Wednesday 29th November 2023
निजामती सेवाप्रतिको भ्रम
निलकण्ठ ढकाल ।
लगभग १२/१३ बर्ष पछि स्नातक पढ्दाका मिल्ने एकजना साथिसँग फोन लगाएँ। आशा थियो दुखसुखका बात हुनेछ्न तथापि त्यो हुन सकेन। उ सोद्छ, घडेरी कता किनिस? मेरो घरसगै घर बनाउनु पर्छ ल। सगै बस्नु पर्छ यार। ए अनि मेडम कता हुनुहुन्छ?

म भन्छु चालीस हजार तलब त काठमाडौमा खाने बस्ने मात्रै हो यार। म जिस्कदै भन्छु अनि मेडम त माइतीघरमा छिन, हुर्कदै छिन यार। मेरो शब्द नसुने झै गरि उ एकोहोरो बोल्दै जान्छ “तँ त काठमाडौमा घर किन्ने होला के हामी बस्ने तिर बस्द्छ्स त …, सरकारी गाडीमा घुइकिने मान्छे…, तलब त के नै हो र तलाइ…, आधा समय पनि काम गर्दैनौ तिमिहरू…, जता घुमे पनि पुग्यो…, सरकारी धनमा नै घुम्ने मान्छे…, खरदार सुब्बाले मोटरसाइकल चड्छ्न तँ त अधिकृत…, क्वाटर होला नभए घर भाडा सरकारले दिन्छ…मलाई किन ढाट्छ्स यार दिनु पर्दैन क्यारे हामीलाई” म अवाक भएँ। जोड्न पुग्छु मेरो खर्च । भन्न मन लाग्छ म त एक्लै बस्दछु खर्च पुगेको छ। तर भन्न सक्दिन। याद आउछ परिवारसँगै काठमाडौमा डेरा गरि बस्ने मेरा सहकर्मीहरुको खर्चको हिसाब। बोली फुट्छ कसरी पुर्याउछ्न होला ।
मलाइ फोन राख्न मन लागेको थियोे। तर सक्दिन। साथी जे भन्दै जान्छ म मन नलागी नलागी सुन्दै जान्छु। भन्ने प्रयास गर्छु हजुरले सोचे जस्तो छैन सर “हाम्रो जागीर प्रकृति अनुसार यातायातको साधन आबस्यक नभएकोले दिदैन सर …” उ नपत्याए झै थप्छ। मलाई दिनु पर्दैन क्यारे। भो भो तेरो सरकारी गाडीमा म चड्दिन क्या।
घोत्लिन्छु। मलाई रिंगटा लाग्छ। सम्झन्छु, जागीरे जीवनको यो साडे ३ बर्षमा TO भर्न १/२ पटक पाएको त्यो पनि उच्च अदालत पाटनको प्रशासनमा रहेर काम गरेकोले । मेरासँगैका साथीहरूले त्यो भर्न नै जानेकै छैनन् । फेरि सम्झन्छु सेवा अबधिमा यातायातको सुबिधा ६० लि पेट्रोल प्रशासनमा हुनाले। मन मन याद आउँछ मेरा सबै साथीहरूले त्यै पनि पाएका छैनन। भन्न खोज्छु तेसो होइन सर बुझाउने प्रयास गर्छु। उ मलाई बोल्न दिदैन। उ भन्छ सरकारी कर्मचारी हुनुभएछ। साथी हुनुहोस न यार । अहिले साझ हो साथी बन्नुस न मसँग त। के कर्मचारी बनेको? हिजो तँ तँ भन्ने गरेको गरेको होइन र बिर्सेजस्तो छ?
उ थप्छ “पैसा बिना तपाईहरू त कामै गर्नुहुन्न। एक मिनेट पनि बढी काम गर्नुहुन्न। तपाईंको कुनै काम नभए पनि कागज मिलाएर overtime को खाने होला”। म सम्झन्छु रातको ११:३० बजे अफिसबाट निस्कदा गेटमा सुरक्षाको लागि खटिएका कर्मचारीको आवाज “सर यतै हुनुहुन्थ्यो, रजिस्ट्रार सर त अघि ८ बजेतिर जानुभएको हो। सालिकराम दाइले सबैजना गइसक्नुभयो भन्नुभएको थियो”। याद्को भुमरी रुम्लिन्छ प्रशासनको सोफा भुइतिर हेर्दै गरेका महेस, बाहिर धमिलो बत्तीमा हावाले फरफराइर्हेको नेपालको झन्डा। महेस रातको ९ बजे भन्छ्न, “भो जाँउ सर भोलि गरौला। म भन्छु काम धेरै छ, भोलि यसमा भुलेर हुन्न। आज सकेसम्म म गर्छु सर तपाई जानुहोस। निन्द्रा लागे म यो सोफामा सुत्छु।” म देख्छु “महेस अँध्यारो हुँदै साडे ९ बजे निस्केको” । एकै छिनमा महेसले चलाएर गएको स्कुटरको आवाज गेट बाहिर पुग्छ। बिस्तारै हराउछ। म कम्प्युटरको माउस र कि बोर्डमा, खुलेको हुन्छ CMS र एक्सल सिट। फोनको आवाजले भन्छ सरकारी हाकिम त हो नि। आफ्नो साथी नै बिर्सेछ यार।
रातको १२ बजे थकित म निस्केर गएको याद आउछ। मेरो कानमा गुन्जिन्छ गेटमा डिउटिमा बसेको प्रहरीको आबाज “हाम्रो जस्तै दुख छ है सर हजुरहरूलाइ पनि”। याद आउँछ त्यो क्षण उफ! डेरामा गए, ढोका कसरी खोल्नु, के खानु। गेट बाहिर निस्कदै “गएँ ल सर” म प्रहरीलाई भन्छु। मोटरसाइकल होटल तिर गुड्न सुरु गर्छ। भोलिपल्ट बिहानको ६ बजेको हुन्छ। रातिको प्रहरी हुदैन गेटमा । गेटको प्रहरी अर्कै हुन्छ। म नमस्कार गर्छु उसलाई । उसले मलाई गेट खोलिदिदै भन्छ छिटै आउनुभयो त सर?
