Tuesday 19th March 2024

पाेखराका पर्यटकिय गन्तब्य, कतै तपाइ पुग्न छुट्नु त भएकाे छैन ?

August 30, 2019 3:02 pm,

हेरालो खबर,  भाद्र १२, २०७६, पाेखरा  । पोखरा उपत्यका मध्य नेपालमा पर्दछ । नेपालकै दोस्रो ठूलो नगरको रूपमा रहेको पाेखरा महानगर सहित ४ वटा गाउँपालिका समेत रहेको पोखरा उपत्यकाबाट बिजयपुर, कोत्रे लगायतका खोलाहरू सेती नदीको जलधारामा मिसिएर उपत्यका बाहिर निस्कन्छन् । पोखरा उपत्यका तालहरूको दृष्टिकोणले पनि धनी उपत्यका हो ।

यहाका रमणीय तालहरू र सेती नदी हिमाली छायां तथा झरनाहरू प्रमुख पर्यटकीय स्थल हुन । फेवा ताल मा पर्ने माछापुछ्रे को छांया तथा बेगनासमा गरीने डुङगा सवारी बिर्सिनसक्नुका छन । साथै अन्नपूर्ण पदयात्रामार्ग पनि यंही बाट शुरू हुन्छ ।

पोखरा उपमहानगरपालिकामा बन्दबासिनी मन्दिर, धर्मशिला बुद्धविहार, मैत्री चैत्य तथा राधाकृष्ण मन्दिर, भद्रकाली मन्दिर, शोभाभगवती मन्दिर, सिद्धेश्वर महादेव, पुष्करेश्वर शिव मन्दिर, राम मन्दिर, केदारेश्वर मन्दिर आदि ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरू रहेका छन् भने सेती नदीको गल्छी, चमेरे गुफा, पातले छाँगाे महेन्द्र गुफा आदि यहाँका प्राकृतिक पर्यटकीय स्थलहरू हुन।

यहाका रमणीय तालहरू र सेती नदी, हिमाली छायाँ तथा झरनाहरू प्रमुख पर्यटकीय आकर्षण हुन। फेवातालमा पर्ने माछापुच्छ्रे हिमालकाे छाँया तथा बेगनासमा गरीने डुङगा सयर बिर्सिनसक्नुका छन। साथै अन्नपूर्ण पदमार्ग पनि यहीबाट शुरू हुन्छ।

१. विन्ध्यवासिनी मन्दिर

बिन्दबासिनी मन्दिर पाेखरा , तस्विर सूर्यबहादुर थापा

विन्ध्यवासिनी मन्दिर पाेखरा शहरमा अवस्थित प्रसिद्ध मन्दिर हो। यो मन्दिरलाई पोखराका प्रख्यात पर्यटकिय स्थलमध्ये एक प्रमुख स्थलको रूपमा मानिन्छ। यहाँबाट अन्नपुर्ण हिमश्रृङ्खलाको राम्रो दृश्यावलोकन गर्न सकिन्छ। यस मन्दिर धार्मिक र पर्यटकीय दृष्टिले पनि महत्वपूर्ण रहेको छ। यहाँ दर्शनका लागि नेपालबाट मात्र नभई भारत तथा अरु विभिन्न देशबाट भक्तजन आउने गर्दछन्। विन्ध्यवासिनी मन्दिर पोखराबाट सराङ्कोट जाने बाटोमा अवस्थित छ।

२. पातले छाँगो वा डेभिज फल्स (Davis Falls)

पातले छाँगाे पाेखरा, तस्विर सूर्यबहादुर थापा

पातले छाँगो वा डेभिज फल्स (Davis Falls) को नामले चिनिने गर्दछ । यो झरना जमीनको सतह भन्दा तल गुप्तेश्वर गुफातर्फ झर्ने यो झरना वर्षायाममा हेर्न लायकको छ । डेभी नाम गरेकी एक स्विस पर्यटक यस झरनाबाट खसेर बेपत्ता भएको हुनाले यस झरनाको नाम डेभिज फल्स रहन गएको हो । एउटा प्राकृतिक सुरुंगको माध्यमबाट यो झरना लगभग ५०० फिट माथिबाट जमिनस्तरभन्दा १०० फिट तल सम्म झर्दछ ।

