Tuesday 16th April 2024
२१औँ संस्करणको बुढासुब्बाको खेल तालिका सार्वजनिक
२०७५ माघ २४, बिहिवार
काठमाडौं, बुढासुब्बा गोल्डकप फुटबलको २१ औ संस्करणको खेल तालिका सार्वजनिक गरेको छ ।
धरान फुटबल क्लबले सार्वजनिक गरेको खेल तालिकामा ए डिभिजनका क्लब थ्री स्टार, आर्मी र एपीएफ सहभागि नहुने भएको छ । तीन क्लबले आन्तरिक कारण देखाउँदै प्रतियोगिता नखेल्ने जनाएका छन।
थ्री स्टार र आर्मीले भुटानको जिग्मे दोर्जे वाङ्चुक गोल्डकप खेल्ने भएपछि दुवै टोलीले बुढास्ुब्बाबाट नखेल्ने भएका हुन ।
प्रतियोगिताको उद्घाटन खेलमा माघ २६ गते संकटा क्लब र मेची नेत्रालय बीच प्रतिस्पर्धा गर्नेछन् । माघ २७ गते पुलिस क्लब र साहारा क्लब, माघ २८ गते मनाङ मर्स्याङ्दी क्लब र क्यामरुन टोली, माघ २९ गते आयोजक धरान फुटबल क्लब र भारतको कोलकत्तको टोलीले प्रतिस्पर्धा गर्ने खेल तालिक रहेको छ ।
प्रतियोगितामा दुई विदेशी सहित ८ टोली सहभागि रहेको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एक स्कुटर प्रदान गरिनेछ ।