Flash News

देवचुलीमा गैंडाको आक्रमणबाट १ जनाको मृत्यु।

By Heralo Khabar

March 22, 2023

हेरालो खबर , चैत ०८ नवलपुर ।

देवचुलीमा गैंडाको आक्रमणबाट १ जना महिलाको मृत्यु भएको छ ।

महाराजा सामुदायिक वनमा घाँस काट्न हिडेकी देवचुली नगरपालिका वडा न १० पृथ्वीनगरकी अन्दाजी ६१ वर्षीय दरिमा थापा मगरलाई दिउँसो २ बजेतिर आक्रमण गरेको स्थानीयले बताए । पृथ्वीनगर खेलमैदानबाट घाँसे मैदानमा जाने क्रममा गैंडाको आक्रमण गरेको थापाको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको देवचुली १० का अध्यक्ष रेप्तीकुमार घर्ती मगरले जानकारी दिए।