी प्रदेशमा पर्ने...
यस्ता छन् लमजुङका घुम्नैपर्ने ठाँउहरू

सूर्यबहादुर थापा / हेरालाे खबर /२०७६ भद्र ३१ गते मंगलबार लमजुङ जिल्ला साबिक पश्चिमाञ्चल...
पाेखराका पर्यटकिय गन्तब्य, कतै तपाइ पुग्न छुट्नु त भएकाे छैन ?

हेरालो खबर, भाद्र १२, २०७६, पाेखरा । पोखरा उपत्यका मध्य नेपालमा पर्दछ । नेपालकै दोस्रो ठूलो...
Top 5 best smartphones under 20,000Rs in Early 2019

It’s the age of smart phones. As your daily drivers smartphones play a big...
Sedi of Pokhara is carrying abundant possibility of investment

Surya Bahadur Thapa. Photo : Ram kumar Rai (Chimse Rai)/ Surya Bahadur Thapa Heralokhabar,...
Dawa Sherpa, A student of TU, to summit Everest

Vice-chancellor of Tribhuwan University gives an official farewell In the presence of Tribhuwan University...
हतियार बोकेर हिँडेको फेला पारे गोली हान्न सुरक्षा निकायलाई निर्देशन

हेरालो खबर २०७५ फाल्गुन ३०, विहिबार सरकारले नेत्र बिक्रम चन्द बिप्लब नेतृत्वकाे नेकपाको गतिविधिमाथि...
विप्लव नेकपामाथि कडा बन्दै सरकार , बिप्लबका गतिबिधी प्रतिबन्ध लगाउने घोषणा

हेरालो खबर २०७५ फाल्गुन २८, मंगलबार, काठमाडौं । सरकारले नेकपा विप्लव समूह आपराधिक संगठन...
सिके राउतसँग भएकाे सम्झौता विरुद्ध प्रदर्शन हुने

हेरालो खबर २०७५ फाल्गुन २६ आइतबार, काठमाडौं । सरकार र डा.सिके राउतबीच भएको ११...
आजको राशिफल

पञ्चाङ्ग वि.सं. २०७५ साल फागुन २५ गते। शनिबार। इश्वी सन् २०१९ मार्च ९ तारिख।...
विप्लवद्वारा फागुण ३० गते नेपाल बन्दको घोषणा

हेरालो खबर २०७५ फाल्गुन २४, शुक्रबार काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.) का महासचिव...
पोखराको हल्लनचोकमा बिस्फाेट

हेरालो खबर २०७५ फाल्गुन २४, शुक्रबार, संचारकर्मी शिव न्यौपाने पाेखरा । पोखराको लेकसाईड हल्लनचोक...
रबिन्द्रलाइ सम्झदै पुश्कल शर्माले गाए यस्ताे गीत

हेरालो खबर २०७५ फाल्गुन १९, आईतबार । लोकप्रिय गायक तथा सर्जक पुश्कल शर्माको केहि...
पोखरा प्याराग्लाईडिङ दुर्घटना हुँदा एकजनाको मृत्यु
हेरालो खबर २०७५ फाल्गुन १९, आईतबार पोखरापोखरा प्याराग्लाईडिङ दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ...
पूर्वअर्थमन्त्री एवं नेकपाका नेता भरतमोहन अधिकारीको निधन

हेरालो खबर २०७५ फाल्गुन १८ शनिबार । पूर्वअर्थमन्त्री एवं नेकपाका नेता भरतमोहन अधिकारीको निधन...
आजको राशिफल
पञ्चाङ्ग वि.सं. २०७५ साल फागुन ६ गते। सोमबार। इश्वी सन् २०१९ फेब्रुवरी १८ तारिख।...
Cable car to run in Pokhara from this Baisakh
Heralo Khabar, 2075 magh 30 Wednesday, Pokhara. Cable Car, which is to connect Sedi...
World Split, the crisis in Venezuela A war of Ideology

2019 Feb 02, Kathmandu. The crisis in Venezuela is a hot talk around the...
स्याङजाको खाल्टेमा प्रथम क्यानोनिङ तथा सुन्तला महोत्सव हुने

वेद गुरुङ (विवेक) हेरालो खबर २०७६ मंसिर २८, शनिवार स्याङ्जा– पौष १७ देखी २०...
भर्खरै पुर्वि नवलपरासीको डण्डामा सवारी दुर्घटना, १ को घटनास्थलमै मृत्यु
हेरालो खबर २०७६ श्रावण १५ पुर्वि नवलपरासीको डण्डामा सवारी दुर्घटना हुदा १ को...
MCC सम्झाैता PDF नेपालीमा अध्ययन गर्नुहाेस् । मुख्य बिषय हाइलाइट सहित

https://heralokhabar.com/wp-content/uploads/2020/01/Mcc-Agreement-Nepali.pdf