English

हृदयाघातका कारण अमेरिकामा एक नेपाली युवाको मृत्यु ।

By Heralo Khabar

April 18, 2023

हेरालो खबर , बैशाख ०५ गुल्मी ।

गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिका– ४ बलेटक्सार स्थायी घर भई हाल अमेरिकामा बसोबास गर्दै आएका विशाल ज्ञवालीका हृदयाघातका कारण निधन भएको छ ।

अप्रिल १६ तारिखका दिन अमेरिकामा उनको मृत्यु भएको हो ।ज्ञवालीका पत्नी र एक छोरी अमेरिकामै छन् ।

ज्ञवालीकी पत्नी समिता शर्माले छोरीको भविष्यका लागि भन्दै आर्थिक सहयोगको अपिल गरेकी छिन् । 

गुल्मीमै शिक्षण पेशामा रहेका विशालका दाइ निर्मल ज्ञवालीको केही वर्षअघि निधन भएको थियो ।