Flash News

#BREAKING व्यवसायी गुरुङको घरमा विष्फोट गराउने विप्लव समूह माथी आशंका

By

March 08, 2019

हेरालो खबर २०७५ फाल्गुन २४, शुक्रबार काठमाडौं, वसुन्धरास्थित वैदेशिक रोजगार व्यवसायी रोहन गुरुङको घरमा भएको विष्फोट विप्लव समूहले गरेको प्रहरीले आशंका गरेको छ। शुक्रबार साँझ व्यवसायी गुरुङको घरमा राखिएको कारमा बम विष्फोट भएको थियो।

गुरुङले आफ्नो गाडीमा पहिले नै बम राखेको अनुमान गरेको छ। विष्फोटका कारण गाडी पूर्णरुपमा ध्वस्त भएको छ भने घरमा आगलागी भएर क्षति भएको छ।

विस्पोटमा परि एक जना व्यापारी मनीराम पौडेल सामान्य घाइत भएको उनलाई अस्पताल लगिएको ‍महाराजगञ्जका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) फडिन्द्र प्रसाईंले जनारी दिए ।

गुरुङको घरमा विष्फोट भएपछि त्यस क्षेत्रमा प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ। गुरुङ वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष हुन्।