डेभिस फल परिसरभित्र पानीको झरनाबाहेक ‘विसपुल’ र ‘मनोरञ्जन पार्क’ पनि आकर्षक स्थलहरू हुन् । शैक्षिक भ्रमणमा आउने विद्यार्थीहरूले पनि यस स्थललाई पहिलो रोजाइ बनाउने गरेका छन् । डेभिस फलको प्राचीन नाम ‘पातले छाँगो’ हो ।

३. गुप्तेश्वर गुफा

गुप्तेश्वर गुफा पाेखरा, तस्विर सूर्यबहादुर थापा

गुप्तेश्वर गुफा जमीनबाट करिव १५० मीटर तल अवस्थित रहेकाे छ । यस गुफाबाट पातले छाँगाेबाट खसेको झरना हेर्न सकिन्छ। दक्षिण एशियाका सबैभन्दा ठूला गुफाहरूमा पर्ने यो गुफाभित्र मन्दिरहरू र ठूलो खुला ठाउँ पनि रहेका छन्।

४. फेवा ताल

फेवाताल पाेखरा, तस्विर सूर्यबहादुर थापा

फेवा ताल  कास्की जिल्लामा अवस्थित अत्यन्तै प्रसिद्ध ताल हो । पोखरा उपत्यकामा रहेको यो ताल आन्तरिक तथा वाह्य पर्यटकहरूमाझ लोकप्रीय छ । ‘फेवा’ गाउँको छेउमा रहेकाले यो तालको नाम फेवा ताल रहन गएको हो। ‘वैदाम’ गाउँको छेउमा पर्ने हुँदा वैदाम ताल पनि भनिने गरिन्छ। र यसको बीचमा ‘बराही मन्दिर’को अबस्थितिले यसलाई बराह मन्दिरमा पनि चिनाउन सफल भएको छ । यो तालमा माछापुछ्रे र अन्नपूर्ण हिमालको मनोरम दृश्य देख्न सकिन्छ । यी दृश्यहरुले सबैको मनलाई आनन्द र हर्स प्रदान गर्दछ। घाम झुल्किदा र अस्ताउदाको दृश्य पनि एकदमै हर्सलाग्दो र मनलाई प्रफुल्लित बनाउने हुन्छ।

फेवाताल पाेखरा, तस्विर सूर्यबहादुर थापा

यो नेपालको दोश्रो सबैभन्दा ठुलो ताल हो । फेवा ताल समुन्द्रको सतहदेखी ७४२ मिटर (२४३४ फिट) को उचाईंमा स्थित रहेको छ । यस तालले लगभग ५.२३ बर्ग किमी (२ बर्ग माइल) क्षेत्रफल ओगटेको छ | यस तालको औषत गहिराइ ८.६ मिटर (२८ फिट) रहेको छ भने अधिकतम् गहिराइ २४ मिटर (७९ फिट) रहेको छ । यस तालको अधिकतम जल क्षमता लगभग ४,३०,००,००० क्यूबिक मिटर (३५,००० एकड फिट) रहेको छ । यस तालको उत्तर दिशामा अन्नपूर्ण श्रृंखला रहेको छ, जुन २८ कि.मि.को दुरीमा छ । यो ताल माछापुच्छ्रे ,अन्नपूर्णा र धवलागीरी तथा अन्य पर्वतको टाकुराको प्रतिबिम्बको लागि पनि प्रसिद्ध छ, जुन यस तालको पानीमा स्पष्ट देखिन्छ ।

५. तालबाराही मन्दिर

तालबाराही मन्दिर पाेखरा, तस्विर सूर्यबहादुर थापा

तालबाराही मन्दिर पाेखरा फेवातालमा अवस्थित  प्रसिद्ध मन्दिर हो । फेवातालको बिचमा रहेको यो मन्दिरमा दर्शकको भीडभाड रहन्छ । हिन्दु धर्माबलम्बी को मन्दिर भएता पनि सबै धर्मका व्यक्तिहरु यहाँ प्रवेश पाउँदछन् ।

कास्कीका राजा कुलमण्डन शाहले सर्वप्रथम खरको झुप्रो बनाई मन्दिर स्थापना गरेका थिए । यस मन्दिरको अस्तित्व वि.सं. १६६९ देखि कायम रहिआएको छ । कतै कतै वि.सं. १४४७ देखि अस्तित्वमा रहेको भन्ने अभिलेख पनि पाइन्छ । प्राचीनकालमा माटाको ढिस्कामा एउटा शिला थियो त्यहीं मन्दिर स्थापना गरि बाराहीका रुपमा पूजिन थालिएको थियो ।

