Flash News

नेपालगञ्जमा सेनाद्वारा बम डिस्पोज

By

March 14, 2019

हेरालो खबर २०७५ फाल्गुन ३०, विहिबार

नेपालगञ्ज , नेपालगञ्ज–कोहलपुर सडक खण्डको राँझा चोक नजिकै अज्ञात समूहले राखेको बम नेपाली सेनाले निष्क्रिय पारेको छ । बुधबार राति राखिएको बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले बिहीबार बिहान डिस्पोज गरेको हो ।

सडक छेउमा बम देखिएपछि त्यस क्षेत्रको जनजीवन त्रसित बनेको थियो । नेपालगञ्ज–कोहलपुर सडक नेपालगञ्ज भित्रिने र बाहिरिने सडक हो । चारलेनको सडक छेउमा बम राखेपछि यातायात प्रभावित भएको थियो । नेपाली सेनाले त्यसलाई ‘बकेट बम’ भनेको छ ।

सरकारले विप्लव समूहको गतिविधिमाथि प्रतिबन्ध लगाएपछि त्यसको विरोधमा नेपाल बन्दको आह्वान भएको छ । नेपालगञ्जमा बन्दको प्रभाव परेको छ । शिक्षण संस्था बन्द भएका छन् ।

बाँके प्रहरीले अप्रिया घटना हुन नदिन सुरक्षा सतर्कता अपनाएको जनाएको छ ।