Sunday 28th May 2023

१८ औं संस्करणको लेखनाथ महोत्सवको तयारी पूरा ।

December 20, 2022 9:11 pm, Shiva Neupane

हेरालो खबर , पुस ०५ पोखरा ।

१८ औं संस्करणको लेखनाथ महोत्सवको तयारी पूरा भएकाे छ । यहि पुस ७ गते देखि १८ गते सम्म हुने लेखनाथ महोत्सव २०७९ को तयारी पूरा भएकाे आयोजक लेखनाथ उद्योग बाणिज्य संघले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको हाे ।

लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजना, गण्डकी प्रदेश पर्यटन उद्योग वाणिज्य तथा आपुर्ती मन्त्रालय, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको सहआयोजना, पोखरा महानगरपालिका कार्यालय र नेपाल पर्यटन बोर्डको प्रवर्द्धन तथा विभिन्न संघ संस्थाहरुको सहयोग र सहभागितामा “महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र संवृद्धि” भन्ने मुल नाराका साथ पोखरा २७ तालचोक डाँडाकोनाकमा सन्चालन हुने भएको छ।

सगरमाथा इन्स्योरेन्स कम्पनी लि को मुख्य प्रायोजन र राष्ट्रिय वाणिज्य बैंकको सहप्रायोजन रहने यस महोत्सवको मुख्य उद्देश्य कोभिड १९, रुस युकेन युद्ध लगायतका कारणले वित्तिय क्षेत्रमा देखिएको तरलता अभाव, चर्को व्याज वृद्धिले थला परेको देशको अर्थतन्त्रलाई चलायमान बनाई यस क्षेत्रको आर्थिक गतिविधी बढाउन, औद्योगिक उत्पादन तथा हस्तकलाका सामानहरुको बजार प्रवर्द्धन, सोको पहिचान, स्थानीय उत्पादन, लघु घरेलु तथा साना उद्योगहरुको प्रवर्द्धन, आवश्यक ज्ञान, सिप, उद्यमशिलता र प्रविधि हस्तान्तरण, राष्ट्रिय तथा अन्तराष्ट्रिय मुलुकहरुमा उत्पादित औद्योगिक एवं दैनिक उपभोग्य वस्तु तथा सेवाहरुको प्रवर्द्धन, जातीय भेषभुषा, कला संस्कृति, रितिरिवाजको जगेर्ना गर्ने, आन्तरिक एवं वाह्य पर्यटकहरु आकर्षण गरि आन्तरिक पर्यटनलाई सहयोग पुरयाउने महोत्सवको मुख्य उद्देश्य रहेको आयोजक संघले जनाएको छ।

हिजो पौष ४ गते सोमबार लेखनाथ उवा संघको सभाहलमा लेखनाथ महोत्सव २०७९ को पहिलो कार्यक्रमको रुपमा साहित्यीक कार्यक्रम अन्तर्गत कवि शिरोमणि लेखनाथ पौड्यालको सम्मानमा उहाँद्वारा सिर्जित १८ कविता १८ कविद्वारा वाचन कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।

महोत्सवको अर्को आर्कषकको रुपमा यस वर्ष पर्यटकीय स्थल बेगनासताल र वरपरका कोट, मठमन्दिर तथा हरियाली जंगलहरुलाई साङ्केतिक रुपमा प्रतिबिम्वत हुने गरि प्रदर्शनी गरिने भएको छ । साथै घरेलु तथा ग्रामिण प्रविधि प्रदर्शनी, रत्यौलि गित कार्यक्रम, विद्यालय स्तरीय कार्यक्रम, शैक्षिक प्रदर्शनीमा रहेका जनाइएको छ । जातजातिहरुको सम्मानमा लोप हुन लागेका रितिरिवाज तथा संस्कृति झल्कने उत्कृष्ट कार्यक्रम, ख्याती प्राप्त हास्य व्यंग्य कलाकारहरुको दैनिक प्रस्तुती, राष्ट्रिय लोक दोहोरी कार्यक्रम, युवा दर्शकहरुको मनोरन्जनका लागि सुगम संगित तथा पप कन्सर्ट रहेको छन् ।

३३७ वटा स्टल रहने महोत्सवमा औद्योगिक व्यापार मेला, हस्तकलाका सामानहरु, दैनिक उपभोग्य एवं खाद्यान्न सामानहरु, फेन्सी, कस्मेटिक तथा श्रृंगारका सामानहरु, विद्युतीय उपकरण, फर्निचरका सामानहरु, भान्छामा प्रयोग हुने मालसामानहरु, शिक्षा, स्वास्थ्य, खेलकुदका सामाग्रीहरु, सूचना प्रविधि तथासञ्चारका उपकरणहरु, पर्यटन तथा लेखनाथ क्षेत्रका गतिविधिहरु, फुड फेस्टिवल अटोमोवाइल प्रदर्शनी, वित्तिय तथा अन्य सेवामुलक संघ संस्थाको सेवा तथा जानकारी, यस क्षेत्रमा उत्पादित सुन्तला, माछा, मौरी, कफि र दुग्ध उत्पादनको प्रदर्शनी, तरकारी, जैविक विविधता रहने छ।

करिब २ लाख ५० हजार दर्शकले अवलोकन गर्ने मेलामा १० करोड बरावरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ । महोत्सवमा करिब ९५ लाख आम्दानी हुने र महोत्सव सम्पन्न गर्नका लागि करिब ८५ लाख खर्च भई रु १० लाख बचत हुने अनुमान गरिएको छ । महोत्सवको बचतबाट प्रदर्शनी स्थल र संघको भवनको स्तर उन्नती औद्योगिक क्षेत्र निर्माणको लागि पहल एवं सहयोग, कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मस्थल विकास, यस क्षेत्रमा रहेका बेगनासताल, रुपाताल लगायतका पर्यटकिय स्थलहरुको प्रवर्द्धन गर्नका निमित्त विभिन्न किसिमका कार्यक्रमहरु गर्ने लगायतका विभिन्न सामाजिक उत्तरदायित्वका कार्यमा खर्च गरिने संघले जनाएको छ ।

यस वर्ष महोत्सव अवलोकनमा विद्यार्थी टिकट रु ५०/-, साधारण टिकट रु ८० र कन्सर्ट टिकट रु १५०/- रहने जनाइएको छ भने जेष्ठ नागरिक, अपाङ्ग र एकल महिलालाई सामाजिक सुरक्षा भत्ता वितरण कार्डका आधारमा निशुल्क प्रवेशको व्यवस्था मिलाईएको छ ।


तीज गीत २०७७, एक समालाेचना

लोकगीत लोकमाससँग तादात्म्य भएको गीत हो । समस्त लोकको व्यक्तित्व उत्रने र लोकले आफ्नै...

समर्पण

सूर्यबहादुर थापा पाेखरा , म चाहदिन तिम्रो मनमा कुनै बन्धन होस्म त एक स्वतन्त्रताको...

मौनतामा हुर्किएकाे प्रेम

सृजना लामिछाने के लेखुँ प्रिया तिम्रो लागि ? कुशल छु, कुशलताको काममा गर्छु ।...

काेराेनाले निम्त्याएका संभावनाहरू…

श्रम गर्ने बानीको बिकास गरी त्यसबाट सन्तुष्टि प्राप्त गर्ने जनशक्ति निर्माण गर्न सकिएमा गफ...

अहो ! त्यो रोमान्स…

पुषको महिना । काठमाण्डौको मौसम । तुवालोले डम्म भएको आकास । कोलाहल बस्ती बिचको...

प्रेमको भ्रम अनि यथार्थ

सृजना लामिछाने, काठमाण्डाै । हो! जिउने क्रममा प्रेम जुनसुकै कारणले पनि आवस्यक पर्दोरहेछ ।।...

कास्कीका ३२ पर्यटकिय स्थल, कतै तपाइ पुग्न छु्ट्नु त भएन ?

सूर्यबहादुर थापा / हेरालाे खबर /२०७६ अश्विन २ गते बिहिवार नेपालको गण्डकी प्रदेशमा पर्ने...

यस्ता छन् लमजुङका घुम्नैपर्ने ठाँउहरू

सूर्यबहादुर थापा / हेरालाे खबर /२०७६ भद्र ३१ गते मंगलबार लमजुङ जिल्ला साबिक पश्चिमाञ्चल...

पाेखराका पर्यटकिय गन्तब्य, कतै तपाइ पुग्न छुट्नु त भएकाे छैन ?

हेरालो खबर,  भाद्र १२, २०७६, पाेखरा  । पोखरा उपत्यका मध्य नेपालमा पर्दछ । नेपालकै दोस्रो ठूलो...

Top 5 best smartphones under 20,000Rs in Early 2019

smartphones

It’s the age of smart phones. As your daily drivers smartphones play a big...