फेरि भिड लागेर आउछ्न यी यादहरू: अफिसबाट रातको १० बजेको हाराहारीमा निस्केका दिनहरू, थाकेकोले १० बजे बेलुका डेरामा पुगी भोकै सुतेका दिनहरू, बिहान ६ बजे नै अफिस भित्रिएका दिनहरु । मनमा लागेको थियोे यस्ता दिनमा त केबल खानाको ब्यबस्था अफिसले गरिओस र डेरासम्म पुग्ने व्यवस्था अफिसले गरिदिओस । तर तेस्तो कैल्यै भएन”। मलाई अहिले पनि ताजा याद छ जम्मा २ पटक साझको ८/९ बजे तिर अफिसको यातायातका साधन प्रयोग गरी डेरा गएको। ती दिनमा म कति खुशी भएको थिएँ मलाई याद छ। तर म भन्छु तेस्तो होइन सर जनताको लागि काम गर्ने हो हामीलाइ पैसा त तलब आइहाल्छ नी। कहिले ढिलो कैले छिटो भै हाल्छ। कहिले अफिसको काम घरमा नी गरिन्छ। उ नपत्याए झै गर्छ र हास्दै भन्छ हजुर त अदालती भाषा बोल्ने हुनुभएछ।
फेरि थपिन्छ्न यादहरू छिमेकी कोठामा बस्ने अशोक भाइका शव्द “आज त घाम छ्दै आउनु भएछ दाइ…,” रात्रिमा ११ बजेतिर ढोका खोल्दै “बिबाह भएका साथीहरू पनि ऎलेसम्म बस्दछ्न दाइ?” मलाई लाग्छ मेरो अबस्था देखेर अशोक लोकसेवा तयारी नै छोड्न्ने त होईन । सम्झन्छु रक्षाराम चमार, सुशान्त थपलियालगायतका साथीहरू जसले न्याय सेवाको जागिरबाट ३ बर्ष नपुग्दै राजीनामा दिएका थिए। फेरि सम्झन पुग्छु पाराश्वर कडेल सरलाइ। तेतिबेला फोनको अर्को छेउको आवाज आउछ कालो कोटेसँग बोलेर सकिँदैन। हामीले बुझ्ने भाषामा बोल्नु न यार।
मैले बुझाउने प्रयास गर्छु। उ बुझ्दैन। कि नबुझे झै गर्छ। म जान्दिन । फेरि भन्छ “तैले पनि राम्रै सिकेछ्स यार बोल्न”। उ मलाई सोद्छ “तिमिहरूको त खाजा अफिसको नै हो नि है?” मलाइ साथिको आवाज कर्कस लाग्छ। उ बोलेको सुन्दिन। यातना भोगिरहेको अनुभव हुन्छ। मन भित्रबाट कोक्याएर आउँछ। उकुसमुकुस हुन्छ। टेबलमा रहेको स्टिलको कप तान्छु । पीधमा अलिकति पानी देक्छु। आँखा चिम्लेर घुटुक्क पारिदिन्छु। अनि सम्झन्छु आजको जागीर-शिक्षणसँग तुलना हुन्छ, आजका हाकिम- हाकिमका शब्दहरू मनले केलाउछ, आफ्नै साथीहरू … एक्लो महसुस हुन्छ। निरीह महसुस हुन्छ। कम्जोर भएको अनुभव गर्छु। अनि चोर औंलाले मोबाईलमा देखिएको रातो बटन थिचिदिन्छु । मोबाइल टुँ टुँ गर्छ। म खुशीको मुस्कान छोडिदिन्छु र चर्को स्वरमा भन्न मन लाग्छ “ल जा” । उताबाट आएको आबाज सुनिन छाड्छ। मोबाइलको स्क्रिन अँध्यारो हुन्छ। राहत मिल्छ। पिजडाबाट फुत्केर आकाशमा टाढासम्म उडेको चरो झै स्वतन्त्र भएको महसुस हुन्छ। म उड्न सक्दिन तर आँखा बन्द गरेर मुस्कुराउछु।
एकचोटी घोत्लिन्छु। हाम्रो कमजोरी सम्झन्छु। यो भ्रम कस्ले चिर्ने? कसरी होला? हामीले हाम्रो कामको प्रकृति, अबस्था र गर्ने कामको बारेमा आम सेवाग्राहीलाई बुझाउन नसकेको हो। नागरिकलाई बुझाउन नसकेको हो। त्यसैले हाम्रो बारेमा नकारात्मक धारणा बनेको हो। यो साचो रुपमा बुझाउन सक्यौ भने हाम्रो संस्था र सेवाको बारेमा जनबिस्वास अबस्य बढ्ने छ।
मन भित्रबाट आउँछ, अब म मेरो सेवाक्षेत्र बाहेक अन्यत्र काम गर्ने मेरो साथिलाइ फोन गर्ने छैन। माफ पाँउ साथी अब म तिम्रो नजिक नबस्ने मात्र होइन तिमीलाई फोनसमेत लगाउने छैन। मलाई माफ गर साथी । माफ गर साथी तिमिले नै फोन लगायौ भने म फोन काटिदिने छु। अनि तिमिले सुन्ने छौ मेरो कथा त्यो तिम्रो फोनको मधुर स्वरबाट “…व्यस्त छ” र निर्देशन पाउने छौ “केही समय पछि पुन डायल गर्नुहोला” ।
तीज गीत २०७७, एक समालाेचना