तालबाराही देवी सन्यासीको भेषमा रातको समय मन्दिर रहेको वरपरको गाउँ पुग्दा अरु कसैले बास दिएनछन् । एउटी बुढी महिलाले मात्रै उनलाई वास दिइछन् साथै रातमा आँफूसँग भएको रोटी खान दिइछन् । जब भोलिपल्ट देवी तालबाराही देवी सन्यासीको भेषमा रातको समय मन्दिर रहेको वरपरको गाउँ पुग्दा अरु कसैले बास दिएनछन् । एउटी बुढी महिलाले मात्रै उनलाई वास दिइछन् साथै रातमा आँफूसँग भएको रोटी खान दिइछन् । जब भोलिपल्ट देवी जान लाग्नुभयो तब देवीले बूढी आमालाई अब यहाँ जलमग्न हुन्छ अन्तै गएर बस्नु भनेकाे र भोली पल्टै ठूलो बाढी आएर जलमग्न भइ बीच भागको ढिस्को मात्रै बचेकाे किम्वदन्ती रहेकाे छ । वि.सं. २०१७ मा राजा महेन्द्रले अहिलेको स्वरुपमा मन्दिर निर्माण गरेका हुन् ।

पोखराका विभिन्न ठाउँबाट लेकसाइड जाने गाडीहरु पाइन्छ । लेकसाइड को तालबाराही चोकबाट ५० मिटर भित्र गएपछि साना ठूला डुंगाहरु पाइन्छ र तिनै डुंगामा सयर गर्दै मन्दिर परिक्रमा गर्न 

६. बेगनास ताल

बेगनास ताल पाेखरा, तस्विर सूर्यबहादुर थापा

पाेखरादेखी पूर्वमा रहेकाे लेखनाथ अन्तर्गत पर्ने रमणीय ताल हो बेगनासताल । यस तालको क्षेत्रफल ३.७३ वर्ग कि. मि. (३७३ हेक्टर ) रहेको छ । यस तालकाे ७.५ देखि १०.६ मिटर गहिराइ रहेकाे छ भने बि.स. २०४४ सालमा बाँधबाधेपछि कूल क्षेत्रपल १५३ हेक्टर बृद्धि भएको छ । यहि बाँधबाट निकालिएको नहरले नगरपालिकाको खुदी फाँट र मालमूल फाँटमा सिंचाइ सुबिधा समेत हुँदै आएको छ ।

७. सराङकोट 

सराङकाेट पाेखरा, तस्विर सूर्यबहादुर थापा

सराङकोट  पाेखरादेखी उत्तरमा रहेकाे ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थल हाे । यहाँका अन्य स्थलहरू भुमे कालिका मन्दिर, चिसाखोला वेदविद्याश्रम, वाहकोट देवीको मन्दिर, वागेश्वरी मन्दिर, पदेंली शिव मन्दिर आदि हुन भने सराङकोट भ्यूटावर, चण्डीको डिल(पाराग्लाईडिङ), मेथलाङ डाँडा, वाहाकोट(पाराग्लाईडिङ), खपौदी र राताडाँडा आदि प्राकृतिक पर्यटकीय स्थलहरू यसमै अासपासान रहेका छन् ।

सराङकोटबाट पोखराको रमाइलो दृष्यावलोकन गर्न सकिन्छ। सिरसिरे बतास चलिरहने यो ठाँउ प्याराग्लाइडिङ का लागि नेपाल मै प्रसिद्ध रहेकाे छ। सराङकोट बाट अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरी, पोखरा उपत्यका र फेवाताल लगायतको दृश्यावलोकन गर्न सकिन्छ।

८. महेन्द्र गुफा 

महेन्द्र गुफा पाेखरा, तस्विर सूर्यबहादुर थापा

  महेन्द्र गुफा  पाेखरा नजिकै रहेको प्रसिद्ध गुफा हो। आन्तरिक तथा बाहृय पर्यटकको पहिलो गन्तव्यस्थल पनि हो । पोखरा र सेरोफेरो मात्रै घुम्ने पर्यटकहरु पहिला महेन्द्र गुफा घुमेपछि अन्य गन्तव्य तर्फपाइला चाल्छन् । पोखरा महानगरपालिका बाटुलेचौरमा अवस्थित गुफाको लम्बाई १ सय २५ मिटर लामो छ ।

