Friday 24th March 2023
बैंक तथा वित्तीय संस्थाको धरपकडविरुद्ध संघर्षमा उत्रने व्यवसायीहरुको उद्घोष ।
पोउवा संघका अध्यक्षको संयोजकत्वमा संघर्ष समिति गठन
हेरालो खबर , पोखरा,१९ माघ ।
पोखराका उद्योगी/व्यवसायीहरुले बैंक तथा वित्तीय संस्थाहरुको धरपकडविरुद्ध संघर्ष गर्ने निर्णय गरेका छन् । पोखरा उद्योग वाणिज्य संघको अगुवाइमा बिहीबार भएको भेलाबाट उनीहरुले संघर्ष समितिसमेत गठन गरेका छन् ।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष संयोजक तथा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष सहसंयोजक रहेको सो संघर्ष समितिले बैंक तथा वित्तीय संस्थाहरुले कर्जाका साँवा र ब्याजको लागि धरपकडविरुद्ध संयुक्त संघर्षका कार्यक्रम गर्ने उद्घोष गरिएको छ । संघर्ष समितिमा पोखरा र लेखनाथस्थित विभिन्न बस्तुगत संघका अध्यक्षहरु सदस्य रहेका छन् ।
‘बैंक तथा वित्तीय संस्थाका कर्मचारीबाट साँझ–बिहान र रातमा पनि टेलिफोन गरेर मानसिक तनाव दिने, घर र पसलमै पुगेर बालबालिकाको सामु धम्क्याउने, पसलमा दिनभर बिक्री भएको पैसा बोकेर हिँड्ने काम भएपछि बाध्य भएर संघर्ष गर्ने निर्णय गरिएको हो’,पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले भने,‘ संघर्ष समितिले बैंक तथा वित्तीय संस्थाहरुबाट भएका यस्ता कामको सामूहिक प्रतिवाद गर्नेछ ।’ उनले कसैमाथि बैंक तथा वित्तीय संस्थाले ज्यादति गरेको भए संघर्ष समिति वा पोखरा र लेखनाथ उद्योग वाणिज्य संघलाई जानकारी दिन अनुरोध पनि गरे ।
बैंक तथा वित्तीय संस्थाहरुबाट एकाएक कर्जाको ब्याज बढाउँदा धेरै उद्योगी/व्यवसायीहरु मर्काम परेका र तनावकै कारण आत्महत्या गर्न बाध्य हुनुपरेको बताउँदै उनले ज्यादति तत्काल रोकिनुपर्ने माग पनि गरे । विषम परिस्थितिम कुनै बैंक तथा वित्तीय संस्थाहरुले कुनै व्यवसायीहरुको धितो लिलामी प्रक्रिया अगाडि बढाए त्यसको पनि प्रतिकार गरिने उनको भनाइ छ । उनले समितिको आउँदो बैठकले संघर्षका थप कार्यक्रम र स्वरुप निर्धारण गर्ने जानकारी दिए ।
भेलामा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका अध्यक्ष संजिवबहादुर कोइरालाले कुनै बैंक तथा वित्तीय संस्थाबाट धम्कीपूर्ण टेलिफोन र पत्र आए त्यसको जानकारी संघर्ष समिति एवं आफूलाई दिन आग्रह गरे । उनले दुःख दिने बैंक तथा वित्तीय संस्थालाई परिआए एकमुष्ठ लालपूर्जा लगेर बुझाइने उद्घोष पनि गरे ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य दामु अधिकारीले व्यवसायीहरु उठ्नै नसक्ने अवस्थामा पुगेको बेला बैंक तथा वित्तीय संस्थाहरुको सुदखोर व्यवहार मान्य नहुने बताए । उनले कर्जाको समयसीमा बढाउन र ब्याजदर घटाउन माग पनि गरे ।
लेखनाथ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष बलराम ढकालले बैंकहरुबाट कर्जामा एकाएक बढाइने ब्याजका कारण व्यवसायीहरु मर्कामा परेको बताए । कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष बसन्त उदास,वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की,पोखरा उद्योग वाणिज्य संघका महासचिव बलराम आचार्य, लेखनाथ उद्योग वाणिज्य संघकी उपमहासचिव जानुका अधिकारीसहित विभिन्न बस्तुगत संघका अध्यक्ष तथा पदाधिकारीहरुले पनि बोलेका थिए ।
पार्किङ निषेध अव्यवहारिक भएको ठहर
सोही भेलाले यही माघ २३ गतेदेखि पोखराका मुख्य सहरी क्षेत्रमा पार्किङ निषेध गर्ने पोखरा महानगरपालिकाको निर्णय अव्यवहारिक भएको ठहर पनि गरेको छ । व्यवसायीहरुले पार्किङ निषेधको निर्णयले मन्दीको मारमा रहेका व्यवसायीहरु थप मर्कामा पर्ने र व्यवसायबाटै विस्थापित हुने जोखिम बढेको निष्कर्ष पनि निकालेको छ । भेलाले ट्राफिक व्यवस्थापनमा सुधार गर्न, उचित विकल्पसहित पार्किङ स्थलको व्यवस्था गर्न माग गर्दै पोखरा महानगरपालिकालाई निर्णय सच्याउन अनुरोध गर्ने निर्णय गरेको पोखरा उद्योग वाणिज्य संघका महासचिव बलराम आचार्यले जानकारी दिए । उनका अनुसार उद्योगी÷व्यवसायीहरुले आउँदो आइतबार निर्णय सच्याउन माग गर्दै ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरिएको छ
तीज गीत २०७७, एक समालाेचना