लोकगीत लोकमाससँग तादात्म्य भएको गीत हो । समस्त लोकको व्यक्तित्व उत्रने र लोकले आफ्नै...
समर्पण

सूर्यबहादुर थापा पाेखरा , म चाहदिन तिम्रो मनमा कुनै बन्धन होस्म त एक स्वतन्त्रताको...
मौनतामा हुर्किएकाे प्रेम

सृजना लामिछाने के लेखुँ प्रिया तिम्रो लागि ? कुशल छु, कुशलताको काममा गर्छु ।...
काेराेनाले निम्त्याएका संभावनाहरू…

श्रम गर्ने बानीको बिकास गरी त्यसबाट सन्तुष्टि प्राप्त गर्ने जनशक्ति निर्माण गर्न सकिएमा गफ...
अहो ! त्यो रोमान्स…

पुषको महिना । काठमाण्डौको मौसम । तुवालोले डम्म भएको आकास । कोलाहल बस्ती बिचको...
प्रेमको भ्रम अनि यथार्थ

सृजना लामिछाने, काठमाण्डाै । हो! जिउने क्रममा प्रेम जुनसुकै कारणले पनि आवस्यक पर्दोरहेछ ।।...
कास्कीका ३२ पर्यटकिय स्थल, कतै तपाइ पुग्न छु्ट्नु त भएन ?

सूर्यबहादुर थापा / हेरालाे खबर /२०७६ अश्विन २ गते बिहिवार नेपालको गण्डकी प्रदेशमा पर्ने...
यस्ता छन् लमजुङका घुम्नैपर्ने ठाँउहरू

सूर्यबहादुर थापा / हेरालाे खबर /२०७६ भद्र ३१ गते मंगलबार लमजुङ जिल्ला साबिक पश्चिमाञ्चल...
पाेखराका पर्यटकिय गन्तब्य, कतै तपाइ पुग्न छुट्नु त भएकाे छैन ?

