Friday 3rd February 2023

पोखरा १ र ११ जोड्ने सेती नदीमाथि निर्माण गर्न लागिएको पुलको पृथ्वीनारायण क्याम्पसद्वारा बिरोध ।

January 5, 2023 10:38 pm, Shiva Neupane

हेरालो खबर , पुस २१ , पोखरा ।

पोखरा १ र ११ जोड्ने सेती नदीमाथि निर्माण गर्न लागिएको पुलको पृथ्वीनारायण क्याम्पसले बिरोध जनाएको छ। पृथ्वीनारायण क्याम्पस बगर परिसरबाट पोखरा ११ फुलबारी जोड्नलाई सेती नदीमाथि मोटरेबल पुल निर्माण गर्न लागेपछि पृथ्वीनारायण क्याम्पसले विरोध जनाएको हो । 

पृथ्वीनारायण क्याम्पस, पोखराले आज पत्रकार सम्मेलन गरी पुल निर्माण कार्य बन्द गर्न र क्याम्पसको हित विपरित काम नगर्न चुनौती दिएको छ ।क्याम्पसले भोगचलन गर्दै आइरहेको जग्गामा बिना जानकारी सडक र पुल निर्माण गर्न लागेपछि क्याम्पस प्रशासन, प्राध्यपक संघ र विद्यार्थी संगठन विरोधमा उत्रिएका छन् । स्वार्थ समूहको प्रभावमा परेर पुल निर्माण गर्न लागिएको उनीहरुको आरोप छ ।

पुल निर्माणस्थलको जग्गा क्याम्पसको नाममा रहेको क्याम्पस प्रमुख डा. सरोज कोइरालाले बताए । उनका अनुसार केही जग्गा क्याम्पसको नाममा नभएपनि हकभोग गर्दै आइरहेको छ । पोखरा महानगरपालिका–१ बगर तल्लोतहराको दुईसय २२ रोपनी जग्गा २०३२ सालको नापी फिल्ड बुकमा पृथ्वीनारायण क्याम्पस दाबी उल्लेख भइ क्याम्पसले उपयोग र संरक्षण गर्दै आइरहेको उनले दाबी गरे । सो जग्गा क्याम्पसले तारबार गर्दै वृक्षारोपण गरेको छ । वर्षेनी टेण्डर लगाएर घाँस विक्री गर्ने गरिन्छ ।

‘सडक र पुल निर्माण गर्दा क्याम्पसलाई केही जानकारी नगराई एकतर्फी केही व्यक्तिलाई लाभ पुग्ने गरेर निर्माण गर्न लागिएकोमा गम्भिर आपत्ति छ’, बिहिबार पत्रकार सम्मेलनमा क्याम्पस प्रमुख कोइरालाले अघि भने,”सो जग्गा क्याम्पसको भोगचलनमा रहेको र दर्ता प्रकृयामा समेत अगाडी बढेकाले क्याम्पसकै हो । हामी बिकास विरोधी होइनौ, पुल बनाउने हो भने क्याम्पसकै दर्ताभित्रको जग्गाबाट पुल निर्माणका लागि सहमति दिन सकिन्छ ।’

त्रिवि प्राध्यापक संघ पृथ्वीनारायण क्याम्पस एकाइ समितिका सभापति डा. लक्ष्मीशरण अधिकारीले क्याम्पसलाई थाहै नदिइ पुल निर्माण गर्नु भूमाफियाको चलखेल हुन सक्ने आशंका व्यक्त गरे । भूमाफियाहरु बलियो भएर लागेको उनको आरोप छ । ‘पुल त कति चोटि धर्ना बसेर यहाँ चाहियो भनेर जनदबाब दिएर त पाइदैन । ५ सय मिटरको दुरीमा त्यत्रो पुल खुसुखुसु क्याम्पसलाई थाहै नदिइकन कहाँ कहाँबाट सेटिङ भएर आको हाम्ले बुझेम’, उनले भने । उनले क्याम्पस प्रशासनले भोगचलन गर्दै आइरहेको जग्गा फुत्कन नदिने उल्लेख गरे ।

विद्यार्थीहरुले पनि उक्त जग्गा जोगाउन जुनसुकै संघर्ष गर्न तयार रहेको बताएका छन् । क्याम्पसमा क्रियासिल विद्यार्थी संगठनअनेरास्ववियु, नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी), अनेरास्ववियू, अखिल (क्रान्तिकारी), अनेरास्ववियू (क्रान्तिकारी), समाजवादी विद्यार्थी युनियन, अखिल छैठौंले संयुक्त विज्ञप्ती जारी गरेर पुल निर्माण रोक्न माग गरेका छन् ।

