Thursday 28th March 2024
पोखरामा अनलाइन पत्रकारिता तालिम सुरु ।
हेरालो खबर , पोखरा ,२ वैशाख ।
अनलाइन पत्रकार संघ गण्डकीले अनलाईन पत्रकारिता तालिम शनिवारदेखी पोखरामा सुरु भएको छ ।
उद्धघाटन गर्दै गण्डकी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्री रोशन बहादुर गाहा मगरले मिडियाकर्मीका समस्यालाई नजिकबाट नियालिरहेको बताउदै समाधानका लागि पहल गर्ने बताए । उनले मिडिया विधेयकलाई संशोधन गरेर पत्रकारका अधिकार सुनिश्चित गराउनका लागि आफुले सरकार बाहिरै रहेपनि भूमिका खेल्ने बताएका थिए ।
नयाँ योजनाहरु रच्दारच्दै राजनीतिमा अस्थिरता देखियो, उनले भने, ‘दुलही भएर आउने दुरान फर्कन नपाउने जस्तै भएको छ । यसले गर्दा योजनाहरुमा प्रभाव पर्ने देखिएको छ ।’
४० जना पत्रकार सहभागी रहेको कार्यक्रम बैशाख ४ गते सम्म सञ्चालन हुने सँस्थाका सचिव प्रल्हाद चन्द्र घिमिरेले हेरालो खबरलाई जानकारी दिए ।