Flash News

कार्यकर्ता हत्याको बिरोधमा विप्लवद्वारा नेपाल बन्द आह्वान

By

May 23, 2019

हेरालो खबर, २०७६ , जेठ ९, बिहिबार । प्रहरीद्वारा गिरफ्तार गरिएका नेपाल कम्युनिस्ट पार्टीका युवा संगठनका तीर्थराज घिमिरेको मृत्यू भएपछि नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले घटनाकाे बिरोधमा नेपाल बन्दको आह्वान गरेका छन् । बिहिवार एक बिज्ञप्ती जारी गर्दै बिप्लवले युवा संगठनका घिमिरेलाई प्रहरीले गिरफ्तार गरी हत्या गरेको भन्दै त्यसको बिरोधमा जेठ १३ गते नेपाल बन्दसहितको चरणबद्ध संघर्षका कार्यक्रमहरु घोषणा गरेका छन् ।

‘बिज्ञप्तीमा भनिएको छ केपी ओलीको सामाजिक फाँसीवादी सरकारका विरुद्ध सबै क्षेत्रबाट जनआक्रोश देशव्यापी बढिरहेको छ यो अवस्थामा हाम्रो पार्टीप्रति जनताको आकर्षण, विश्वास र भरोसा बढ्दै गएको सर्वविधितै छ । हाम्रा नेता र कार्यकर्ताको हत्या र दमनको अभियान चलाउँदै जनतामा पैदा भएको आक्रोसलाई न्युनिकरण गर्दै आफ्नो अक्षमता लुकाउन, सामान्य राजनैतिक कार्यक्रममा हिडिरहेका युवा संगठनको कार्यकर्ता कमरेड तीर्थ घिमिरेलाई नियन्त्रणमा लिएर भीडन्तको झुठो नाटक रचि निर्ममरुपमा हत्या गरिनुले यो सरकारको फाँसीवादी अनुहार नाङ्गिएको मात्र होइन कि यो सरकारले हत्याको सहारा लिएर जनमुक्ति अभियानलाई रोक्ने दुस्साहास गरिराखेको छ । उनीहरुले यस्तो दुस्सपना नदेखे हुन्छ ।’ विज्ञप्तिमा भनिएको छ ।

हत्याको साहारा लिएर कुनै मुक्ति अभियान रोकिएको छैन । केपी सरकारले बुझ्न जरुरी छ कि उसले गरेको जघन्य हत्याको बदला जनताले उचित समयमा लिने नै छन् । कमरेड तीथराज घिमिरेको हत्या घटनाको सत्यतथ्य छानविन गरी सार्वजनिक गर्न विज्ञप्तिमार्फत जोडदार माग गर्दछौ बिज्ञप्तीमा भनिएको छ ।