सडक विभाग पुल महाशाखाले पुस १२ गते हिमडुङ्ग एण्ड थोकर रौताहा जेभिले पुल निर्माणको ठेक्का पाएर काम सुरु गर्न लागेकाले आवश्यक मेसिनरी उपकरण तथा सवारीसाधन निर्माणस्थलसम्म पुग्न क्याम्पसलाई बाधा नपर्ने समयमा प्रवेश अनुमतिका लागि पत्र लेखेको थियो । क्याम्पस प्रशासनले सेती नदीमा पुल निर्माण गर्दा बाधा पुग्ने भन्दै अनुमति नदिने जवाफी पत्र पठाएको छ ।

क्याम्पस रहेको जग्गा तत्कालीन समयमा रत्नाखर पराजुलीले १८७७ मा वृता पाएको जग्गा हो । सो जग्गा क्याम्पसको नाउँमा पराजुली परिवारले दिएका थिए । तर जग्गाको मूल्य बढेसंगै महत्व बढ्दै गएपछि २०४५ सालमा सोही परिवारबाट दर्ता छुट भनि कित्ता काट गरेकोमा पछि कुनै प्रमाण नपुग्ने भन्दै विभिन्न अदालतको निर्णयबाट क्याम्पसकै भोगचलन दिने देखिएको छ । 

क्याम्पसले बिकास विरोधी होइन भनिरहदा पोखरा-२० भलाम, ११ फुलबारी र वडा नं १ र ३ का नागरिकले फाइदा पाउनेछन ।
हाल पृथ्वी नारायण क्याम्पसको स्वामित्वमा झन्डै ७ सय १६ रोपनी जग्गा रहेको छ । पुल निर्माणको विरोधमा भन्दा पनि क्याम्पसको नाममा नआएको जग्गा भुमाफियाको चङ्गुलमा पर्छ कि भनेर तर्सिएको बुझिएको छ । 

२०१७ साल भदौ १७ गते स्थापना भएको सो क्याम्पस गण्डकी प्रदेशको मात्रै नभइै मुलुककै अग्रणी शिक्षणसंस्थाको रुपमा पाईन्छ । यस क्याम्पसमा ५ वटा संकायका ३३ वटा विभाग र ३४ बिषयमा झन्डै १५ हजार विद्यार्थीहरु अध्ययनरत छन् ।


तीज गीत २०७७, एक समालाेचना

लोकगीत लोकमाससँग तादात्म्य भएको गीत हो । समस्त लोकको व्यक्तित्व उत्रने र लोकले आफ्नै...

समर्पण

सूर्यबहादुर थापा पाेखरा , म चाहदिन तिम्रो मनमा कुनै बन्धन होस्म त एक स्वतन्त्रताको...

मौनतामा हुर्किएकाे प्रेम

सृजना लामिछाने के लेखुँ प्रिया तिम्रो लागि ? कुशल छु, कुशलताको काममा गर्छु ।...

काेराेनाले निम्त्याएका संभावनाहरू…

श्रम गर्ने बानीको बिकास गरी त्यसबाट सन्तुष्टि प्राप्त गर्ने जनशक्ति निर्माण गर्न सकिएमा गफ...

अहो ! त्यो रोमान्स…

पुषको महिना । काठमाण्डौको मौसम । तुवालोले डम्म भएको आकास । कोलाहल बस्ती बिचको...

प्रेमको भ्रम अनि यथार्थ

सृजना लामिछाने, काठमाण्डाै । हो! जिउने क्रममा प्रेम जुनसुकै कारणले पनि आवस्यक पर्दोरहेछ ।।...

कास्कीका ३२ पर्यटकिय स्थल, कतै तपाइ पुग्न छु्ट्नु त भएन ?

सूर्यबहादुर थापा / हेरालाे खबर /२०७६ अश्विन २ गते बिहिवार नेपालको गण्डकी प्रदेशमा पर्ने...

यस्ता छन् लमजुङका घुम्नैपर्ने ठाँउहरू

सूर्यबहादुर थापा / हेरालाे खबर /२०७६ भद्र ३१ गते मंगलबार लमजुङ जिल्ला साबिक पश्चिमाञ्चल...

पाेखराका पर्यटकिय गन्तब्य, कतै तपाइ पुग्न छुट्नु त भएकाे छैन ?

हेरालो खबर,  भाद्र १२, २०७६, पाेखरा  । पोखरा उपत्यका मध्य नेपालमा पर्दछ । नेपालकै दोस्रो ठूलो...