लोकगीत लोकमाससँग तादात्म्य भएको गीत हो । समस्त लोकको व्यक्तित्व उत्रने र लोकले आफ्नै...
समर्पण

सूर्यबहादुर थापा पाेखरा , म चाहदिन तिम्रो मनमा कुनै बन्धन होस्म त एक स्वतन्त्रताको...
मौनतामा हुर्किएकाे प्रेम

सृजना लामिछाने के लेखुँ प्रिया तिम्रो लागि ? कुशल छु, कुशलताको काममा गर्छु ।...
काेराेनाले निम्त्याएका संभावनाहरू…

श्रम गर्ने बानीको बिकास गरी त्यसबाट सन्तुष्टि प्राप्त गर्ने जनशक्ति निर्माण गर्न सकिएमा गफ...
अहो ! त्यो रोमान्स…

पुषको महिना । काठमाण्डौको मौसम । तुवालोले डम्म भएको आकास । कोलाहल बस्ती बिचको...
प्रेमको भ्रम अनि यथार्थ

सृजना लामिछाने, काठमाण्डाै । हो! जिउने क्रममा प्रेम जुनसुकै कारणले पनि आवस्यक पर्दोरहेछ ।।...
कास्कीका ३२ पर्यटकिय स्थल, कतै तपाइ पुग्न छु्ट्नु त भएन ?

सूर्यबहादुर थापा / हेरालाे खबर /२०७६ अश्विन २ गते बिहिवार नेपालको गण्डकी प्रदेशमा पर्ने...
यस्ता छन् लमजुङका घुम्नैपर्ने ठाँउहरू

सूर्यबहादुर थापा / हेरालाे खबर /२०७६ भद्र ३१ गते मंगलबार लमजुङ जिल्ला साबिक पश्चिमाञ्चल...
पाेखराका पर्यटकिय गन्तब्य, कतै तपाइ पुग्न छुट्नु त भएकाे छैन ?

