Tuesday 19th March 2024
भ्रष्टाचार र घुस :शम्भु बहादुर अधिकारी ।
हेरालो खबर , जेठ १३ तनहुँ ।
भ्रष्टाचार र घुसमा के फरक?
यति ठुलो काण्ड त देखिएन
ओम्नी,चेज एयर,धमिजा
बालुवाटार, सुडान घोटाला
छ्याल्लब्याल्ल सुनेको मात्र
यसपटक ठूला माछा समातिए
जोडिएर आए शिर्षस्थहरू
नगद पाएपछि गृहमन्त्री के
उपप्रधान त परिवारै खोरमा
घिनलाग्दो नगद त सरकारी घरमा
ट्रकका ट्रक नगदको भरमा
कति बाठा नगद छोरा स्वास्नीलिने
अतःबिबाह गर्दा स्वास्नी फूर्तिलि ल्याउनु पर्ने
नगद लिन सक्ने र कागज खाने लोग्ने पनि आबश्यक
के बाद? के राष्ट्रबादी? नगद देखे पछि
राष्ट्घात ब्यबहार बन्यो
नेपालीलाई बिदेशी बनाउन सक्ने
के यो नेपालीको बहादुरी हो?
मुद्दा अदालतमा पर्यो
तर आरोपी आर्जु खै? मन्जु खाण खै?
सुनिन्छ! बा र आमा पनि पोलिएका थिए।
राष्ट्रबादको चर्को नारा किन भनि सोचेको त
घास खादा रहेछन बाघहरूले त!
बादल र रायमाझी सज्जन मानेको थिए
तर उनीहरू रहेछन दलाल
नगद संगको युद्धमा हार निश्चित थियो
आरोपी उम्किन सकिन्थेन
बादलको ठाडो कपाल मैले जर्जर देखे
रायमाझीको नाच पनि अनाकर्षक देखे
खाडको कालो टोपीमा कालो ग्रहण देखे
आर्जुको हातको औठी र बन्दूकमा अपराधको छनक देखे
पहिला देखिनै भन्ने गरिन्थ्यो
श्रीमतिलाइ घुस दिए कामपक्का हुन्छ
श्रीमतिलाइ प्रयोग गर्ने सिपालु घुस्याहा हुन
भबिष्य बोकेका छोराहरू प्रयोग गर्ने
कति मूर्ख कति
कर्मचारीको तलबले महिना काट्नै गाह्रो
तर एउटा कर्मचारीको तामझाम कसरी यो?
पैसा त असिना पर्दा झै झर्दो रहेछ
विवाहबारीमा पाचतारे होटलमा भोज
ज्वाइँ र छोरीलाई सुनैको हार
खान्की र खुराकिमा करोडौ पार
पहाडको जग्गा जस्ताको तस्तै
मानमर्यादा उस्तै
सामूहिक रूपमा भ्रष्टाचार
बाहीर आयो सबै लाचार
लाज लाग्यो देश त नक्कलि बनेछ
भूटानी शरणार्थी उत्पादन गर्ने देश बनेछ
राष्ट्र द्रोह गर्ने देश बनेछ
भ्रष्टाचार बिशाल र ब्यापक हुन्छ
घुस ब्यक्तिगत र सानो इकाइमा हुन्छl