Flash News

पोखरामा विद्यार्थीहरुबीच झडप, एकको मृत्यु

By

February 09, 2019

शिव न्यौपाने २०७५ माघ २५, शनिबार पोखरा, कक्षा ५ मा पढ्ने विद्यार्थीहरु एक आपसमा झगडा हुँदा एक जनाको ज्यान नै गएको छ । पोखरा महानगरपालिका वडा नं. १३ स्थित भद्रकाली माध्यमिक विद्यालयमा पढ्ने होमबहादुर बिक र आशिष गुरुङ बीच शौचालयमा झगडामा होमको शुक्रबार मनिपाल शिक्षण अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनएको छ । झगडा गर्ने दुबै जनको उमेर १५ वर्षको रहेको छ ।

यसरी भएको थियो विवादको सुरुवत

माघ २० गते नियमित कक्षा सकिएपछि ४ बजे पछि दुई जना सहपाठी पिशाव गर्न शौचालय गएको उनका साथीहरुले जनकारी दिएको छ । होमले पिसव गरिरहँदा आशिषले गालाको ¥याल निकाल्दिन्छु भन्दै गालामा हाने पछि विवाद सुरु भएको देखिएको छ। होमबहादुरको गालामा पूरानो घाउ भएको जसलाई विद्यालयले पुरानो ट्युमर भनेका छन । आशिष चकचक गरिरहने केटा रहेको उनकै बुबा नन्दसिंह गुरुङले भनाई रहेको छ। आशिषले पिटेपछि उसले पनि आशिषलाई पछारेको साथीहरुले भनाई छ । होमको गाला त्यसपछि सुनिँदै थियो ।

त्यस पछि होम कक्षा कोठातिर गए । शिक्षिकाले होमको आमालाई फोन गरेर सानोतिनो चोट लागेको छ आउनुस् भनेर बोलाएको आमा खिमकुमारी बिकले बताएकी छिन् । त्यसपछि तत्काल होमलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएकोमा सिटी स्क्यान गर्नपर्छ भनेर मनिपाल रिफर गरिएको थियो । मनिपाल ईमर्जेन्सीमा भर्ना गरेर उनको शल्यक्रिया गरियो । अप्रेशन गरेका डा. कृष्ण कोइरालाले पहिल्यै देखि स्वास्थ्य समस्या रहेकाले सोचेजति स्वास्थ्यमा प्रगति नभएको र ब्रेन डेथ भइसकेको बताउदै होमको मृत्यु भईसकेको अस्पतल स्रोतले जनकारी दिएको छ ।