Saturday 13th April 2024

लघुवित्तका ऋणी सदस्यलाई पनि लघुवित्तको शेयर दिनुपर्ने कानुन संसदमा

March 25, 2024 6:00 pm, Heralo Khabar

हेरालो खबर, चैत्र १२, पाेखरा | लघुवित्तका ऋणी सदस्यलाई पनि लघुवित्तको शेयर दिनुपर्ने व्यवस्था प्रस्ताव गरि बैंक बित्तिय संस्था सम्बन्धि ऐन (बाफिया) २०७३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद प्रतिनिधिसभामा दर्ता भएको छ। दर्ता भएको विधेयकमा बैंकबाट लगानीकर्ता र व्यवसायी छुट्टाउनेदेखि संचालकको योग्यता र उमेर हदमा नयाँ व्यवस्था गरिएको छ।

नेपालको बैंकिंङ कानूनलाई अन्तराष्ट्रिय अभ्यासअनुसार बनाउनलाई बैंक वित्तिय संस्थाको संचालन, संचालक, व्यवस्थापन लगायतका विषयमा केहि परिवर्तन गरेर बाफिया संसोधनका लागि प्रतिनिधिसभामा दर्ता गरिएको छ।

मूल ऐनको दफा ९ मा संशोधन गरि उपदफा ८ थपेर लघुवित्तका ऋणी सदस्यलाई पनि लघुवित्तको शेयर दिनुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ। जसमा सर्वसाधारणलाइ विक्री वितरण गर्नका लागि छुट्याइएको शेयरलाई शतप्रतिशत मानि त्यस्तो शेयरमध्येबाट कम्तिमा चालिस प्रतिशतसम्म शेयर आफ्ना सदस्यको लागि छुट्याउनुपर्नेछ।

उक्त प्रस्ताव पारित भएमा कुनै लघुवित्तको चुक्तापुंजी दश करोड भएको अवस्थामा यदि सर्वसाधारणको लागि ३० प्रतिशतका हिसाबले ३ करोड छुट्याइएको छ भने यसले शतप्रतिशत मानेर ३ करोडको ४० प्रतिशतले हुन आउने १ करोड २० लाख रुपैयाँ बराबरको शेयर लघुवित्तका ऋणीलाई दिनुपर्नेछ।

मूल ऐनको दफा १४ मा संशाेधन गर्दै बैंक बित्तिय संस्थाको स्वतन्त्र संचालकको नियुक्ति गर्दा कम्तिमा एक जना महिला हुने गरि दुई जना नियुक्त गर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ। अहिले विद्यमान व्यवस्थाअनुसार संचालक समितिमा एक जना महिला अनिवार्य गरीएको छ भने स्वतन्त्र संचालकमा एक जना हुनुपर्ने भनिएको छ तर त्यसमा लिङ्ग तोकिएको छैन।

ऐनको दफा १५ मा भएको व्यवस्था संशोधन गरि अब संचालकको हकमा पनि पदावधि लागु हुने व्यवस्था गरिएको छ। जसअनुसार संचालकको एक कार्यकाल चार बर्षको हुनेछ र दुई कार्यकाल अर्थात ८ बर्षसम्म संचालक हुन पाउनेछ। विद्यमान व्यवस्थामा संचालकको हकमा पदावधि र कार्यकालको व्यवस्था गरिएको छैन।

मूल ऐनको दफा १६ मा भएको व्यवस्था संसोधन गरि बैंक बित्तिय संस्थाको संचालक हुनलाई योग्यता तोकिएको छ। बैंक वित्तिय संस्थाको संचालक हुनलाई कम्तिमा स्नातक अर्थात ब्याचलर पास र न्युनतम पनि सम्बन्धित क्षेत्रमा पांच बर्ष काम गरेको अनुभव हुनुपर्नेछ। यदि मास्टर डिग्री छ भने अनुभवको आवश्यकता पर्नेछैन। तर घ. बर्गको लघुवित्तको संचालक हुनलाई कम्तिमा स्नातक अर्थात ब्याचलर पास र न्युनतम पनि सम्बन्धित क्षेत्रमा ३ बर्ष काम गरेको हुनुपर्नेछ। विद्यमान व्यवस्थाअनुसार संचालक बन्नलाई कुनै पनि शैक्षिक योग्यता तथा अनुभवको आवश्यकता पर्दैन ।

