Flash News

क्रोएसियालाई हराउँदै अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा ।

By Heralo Khabar

December 14, 2022

हेरालो खबर , २८ मंसिर ।क्रोएसियालाई हराउँदै अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा पुगेको छ । कतारको लुसेल स्टेडियममा भएको सेमिफाइनलमा अर्जेन्टिनाले क्रोएसियालाई ३-० गोलले हराएर फाइनल यात्रा पक्का गरेको हो । उसका लागि जुलियर अल्भारेजले २ र लियोनल मेस्सीले एक गोल गरे ।

खेलको ३४ औं मिनेटमा लियोनल मेस्सीले पेनाल्टीबाट गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाए । यस्तै, ३९ औं मिनेटमा जुलियर अल्भारेजले गोल गरेपछि पहिलो हाफमा अर्जेन्टिना २ गोलले अघि रह्यो । ६९ औं मिनेटमा अल्भारेजले नै गोल गरेर अर्जेन्टिनालाई ३-० को अवस्थामाा पुर्‍याए । अर्जेन्टिनाले अब उपाधिको लागि फ्रान्स र मोरक्कोको विजेतासँग खेल्नेछ ।

अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा गरी दुई पटकसम्म विश्वकपको उपाधि जितेको छ । तीन पटक उपविजेता बनेको छ ।