Tuesday 19th March 2024
नेपाल प्रेस युनियन कास्कीको अध्यक्षमा बासुदेव मिश्र निर्वाचित ।
हेरालो खबर , जेठ ०८ पोखरा ।
नेपाल प्रेस युनियन कास्कीको अध्यक्षमा बासुदेव मिश्र निर्वाचित भएका छन् । युनियनको दशौं अधिवेशनले मिश्रलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।
युनियनको उपाध्यक्षमा विजय लम्साल, महिला उपाध्यक्षमा ज्योती हमाल, सचिवमा धनबहादुर गुरुङ रहेका छन् ।
यसैगरी कोषाध्यक्षमा निराजन अधिकारी, सहसचिवमा सपना अधिकारी छन् ।
कार्यसमिति सदस्यहरुमा शिव प्रसाद न्यौपाने, रोवर्ट घिमिरे,अजय क्षेत्री, विवेक ढुंगाना, सञ्जय आचार्य, अभिनन्दन वजिमय, प्रवीण थापा, प्रतिमा सापकोटा, बलबहादुर रोका मगर, देवीका तामाङ, सविन विक छन् ।