Flash News

चलचित्र ‘हल्कारा’ को पोष्टर सार्वजनिक

By

August 06, 2019

हेरालो खबर, २०७६ श्रावण २१, मंगलबार । विक्रम सापकोटाको निर्देशन रहेको चलचित्र ‘हल्कारा’ को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा चलचित्रको प्रदर्शनकाे मिति भने राखिएकाे छैन ।सामाजिक बिषयबस्तुमा निर्माण भएको ‘हल्कारा’ को कथा निर्देशक सापकोटाले नै गरेका हुन् ।उनलाई आकाश बराल र विप्लव प्रतिकले सघाएका छन् । निर्देशक सापकोटा र रामकृष्ण पोखरेलले चलचित्रको निर्माण गरेका हुन् । ‘हल्कारा’ मा महेश त्रिपाठी, विनिता थापामगर, उमेश तामाङ, दीपक क्षेत्री, पशुपति राईलगायतका कलाकारहरुको अभिनय रहेको छ । नेपालको दुर्गम गाउँहरूमा चिठ्ठी पुर्‍याउने जिम्मेवारी पाएको एक युवकको कथामा चलचित्र आधारित छ ।