गुफा २०१७ सालमा विधिवत उदघाटन भएको थियो । तत्कालिन राजा महेन्द्रले उदघाटन गरेपछि गुफाको नाम महेन्द्र रहन गयो । गुफा भित्र छिर्ने बाटो निकै ठुलो छ । र्सवसाधारण सहज आवतजावत गर्न सकिन्छ । निस्कने बाटो भने केही जटिल छ । प्रवेशद्वारबाट १ सय २५ मिटर भित्र पुगेपछि गणेशको थान, शिवलिङ छ । गुफाको दाया बाया भागमा विभिन्न आकृति सजिलै देख्न सकिन्छ । गुफा पोखराको पृथ्वीचोकबाट झण्डै ८ किलोमिटर उत्तर पश्चिममा पर्छ । गुफाको प्रवेशद्वारसम्म मोटर पुग्छ ।

९. कास्कीकोट

कास्कीकाेट दरवार पाेखरा

कास्कीकाेट पाेखरादेखी उत्तर पश्चिममा अवस्थित रहेकाे छ । याे सराङकाेटदेखी पश्चिममा रहेकाे छ । यस स्थानमा गुप्तकालीका मन्दिर, कुलमण्डन शाहकालको दरबार तथा अन्य भग्नावशेषहरू, भुमेस्थान मन्दिर, खड्कगाउँकोट, देउराली मन्दिर आदि ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरू रहेका छन भने थामको गहरा भ्युटावर, ठूलीपोखरी, कालिका मन्दिर अादि रहेका छन् । यस स्थानबाट हिम श्रृखला अवलोकन गर्न सकिन्छ ।

१०. सेतो गुम्वा वा शान्ति स्तुपा

शान्ति स्तुपा पाेखरा, तस्विर सूर्यबहादुर थापा

फेवातालमाथिको डाँडामा अवस्थित सेतो गुम्वा पनि स्वदेशी विदेशीको आकर्षणको केन्द्र मानिन्छ । पोखरा पुग्नेहरु एकपटक उक्त गुम्बामा पुग्ने गर्छन् । यहाँबाट पोखराको सुन्दर दृश्य, फेवाताल, हिमाल, सराङकोटको डाँडालगायतका सुन्दर दृश्यहरु देखिने हुँदा निकै रमाइलो महशुस हुने गर्छ ।


तीज गीत २०७७, एक समालाेचना

लोकगीत लोकमाससँग तादात्म्य भएको गीत हो । समस्त लोकको व्यक्तित्व उत्रने र लोकले आफ्नै...

समर्पण

सूर्यबहादुर थापा पाेखरा , म चाहदिन तिम्रो मनमा कुनै बन्धन होस्म त एक स्वतन्त्रताको...

मौनतामा हुर्किएकाे प्रेम

सृजना लामिछाने के लेखुँ प्रिया तिम्रो लागि ? कुशल छु, कुशलताको काममा गर्छु ।...

काेराेनाले निम्त्याएका संभावनाहरू…

श्रम गर्ने बानीको बिकास गरी त्यसबाट सन्तुष्टि प्राप्त गर्ने जनशक्ति निर्माण गर्न सकिएमा गफ...

अहो ! त्यो रोमान्स…

पुषको महिना । काठमाण्डौको मौसम । तुवालोले डम्म भएको आकास । कोलाहल बस्ती बिचको...

प्रेमको भ्रम अनि यथार्थ

सृजना लामिछाने, काठमाण्डाै । हो! जिउने क्रममा प्रेम जुनसुकै कारणले पनि आवस्यक पर्दोरहेछ ।।...

कास्कीका ३२ पर्यटकिय स्थल, कतै तपाइ पुग्न छु्ट्नु त भएन ?

सूर्यबहादुर थापा / हेरालाे खबर /२०७६ अश्विन २ गते बिहिवार नेपालको गण्डकी प्रदेशमा पर्ने...

यस्ता छन् लमजुङका घुम्नैपर्ने ठाँउहरू

सूर्यबहादुर थापा / हेरालाे खबर /२०७६ भद्र ३१ गते मंगलबार लमजुङ जिल्ला साबिक पश्चिमाञ्चल...

पाेखराका पर्यटकिय गन्तब्य, कतै तपाइ पुग्न छुट्नु त भएकाे छैन ?

हेरालो खबर,  भाद्र १२, २०७६, पाेखरा  । पोखरा उपत्यका मध्य नेपालमा पर्दछ । नेपालकै दोस्रो ठूलो...

Top 5 best smartphones under 20,000Rs in Early 2019

smartphones

It’s the age of smart phones. As your daily drivers smartphones play a big...

