Flash News

पोखराकाे हल्लनचोकमा आगाेलागी

By

March 08, 2019

हेरालो खबर २०७५ फाल्गुन २४, शुक्रबार . पाेखरा । पोखराकाे हल्लनचोकमा ्आगलागी भएको छ । हल्लनचोकको क्लब 99 मा आगलागी भएकाे हाे । सिलिण्डर लिकेज भएर आगलागी भएकाे हुन सक्ने अनुमान गरिएकाे छ । अागाे अझै नियन्त्रणमा आउन सकेको छैन ।

पोखरा महानगरको दमकलले आगो नियन्त्रणको प्रयास जारी राखेको छ भने नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल आर्मी र स्थानीयले आगो निभाउन सक्रिय छन् । आगलागीबाट त्यो भवनमा रहेको १ बर्गर पसल र १ टेकिङ सप जलेका छन् ।

आगो नियन्त्रण नआउँदा स्थानीय त्रसित छन् । घटनामा मानवीय क्षति नभएको र अन्य क्षतिको विवरणमा भन्दा आगो निभाउनै केन्द्रीय भएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ ।