Flash News

पोखरामा हुने अनलाईन पत्रकारिता तालिमको तयारी तिव्र, विभिन्न उपसमिति गठन ।

By Heralo Khabar

April 11, 2023

हेरालो खबर , पोखरा, २८ चैत ।

अनलाईन पत्रकार संघ गण्डकीले आगामी बैशाख २ गते देखि ४ गतेसम्म आयोजना गर्न लागेको अनलाईन पत्रकारिता तालिमको तयारी तिव्र पारिएको छ । तालिम संयोजकमा संघका अध्यक्ष गणेश बराललाई चयन गरेको छ ।मंगलबार बसेको संघको बैठकले तालिमलाई व्यवस्थित र थप उपलब्धिमुलक बनाउन विभिन्न ६ वटा उपसमितिहरु पनि गठन गरेको छ । अध्यक्ष बरालको संयोजकत्वमा रोहित बस्नेत र निरज बसौला सदस्य रहेको यातायात, आवास, खाना तथा अतिथि व्यवस्थापन उपसमिति चयन गरेको छ । त्यस्तै उपाध्यक्ष सन्तोष बस्यालको संयोजकत्वमा सचिव प्रल्हाद चन्द्र घिमिरे र कोषाध्यक्ष चन्द्रिका घिमिरे (अनिता) सदस्य रहेको कार्यक्रम तथा मञ्च व्यवस्थापन उपसमिति, सचिव प्रल्हाद चन्द्र घिमिरेको संयोजकत्वमा कोषाध्यक्ष चन्द्रिका घिमिरे (अनिता) र सुरेशराज अधिकारी सदस्य रहेको प्रतिवेदन लेखन उपसमिति गठन गरेको छ ।त्यस्तै कोषाध्यक्ष चन्द्रिका घिमिरे (अनिता) को संयोजकत्वमा सञ्जय आचार्य र प्रविण मगर सदस्य रहेको अर्थ व्यवस्थापन उपसमिति, सल्लाहकार रञ्जन अधिकारीको संयोजकत्वमा सागरराज तिमिल्सिना र प्रकाश ढकाल सदस्य रहेको सहभागि व्यवस्थापन तथा मुल्यांकन उपसमिति गठन गरिएको छ । त्यसैगरि तालिम संचालका क्रममा आइपर्ने विविध समस्या तत्काल समाधान गर्नका निम्ति संघका कार्यसमिति सदस्यहरु ऋिषिराम दाहाल, दिपकराज गिरी, शिव न्यौपाने, शेखर कोइराला र सरिता गुरुङ सदस्य रहनेगरि क्विक रेस्पोन्स टिम चयन गरिएको छ ।पोखरामा रहेर अनलाईन पत्रकारिता गरिरहेका पत्रकारहरुका लागि आयोजना गर्न लागिएको तालिममा पत्रकार आचारसंहिता, तथ्य जाँच, अनलाईन पत्रकारिता र लेखनवृत्ति सम्बन्धी सेसनहरु रहने संघका सचिव प्रल्हाद चन्द्र घिमिरेले जानकारी दिनुभयो । तालिम पोखराको सृजनाचोकमा रहेको साइमन पार्टी प्यालेसमा सञ्चालन हुने छ ।