Sedi of Pokhara is carrying abundant possibility of investment

Surya Bahadur Thapa. Photo : Ram kumar Rai (Chimse Rai)/ Surya Bahadur Thapa Heralokhabar,...

Dawa Sherpa, A student of TU, to summit Everest

Dawa sherpa Farewell

Vice-chancellor of Tribhuwan University gives an official farewell In the presence of Tribhuwan University...

हतियार बोकेर हिँडेको फेला पारे गोली हान्न सुरक्षा निकायलाई निर्देशन

हेरालो खबर २०७५ फाल्गुन ३०, विहिबार सरकारले नेत्र बिक्रम चन्द बिप्लब नेतृत्वकाे नेकपाको गतिविधिमाथि...

विप्लव नेकपामाथि कडा बन्दै सरकार , बिप्लबका गतिबिधी प्रतिबन्ध लगाउने घोषणा

हेरालो खबर २०७५ फाल्गुन २८, मंगलबार, काठमाडौं । सरकारले नेकपा विप्लव समूह आपराधिक संगठन...

सिके राउतसँग भएकाे सम्झौता विरुद्ध प्रदर्शन हुने

हेरालो खबर २०७५ फाल्गुन २६ आइतबार, काठमाडौं । सरकार र डा.सिके राउतबीच भएको ११...

आजको राशिफल

पञ्चाङ्ग वि.सं. २०७५ साल फागुन २५ गते। शनिबार। इश्वी सन् २०१९ मार्च ९ तारिख।...

विप्लवद्वारा फागुण ३० गते नेपाल बन्दको घोषणा

हेरालो खबर २०७५ फाल्गुन २४, शुक्रबार काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.) का महासचिव...

पोखराको हल्लनचोकमा बिस्फाेट

हेरालो खबर २०७५ फाल्गुन २४, शुक्रबार, संचारकर्मी शिव न्यौपाने पाेखरा । पोखराको लेकसाईड हल्लनचोक...

रबिन्द्रलाइ सम्झदै पुश्कल शर्माले गाए यस्ताे गीत

हेरालो खबर २०७५ फाल्गुन १९, आईतबार  । लोकप्रिय गायक तथा सर्जक पुश्कल शर्माको केहि...

पोखरा प्याराग्लाईडिङ दुर्घटना हुँदा एकजनाको मृत्यु

हेरालो खबर २०७५ फाल्गुन १९, आईतबार पोखरापोखरा प्याराग्लाईडिङ दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ...

पूर्वअर्थमन्त्री एवं नेकपाका नेता भरतमोहन अधिकारीको निधन

हेरालो खबर २०७५ फाल्गुन १८ शनिबार ।  पूर्वअर्थमन्त्री एवं नेकपाका नेता भरतमोहन अधिकारीको निधन...

आजको राशिफल

पञ्चाङ्ग वि.सं. २०७५ साल फागुन ६ गते। सोमबार। इश्वी सन् २०१९ फेब्रुवरी १८ तारिख।...

Cable car to run in Pokhara from this Baisakh

Heralo Khabar, 2075 magh 30 Wednesday, Pokhara. Cable Car, which is to connect Sedi...

World Split, the crisis in Venezuela A war of Ideology

From left, US president Donald J. Trump, Venezuela president (self Proclaimed) Juan Guaido, Venezuela president Nicolas Maduro, CPN Leader Puspakamal Dahal (Prachanda)

2019 Feb 02, Kathmandu. The crisis in Venezuela is a hot talk around the...

स्याङजाको खाल्टेमा प्रथम क्यानोनिङ तथा सुन्तला महोत्सव हुने

वेद गुरुङ (विवेक) हेरालो खबर २०७६ मंसिर २८, शनिवार स्याङ्जा– पौष १७ देखी २०...

भर्खरै पुर्वि नवलपरासीको डण्डामा सवारी दुर्घटना, १ को घटनास्थलमै मृत्यु

हेरालो खबर २०७६ श्रावण १५    पुर्वि नवलपरासीको डण्डामा सवारी दुर्घटना हुदा १ को...

MCC सम्झाैता PDF नेपालीमा अध्ययन गर्नुहाेस् । मुख्य बिषय हाइलाइट सहित

https://heralokhabar.com/wp-content/uploads/2020/01/Mcc-Agreement-Nepali.pdf

©https://heralokhabar.com/ All Rights Reserved heralokhabar.com Mantain By : Webbank Nepal