Flash News

मध्यबिन्दुमा जिपको ठक्करबाट ४ बर्षिय बालकको मृत्यु ।

By Heralo Khabar

April 23, 2023

हेरालो खबर , बैशाख १० नवलपुर ।

नवलपरासी पुर्व मध्यबिन्दु नगरपालिकाका प्रमुख प्रशासकीय चढ्ने जिपको ठक्करवाट मध्यबिन्दु १५ का ४ बर्षीय बालकको मृत्यु भएको छ ।

मध्यविन्दु नगरपालिकाको बा २ झ २३१२ नं. को जिपको ठक्करबाट ४ वर्षिय आदित्य माझीको मृत्यु भएको चोरमारा प्रहरी चौकीका सई ढाकाराम लामिछानेले बताउनुभयो ।

दुर्घटनापछि प्रहरीले सवारी र चालक नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । घटनाको विषयमा अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

नगरपालिकाबाट फोहरमैला व्यवस्थापन केन्द्रको अनुगमनको लागि गएको बेला उक्त सवारी दुर्घटना भएको नगरपालिकाले जनाएको छ ।