Sedi of Pokhara is carrying abundant possibility of investment

Surya Bahadur Thapa. Photo : Ram kumar Rai (Chimse Rai)/ Surya Bahadur Thapa Heralokhabar,...

Dawa Sherpa, A student of TU, to summit Everest

Dawa sherpa Farewell

Vice-chancellor of Tribhuwan University gives an official farewell In the presence of Tribhuwan University...

हतियार बोकेर हिँडेको फेला पारे गोली हान्न सुरक्षा निकायलाई निर्देशन

हेरालो खबर २०७५ फाल्गुन ३०, विहिबार सरकारले नेत्र बिक्रम चन्द बिप्लब नेतृत्वकाे नेकपाको गतिविधिमाथि...

विप्लव नेकपामाथि कडा बन्दै सरकार , बिप्लबका गतिबिधी प्रतिबन्ध लगाउने घोषणा

हेरालो खबर २०७५ फाल्गुन २८, मंगलबार, काठमाडौं । सरकारले नेकपा विप्लव समूह आपराधिक संगठन...

सिके राउतसँग भएकाे सम्झौता विरुद्ध प्रदर्शन हुने

हेरालो खबर २०७५ फाल्गुन २६ आइतबार, काठमाडौं । सरकार र डा.सिके राउतबीच भएको ११...

आजको राशिफल

पञ्चाङ्ग वि.सं. २०७५ साल फागुन २५ गते। शनिबार। इश्वी सन् २०१९ मार्च ९ तारिख।...

विप्लवद्वारा फागुण ३० गते नेपाल बन्दको घोषणा

हेरालो खबर २०७५ फाल्गुन २४, शुक्रबार काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.) का महासचिव...

पोखराको हल्लनचोकमा बिस्फाेट

हेरालो खबर २०७५ फाल्गुन २४, शुक्रबार, संचारकर्मी शिव न्यौपाने पाेखरा । पोखराको लेकसाईड हल्लनचोक...

रबिन्द्रलाइ सम्झदै पुश्कल शर्माले गाए यस्ताे गीत

हेरालो खबर २०७५ फाल्गुन १९, आईतबार  । लोकप्रिय गायक तथा सर्जक पुश्कल शर्माको केहि...

पोखरा प्याराग्लाईडिङ दुर्घटना हुँदा एकजनाको मृत्यु

हेरालो खबर २०७५ फाल्गुन १९, आईतबार पोखरापोखरा प्याराग्लाईडिङ दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ...

पूर्वअर्थमन्त्री एवं नेकपाका नेता भरतमोहन अधिकारीको निधन

हेरालो खबर २०७५ फाल्गुन १८ शनिबार ।  पूर्वअर्थमन्त्री एवं नेकपाका नेता भरतमोहन अधिकारीको निधन...

आजको राशिफल

पञ्चाङ्ग वि.सं. २०७५ साल फागुन ६ गते। सोमबार। इश्वी सन् २०१९ फेब्रुवरी १८ तारिख।...

Cable car to run in Pokhara from this Baisakh

Heralo Khabar, 2075 magh 30 Wednesday, Pokhara. Cable Car, which is to connect Sedi...

World Split, the crisis in Venezuela A war of Ideology

From left, US president Donald J. Trump, Venezuela president (self Proclaimed) Juan Guaido, Venezuela president Nicolas Maduro, CPN Leader Puspakamal Dahal (Prachanda)

2019 Feb 02, Kathmandu. The crisis in Venezuela is a hot talk around the...

स्याङजाको खाल्टेमा प्रथम क्यानोनिङ तथा सुन्तला महोत्सव हुने

वेद गुरुङ (विवेक) हेरालो खबर २०७६ मंसिर २८, शनिवार स्याङ्जा– पौष १७ देखी २०...

भर्खरै पुर्वि नवलपरासीको डण्डामा सवारी दुर्घटना, १ को घटनास्थलमै मृत्यु

हेरालो खबर २०७६ श्रावण १५    पुर्वि नवलपरासीको डण्डामा सवारी दुर्घटना हुदा १ को...

MCC सम्झाैता PDF नेपालीमा अध्ययन गर्नुहाेस् । मुख्य बिषय हाइलाइट सहित

https://heralokhabar.com/wp-content/uploads/2020/01/Mcc-Agreement-Nepali.pdf

©https://heralokhabar.com/ All Rights Reserved heralokhabar.com Mantain By : Webbank Nepal