Top 5 best smartphones under 20,000Rs in Early 2019

smartphones

It’s the age of smart phones. As your daily drivers smartphones play a big...

Sedi of Pokhara is carrying abundant possibility of investment

Surya Bahadur Thapa. Photo : Ram kumar Rai (Chimse Rai)/ Surya Bahadur Thapa Heralokhabar,...

Dawa Sherpa, A student of TU, to summit Everest

Dawa sherpa Farewell

Vice-chancellor of Tribhuwan University gives an official farewell In the presence of Tribhuwan University...

हतियार बोकेर हिँडेको फेला पारे गोली हान्न सुरक्षा निकायलाई निर्देशन

हेरालो खबर २०७५ फाल्गुन ३०, विहिबार सरकारले नेत्र बिक्रम चन्द बिप्लब नेतृत्वकाे नेकपाको गतिविधिमाथि...

विप्लव नेकपामाथि कडा बन्दै सरकार , बिप्लबका गतिबिधी प्रतिबन्ध लगाउने घोषणा

हेरालो खबर २०७५ फाल्गुन २८, मंगलबार, काठमाडौं । सरकारले नेकपा विप्लव समूह आपराधिक संगठन...

सिके राउतसँग भएकाे सम्झौता विरुद्ध प्रदर्शन हुने

हेरालो खबर २०७५ फाल्गुन २६ आइतबार, काठमाडौं । सरकार र डा.सिके राउतबीच भएको ११...

आजको राशिफल

पञ्चाङ्ग वि.सं. २०७५ साल फागुन २५ गते। शनिबार। इश्वी सन् २०१९ मार्च ९ तारिख।...

विप्लवद्वारा फागुण ३० गते नेपाल बन्दको घोषणा

हेरालो खबर २०७५ फाल्गुन २४, शुक्रबार काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.) का महासचिव...

पोखराको हल्लनचोकमा बिस्फाेट

हेरालो खबर २०७५ फाल्गुन २४, शुक्रबार, संचारकर्मी शिव न्यौपाने पाेखरा । पोखराको लेकसाईड हल्लनचोक...

रबिन्द्रलाइ सम्झदै पुश्कल शर्माले गाए यस्ताे गीत

हेरालो खबर २०७५ फाल्गुन १९, आईतबार  । लोकप्रिय गायक तथा सर्जक पुश्कल शर्माको केहि...

पोखरा प्याराग्लाईडिङ दुर्घटना हुँदा एकजनाको मृत्यु

हेरालो खबर २०७५ फाल्गुन १९, आईतबार पोखरापोखरा प्याराग्लाईडिङ दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ...

पूर्वअर्थमन्त्री एवं नेकपाका नेता भरतमोहन अधिकारीको निधन

हेरालो खबर २०७५ फाल्गुन १८ शनिबार ।  पूर्वअर्थमन्त्री एवं नेकपाका नेता भरतमोहन अधिकारीको निधन...

आजको राशिफल

पञ्चाङ्ग वि.सं. २०७५ साल फागुन ६ गते। सोमबार। इश्वी सन् २०१९ फेब्रुवरी १८ तारिख।...

Cable car to run in Pokhara from this Baisakh

Heralo Khabar, 2075 magh 30 Wednesday, Pokhara. Cable Car, which is to connect Sedi...

World Split, the crisis in Venezuela A war of Ideology

From left, US president Donald J. Trump, Venezuela president (self Proclaimed) Juan Guaido, Venezuela president Nicolas Maduro, CPN Leader Puspakamal Dahal (Prachanda)

2019 Feb 02, Kathmandu. The crisis in Venezuela is a hot talk around the...

भर्खरै पुर्वि नवलपरासीको डण्डामा सवारी दुर्घटना, १ को घटनास्थलमै मृत्यु

हेरालो खबर २०७६ श्रावण १५    पुर्वि नवलपरासीको डण्डामा सवारी दुर्घटना हुदा १ को...

स्याङजाको खाल्टेमा प्रथम क्यानोनिङ तथा सुन्तला महोत्सव हुने

वेद गुरुङ (विवेक) हेरालो खबर २०७६ मंसिर २८, शनिवार स्याङ्जा– पौष १७ देखी २०...

प्रसिद्ध पर्यटकिया स्थल उत्तरीधादिङको तातोपानीमा देखिएका १० तस्विरहरु हेरौँ

वेद बहादुर गुरुङ (विवेक) / सेतेमान तामाङ २०७६ जेठ १६, विहिबार धादिङ, धादिङ को...

©https://heralokhabar.com/ All Rights Reserved heralokhabar.com Mantain By : Webbank Nepal