मूल ऐनको दफा १८ मा संशोधन गरि बैंक बित्तिय संस्थाको संचालक हुनलाई उमेर हद तोकिएको छ। संचालक बन्नलाई कम्तिमा २५ बर्ष पुगेको हुनुपर्ने छ भने ७० बर्ष भन्दा बढी उमेरको व्यक्ति संचालक बन्न अयोग्य हुनेछ। विद्यमान व्यवस्थाअनुसार संचालक बन्नलाई कम्तिमा २५ बर्ष पुगेको हुनुपर्नेछ भने संचालकको अवधिमा कुनै कानूनी व्यवस्था छैन।

मूल ऐनको दफा ५२ मा संसोधन गरि बैंक वित्तिय संस्थामा सम्बद्द व्यक्ति वा कुनै उल्लेख्य स्वामित्व भएको व्यक्तिले बैंक बित्तिय संस्थाबाट कारोबार तथा कुनै पनि काम गर्न नपाइने व्यवस्था गरिएको छ।

ऐनको दफा ५२ कै उपदफा संशोधन गरि सम्बद्द व्यक्ति भनेको बैंकका संचालक, सीइओ तथा उच्च पदस्त व्यक्तिहरु भनिएको छ भने ‘उल्लेख्य स्वामित्व’ भन्नाले बैंक बित्तिय संस्थामा एक प्रतिशत भन्दा बढी शेयर हुनेलाई भनिएको छ.। यो व्यवस्थाअनुसार कुनै पनि सम्बद व्यक्तिले उल्लेख्य स्वामित्व भएको अवस्थामा बैक वित्तीय संस्थाबाट कारोबार गर्न तथा ऋण लिन पाउनेछैन।


तीज गीत २०७७, एक समालाेचना

लोकगीत लोकमाससँग तादात्म्य भएको गीत हो । समस्त लोकको व्यक्तित्व उत्रने र लोकले आफ्नै...

बिहानै शक्तिशाली भूकम्प, तीनकाे मृत्यू

हेरालो खबर, पाेखरा | पपुवा न्यू गिनीमा ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा जादा कम्तीमा तीन जनाको...

समर्पण

सूर्यबहादुर थापा पाेखरा , म चाहदिन तिम्रो मनमा कुनै बन्धन होस्म त एक स्वतन्त्रताको...

मौनतामा हुर्किएकाे प्रेम

सृजना लामिछाने के लेखुँ प्रिया तिम्रो लागि ? कुशल छु, कुशलताको काममा गर्छु ।...

काेराेनाले निम्त्याएका संभावनाहरू…

श्रम गर्ने बानीको बिकास गरी त्यसबाट सन्तुष्टि प्राप्त गर्ने जनशक्ति निर्माण गर्न सकिएमा गफ...

अहो ! त्यो रोमान्स…

पुषको महिना । काठमाण्डौको मौसम । तुवालोले डम्म भएको आकास । कोलाहल बस्ती बिचको...

प्रेमको भ्रम अनि यथार्थ

सृजना लामिछाने, काठमाण्डाै । हो! जिउने क्रममा प्रेम जुनसुकै कारणले पनि आवस्यक पर्दोरहेछ ।।...

कास्कीका ३२ पर्यटकिय स्थल, कतै तपाइ पुग्न छु्ट्नु त भएन ?

सूर्यबहादुर थापा / हेरालाे खबर /२०७६ अश्विन २ गते बिहिवार नेपालको गण्डकी प्रदेशमा पर्ने...

यस्ता छन् लमजुङका घुम्नैपर्ने ठाँउहरू

सूर्यबहादुर थापा / हेरालाे खबर /२०७६ भद्र ३१ गते मंगलबार लमजुङ जिल्ला साबिक पश्चिमाञ्चल...

पाेखराका पर्यटकिय गन्तब्य, कतै तपाइ पुग्न छुट्नु त भएकाे छैन ?

हेरालो खबर,  भाद्र १२, २०७६, पाेखरा  । पोखरा उपत्यका मध्य नेपालमा पर्दछ । नेपालकै दोस्रो ठूलो...

Top 5 best smartphones under 20,000Rs in Early 2019

smartphones

It’s the age of smart phones. As your daily drivers smartphones play a big...