हेरालो खबर, भाद्र १२, २०७६, पाेखरा । पोखरा उपत्यका मध्य नेपालमा पर्दछ । नेपालकै दोस्रो ठूलो...
Top 5 best smartphones under 20,000Rs in Early 2019

It’s the age of smart phones. As your daily drivers smartphones play a big...
Sedi of Pokhara is carrying abundant possibility of investment

Surya Bahadur Thapa. Photo : Ram kumar Rai (Chimse Rai)/ Surya Bahadur Thapa Heralokhabar,...
Dawa Sherpa, A student of TU, to summit Everest

Vice-chancellor of Tribhuwan University gives an official farewell In the presence of Tribhuwan University...
हतियार बोकेर हिँडेको फेला पारे गोली हान्न सुरक्षा निकायलाई निर्देशन

हेरालो खबर २०७५ फाल्गुन ३०, विहिबार सरकारले नेत्र बिक्रम चन्द बिप्लब नेतृत्वकाे नेकपाको गतिविधिमाथि...
विप्लव नेकपामाथि कडा बन्दै सरकार , बिप्लबका गतिबिधी प्रतिबन्ध लगाउने घोषणा

हेरालो खबर २०७५ फाल्गुन २८, मंगलबार, काठमाडौं । सरकारले नेकपा विप्लव समूह आपराधिक संगठन...
सिके राउतसँग भएकाे सम्झौता विरुद्ध प्रदर्शन हुने

हेरालो खबर २०७५ फाल्गुन २६ आइतबार, काठमाडौं । सरकार र डा.सिके राउतबीच भएको ११...
आजको राशिफल

पञ्चाङ्ग वि.सं. २०७५ साल फागुन २५ गते। शनिबार। इश्वी सन् २०१९ मार्च ९ तारिख।...
विप्लवद्वारा फागुण ३० गते नेपाल बन्दको घोषणा

हेरालो खबर २०७५ फाल्गुन २४, शुक्रबार काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.) का महासचिव...
पोखराको हल्लनचोकमा बिस्फाेट

हेरालो खबर २०७५ फाल्गुन २४, शुक्रबार, संचारकर्मी शिव न्यौपाने पाेखरा । पोखराको लेकसाईड हल्लनचोक...
रबिन्द्रलाइ सम्झदै पुश्कल शर्माले गाए यस्ताे गीत

हेरालो खबर २०७५ फाल्गुन १९, आईतबार । लोकप्रिय गायक तथा सर्जक पुश्कल शर्माको केहि...
पोखरा प्याराग्लाईडिङ दुर्घटना हुँदा एकजनाको मृत्यु
हेरालो खबर २०७५ फाल्गुन १९, आईतबार पोखरापोखरा प्याराग्लाईडिङ दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ...
पूर्वअर्थमन्त्री एवं नेकपाका नेता भरतमोहन अधिकारीको निधन

हेरालो खबर २०७५ फाल्गुन १८ शनिबार । पूर्वअर्थमन्त्री एवं नेकपाका नेता भरतमोहन अधिकारीको निधन...
आजको राशिफल
पञ्चाङ्ग वि.सं. २०७५ साल फागुन ६ गते। सोमबार। इश्वी सन् २०१९ फेब्रुवरी १८ तारिख।...
Cable car to run in Pokhara from this Baisakh
Heralo Khabar, 2075 magh 30 Wednesday, Pokhara. Cable Car, which is to connect Sedi...
World Split, the crisis in Venezuela A war of Ideology

2019 Feb 02, Kathmandu. The crisis in Venezuela is a hot talk around the...
स्याङजाको खाल्टेमा प्रथम क्यानोनिङ तथा सुन्तला महोत्सव हुने

वेद गुरुङ (विवेक) हेरालो खबर २०७६ मंसिर २८, शनिवार स्याङ्जा– पौष १७ देखी २०...
भर्खरै पुर्वि नवलपरासीको डण्डामा सवारी दुर्घटना, १ को घटनास्थलमै मृत्यु
हेरालो खबर २०७६ श्रावण १५ पुर्वि नवलपरासीको डण्डामा सवारी दुर्घटना हुदा १ को...
MCC सम्झाैता PDF नेपालीमा अध्ययन गर्नुहाेस् । मुख्य बिषय हाइलाइट सहित

https://heralokhabar.com/wp-content/uploads/2020/01/Mcc-Agreement-Nepali.pdf