Flash News

संखुवासभामा हेलिकप्टर दुर्घटना ।

By Heralo Khabar

May 05, 2023

हेरालो खबर ,बैशाख २२ पोखरा ।

संखुवासभामा हेलिकप्टर दुर्घटनामा परेको छ ।

अरुण तेस्रोको सामान बोकेको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको हो । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले भोटखोला गाउँपालिका वडा नम्बर ४ को सिप्रुङमा हेलिकप्टर दुर्घटना भएको जानकारी स्थानीयले दिएको तर विस्तृत विवरण नआएको बताउनुभयो ।