Sedi of Pokhara is carrying abundant possibility of investment

Surya Bahadur Thapa. Photo : Ram kumar Rai (Chimse Rai)/ Surya Bahadur Thapa Heralokhabar,...

Dawa Sherpa, A student of TU, to summit Everest

Dawa sherpa Farewell

Vice-chancellor of Tribhuwan University gives an official farewell In the presence of Tribhuwan University...

हतियार बोकेर हिँडेको फेला पारे गोली हान्न सुरक्षा निकायलाई निर्देशन

हेरालो खबर २०७५ फाल्गुन ३०, विहिबार सरकारले नेत्र बिक्रम चन्द बिप्लब नेतृत्वकाे नेकपाको गतिविधिमाथि...

विप्लव नेकपामाथि कडा बन्दै सरकार , बिप्लबका गतिबिधी प्रतिबन्ध लगाउने घोषणा

हेरालो खबर २०७५ फाल्गुन २८, मंगलबार, काठमाडौं । सरकारले नेकपा विप्लव समूह आपराधिक संगठन...

सिके राउतसँग भएकाे सम्झौता विरुद्ध प्रदर्शन हुने

हेरालो खबर २०७५ फाल्गुन २६ आइतबार, काठमाडौं । सरकार र डा.सिके राउतबीच भएको ११...

आजको राशिफल

पञ्चाङ्ग वि.सं. २०७५ साल फागुन २५ गते। शनिबार। इश्वी सन् २०१९ मार्च ९ तारिख।...

विप्लवद्वारा फागुण ३० गते नेपाल बन्दको घोषणा

हेरालो खबर २०७५ फाल्गुन २४, शुक्रबार काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.) का महासचिव...

पोखराको हल्लनचोकमा बिस्फाेट

हेरालो खबर २०७५ फाल्गुन २४, शुक्रबार, संचारकर्मी शिव न्यौपाने पाेखरा । पोखराको लेकसाईड हल्लनचोक...

रबिन्द्रलाइ सम्झदै पुश्कल शर्माले गाए यस्ताे गीत

हेरालो खबर २०७५ फाल्गुन १९, आईतबार  । लोकप्रिय गायक तथा सर्जक पुश्कल शर्माको केहि...

पोखरा प्याराग्लाईडिङ दुर्घटना हुँदा एकजनाको मृत्यु

हेरालो खबर २०७५ फाल्गुन १९, आईतबार पोखरापोखरा प्याराग्लाईडिङ दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ...

पूर्वअर्थमन्त्री एवं नेकपाका नेता भरतमोहन अधिकारीको निधन

हेरालो खबर २०७५ फाल्गुन १८ शनिबार ।  पूर्वअर्थमन्त्री एवं नेकपाका नेता भरतमोहन अधिकारीको निधन...

आजको राशिफल

पञ्चाङ्ग वि.सं. २०७५ साल फागुन ६ गते। सोमबार। इश्वी सन् २०१९ फेब्रुवरी १८ तारिख।...

Cable car to run in Pokhara from this Baisakh

Heralo Khabar, 2075 magh 30 Wednesday, Pokhara. Cable Car, which is to connect Sedi...

World Split, the crisis in Venezuela A war of Ideology

From left, US president Donald J. Trump, Venezuela president (self Proclaimed) Juan Guaido, Venezuela president Nicolas Maduro, CPN Leader Puspakamal Dahal (Prachanda)

2019 Feb 02, Kathmandu. The crisis in Venezuela is a hot talk around the...

स्याङजाको खाल्टेमा प्रथम क्यानोनिङ तथा सुन्तला महोत्सव हुने

वेद गुरुङ (विवेक) हेरालो खबर २०७६ मंसिर २८, शनिवार स्याङ्जा– पौष १७ देखी २०...

भर्खरै पुर्वि नवलपरासीको डण्डामा सवारी दुर्घटना, १ को घटनास्थलमै मृत्यु

हेरालो खबर २०७६ श्रावण १५    पुर्वि नवलपरासीको डण्डामा सवारी दुर्घटना हुदा १ को...

MCC सम्झाैता PDF नेपालीमा अध्ययन गर्नुहाेस् । मुख्य बिषय हाइलाइट सहित

https://heralokhabar.com/wp-content/uploads/2020/01/Mcc-Agreement-Nepali.pdf

©https://heralokhabar.com/ All Rights Reserved heralokhabar.com Mantain By : Webbank Nepal