Flash News

नवलपुरमा जिप दुर्घटना ६ जनाको निधन ।

By Heralo Khabar

November 12, 2023

हेरालो खबर , कार्तिक २६ नवलपुर ।

पूर्वि नवलपरासी को देवचुली नगरपालिका ८ मुण्डेमा ग १ ज ३२७० नम्बरकाे जिप दुर्घटना हुँदा ६ जनाकाे निधन भएकाे छ ।

बुलिङ्गटार पहाडि क्षेत्रबाट दलदले आउदै गरेकाे जिप देवचुली ८ मुण्डे एस माेडमा एक्कासी घरमा ठाेक्किन पुगेकाे थियाे । दुर्घटनामा परी ३ जना महिला र ३ जना पुरूषकाे निधन भएकाे छ भने १ जना पुरूष गम्भीर घाईते भएका छन् ।जिपमा ३ जना महिला र ४ जना पुरूष सवार थिए ।

आज दिउँसाे ११:३० बजे तिर दुर्घटना भएकाे हाे । मृतक र घाईतेकाे पहिचान हुन नसकेकाे जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी वेदबहादुर पाैडेलले बताए ।