Flash News

मनकामना स्मार्ट लघुवित्तले चैत्र २९ गते छैठौँ बार्षिक साधारण सभा गर्ने

By Heralo Khabar

March 25, 2024

हेरालो खबर, चैत्र १२, पाेखरा | रुपन्देही ५ सिदार्थनगरमा केन्द्रिय कार्यालय रहेको मनकामना स्मार्ट लघुवित्तले चैत्र २९ गते छैठौँ बार्षिक साधारण सभा गर्ने भएको छ । साधारसभा दउसाे १ बजे हाेटल पाैवा सिद्दार्थ नगरमा हुनेछ ।

संस्थाकाे साधारण सभाले समता घरेलु लघुवित्त वित्तीय संस्था लि. ले मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लि. लाई प्राप्ति (एक्विजिशन) गर्ने सम्बन्धमा भएको DDA मूल्यांकनर्ताको नियुक्ति तथा निजको पारिश्रमिक अनुमोदन, शेयर आदान प्रदान दर प्रस्ताव पारित, प्रारम्भिक समझदारीपत्र तथा प्राप्ति सम्बन्धमा भएको निर्णयहरुको अनुमोदन, अन्तिम सम्झौतापत्र लगायत सो सम्बन्धी कार्यहरु गर्न गराउनको लागि संचालक समितिलाई अख्तियारी, प्राप्ति (एक्विजिशन) सँग सम्बन्धीत आवश्यक अन्य सम्पूर्ण निर्णयहरु पारित गर्ने भएकाे छ ।

साथै सभाले सामान्य प्रस्तावहरु अन्तर्गत सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गरिने अार्थिक वर्ष २०७९/०८० को बार्षिक प्रतिवेदन , लेखापरीक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तको वासलात, सोही अवधिको नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचीहरु उपर छलफल गरी पारित गर्ने रहेका छन् ।

साधारण सभा प्रयोजनको लागि चैत १६ गतेबाट चैत २९ गतेसम्म शेयर दाखिल खारेजीको कार्य बन्द रहने नेपाल स्टक एक्सचेन्ज लिमिटेड मार्फत संस्थाले जानकारी दिएकाेछ