हेरालो खबर, भाद्र १२, २०७६, पाेखरा । पोखरा उपत्यका मध्य नेपालमा पर्दछ । नेपालकै दोस्रो ठूलो...
Top 5 best smartphones under 20,000Rs in Early 2019

It’s the age of smart phones. As your daily drivers smartphones play a big...
Sedi of Pokhara is carrying abundant possibility of investment

Surya Bahadur Thapa. Photo : Ram kumar Rai (Chimse Rai)/ Surya Bahadur Thapa Heralokhabar,...
Dawa Sherpa, A student of TU, to summit Everest

Vice-chancellor of Tribhuwan University gives an official farewell In the presence of Tribhuwan University...
हतियार बोकेर हिँडेको फेला पारे गोली हान्न सुरक्षा निकायलाई निर्देशन

हेरालो खबर २०७५ फाल्गुन ३०, विहिबार सरकारले नेत्र बिक्रम चन्द बिप्लब नेतृत्वकाे नेकपाको गतिविधिमाथि...
विप्लव नेकपामाथि कडा बन्दै सरकार , बिप्लबका गतिबिधी प्रतिबन्ध लगाउने घोषणा

हेरालो खबर २०७५ फाल्गुन २८, मंगलबार, काठमाडौं । सरकारले नेकपा विप्लव समूह आपराधिक संगठन...
सिके राउतसँग भएकाे सम्झौता विरुद्ध प्रदर्शन हुने

हेरालो खबर २०७५ फाल्गुन २६ आइतबार, काठमाडौं । सरकार र डा.सिके राउतबीच भएको ११...
आजको राशिफल

पञ्चाङ्ग वि.सं. २०७५ साल फागुन २५ गते। शनिबार। इश्वी सन् २०१९ मार्च ९ तारिख।...
विप्लवद्वारा फागुण ३० गते नेपाल बन्दको घोषणा

हेरालो खबर २०७५ फाल्गुन २४, शुक्रबार काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.) का महासचिव...
पोखराको हल्लनचोकमा बिस्फाेट

हेरालो खबर २०७५ फाल्गुन २४, शुक्रबार, संचारकर्मी शिव न्यौपाने पाेखरा । पोखराको लेकसाईड हल्लनचोक...
रबिन्द्रलाइ सम्झदै पुश्कल शर्माले गाए यस्ताे गीत

हेरालो खबर २०७५ फाल्गुन १९, आईतबार । लोकप्रिय गायक तथा सर्जक पुश्कल शर्माको केहि...
पोखरा प्याराग्लाईडिङ दुर्घटना हुँदा एकजनाको मृत्यु
हेरालो खबर २०७५ फाल्गुन १९, आईतबार पोखरापोखरा प्याराग्लाईडिङ दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ...
पूर्वअर्थमन्त्री एवं नेकपाका नेता भरतमोहन अधिकारीको निधन

हेरालो खबर २०७५ फाल्गुन १८ शनिबार । पूर्वअर्थमन्त्री एवं नेकपाका नेता भरतमोहन अधिकारीको निधन...
आजको राशिफल
पञ्चाङ्ग वि.सं. २०७५ साल फागुन ६ गते। सोमबार। इश्वी सन् २०१९ फेब्रुवरी १८ तारिख।...
Cable car to run in Pokhara from this Baisakh
Heralo Khabar, 2075 magh 30 Wednesday, Pokhara. Cable Car, which is to connect Sedi...
World Split, the crisis in Venezuela A war of Ideology

2019 Feb 02, Kathmandu. The crisis in Venezuela is a hot talk around the...
भर्खरै पुर्वि नवलपरासीको डण्डामा सवारी दुर्घटना, १ को घटनास्थलमै मृत्यु
हेरालो खबर २०७६ श्रावण १५ पुर्वि नवलपरासीको डण्डामा सवारी दुर्घटना हुदा १ को...
स्याङजाको खाल्टेमा प्रथम क्यानोनिङ तथा सुन्तला महोत्सव हुने

वेद गुरुङ (विवेक) हेरालो खबर २०७६ मंसिर २८, शनिवार स्याङ्जा– पौष १७ देखी २०...
MCC सम्झाैता PDF नेपालीमा अध्ययन गर्नुहाेस् । मुख्य बिषय हाइलाइट सहित

https://heralokhabar.com/wp-content/uploads/2020/01/Mcc-Agreement-Nepali.pdf