Flash News

नेशनल होर्टीकल्चर एक्सपोमा एक करोड बढी कारोवार

By Heralo Khabar

April 03, 2024

हेरालो खबर २१ चैत्र २०८०काठमाडौँ । नर्सरी ब्यवसायी संघ नेपालले चैत्र १६ गते देखि आयोजना गरेको पहिलो नेशनल होर्टीकल्चर एक्सपो २०८० मा एक करोड भन्दा बढी कारोवार भएको संघका अध्यक्ष राम्जी प्रसाद तिमिल्सेनाले जानकारी दिए । काठमाडौँस्थित भृकुटीमण्डप प्रदर्शनी हलमा गरीएको चार दिने एक्सपोमा झन्डै ५० हजार अवलोकनकर्ताहरुले भ्रमण गरेको संघका अध्यक्ष तिमिल्सेनाले जानकारी दिएका हुन।एक्सपोमा रहेको उत्साहजनक सहभागिताले नर्सरी ब्यवसायीहरुलाई प्रोत्साहन गरेको छ अध्यक्ष तिमिल्सेनाले भने , नर्सरी ब्यवसायलाई प्रबर्दन गर्ने उदेश्यले गरेको पहिलो मेला सफल भयो यस्ले राम्रो सन्देश दिएको उनको भनाई रहेको छ ।फलफूल बिरुवा पारखीहरु र उपभोक्ताले नर्सरी ब्यवसायीहरु संग सजिलैै जोडीने अवसर मिल्ने हुनाले मेला प्रभावकारी भएको मेला संयोजक तथा संघका बरिष्ठ उपाध्यक्ष रामजी कुवरले बताए । कृर्षिसंग सम्बन्धीत पठनपाठनको लागि बिद्यार्थीहरुको परामर्शको लागि समेत महत्वपुर्ण थलो बन्यो एक्सपो कुवरले भने धेरै बिद्यार्थीहरु परामर्श लिनकै लागि भ्रमण गर्न आए ।एक्सपोमा पुष्प नर्सरी, फलफूल नर्सरी, कृषि वन नर्सरी र जडिबुटी नर्सरी गरी चार विधाका ७ सयभन्दा बढी प्रजातीका बोटबिरुवाहरू प्रदर्शनी तथा बिक्री वितरणको लागि राखिएको थियो ।

मलखाद, अर्गानिक एवं रासायनिक विषादी, बीउविजन, औँजार उपकरण तथा प्रविधिसम्बन्धी सबै सामाग्रीहरु एकै ठाउमा रहेकाले अवलोकनकर्ताहरु लाभान्वित भएको संघले जनाएको छ । बिदेश बाट आयातित फूलबिरुवालाई प्रतिस्थापन गर्ने उदेश्यले स्थापना भएको नर्सरी व्यावसायी संघले होर्टीकल्चर एक्स्पो २०८० मा नेपाली किसानहरुले उत्पादन गरेको फूलबिरुवाहरुलाई प्रदर्शनमा जोड दिएको संघका सल्लाहकार कुमार कसजु श्रेष्ठले बताए । एक्स्पोमा व्यवसायीक स्टल ७४ वटा, फुड स्टल ४ वटा, अफिसियल स्टल ७ वटा, प्रतिस्पर्धाको स्टल ५ वटासहित जम्मा ९० वटा स्टल थियो ।‘नर्सरी व्यवसायको विकास र विस्तार, स्वच्छ वातावरणसहित आय र रोजगार’ भन्ने नारासहित सुरु गरीएको एक्सपो नर्सरी क्षेत्रको एकीकृत विकासको रुपमा लिएको संघले अब तिहार लक्षित एक्सपो गर्ने बताएको छ । सात महिना अघि स्थापना भएको नर्सरी व्यवसायी सघमा हाल १२६ भन्दा बढी सदस्यहरू रहेको छ ।