Friday 29th March 2024
“चपली हाइट ३” को घोषणा स्वास्तिमाको जोडी महेश त्रिपाटी
हेरालो खबर, भाद्र २५, काठमाडौं । निर्माता अर्जुनकुमारले ‘चपली हाइट–३’ निर्माणको घोषणा गरेका छन् । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले फिल्म ‘चपली हाइट’को तेस्रो पार्ट ‘चपली हाइट–३’ निर्माणको अफिसियल घोषणा गरेका हुन् । उक्त फिल्मलाई निकेश खड्काले निर्देशन गर्नेछन् ।
‘चपली हाइट’को पहिलो पार्ट दीपेन्द्र के. खनालले निर्देशन गरेका थिए । चैतमा प्रदर्शनमा आउने यो फिल्ममा पहिलो पार्टमा प्रमुख भूमिका निभाएका अभिनेता आमिर गौतम मात्र दोहोरिएका छन् ।
अर्जुन कुमार फिल्मस् र केडिसी हस्पिटलले संयुक्त रुपमा निर्माण गर्ने फिल्ममा अभिनेत्री स्वस्तिमा खड्काको प्रमुख भूमिका रहनेछ । अर्जुन कुमारले निर्माण गर्ने यो फिल्ममा उनको जोडी नव-अभिनेता महेश त्रिपाठीसँग बाँधिएको छ । फिल्म ‘रणवीर’ बाट अभिनयमा राम्रो सम्भावना देखाएकी अभिनेत्री सुपुष्पा भट्ट र नव-अभिनेता प्रतिक श्रेष्ठको पनि ‘चपली हाइट ३’ मा अभिनय रहनेछ ।
अभिनेत्री स्वस्तिमाले कथावस्तु राम्रो लागेका कारण फिल्म छाड्न नसकेको बताइन् । ‘मलाई आफ्नो भूमिका निकै शक्तिशाली लाग्यो । टिम पनि राम्रो पाएँ । नाम नै ब्रान्ड भइसकेको सिरिजमा आबद्ध हुन पाउँदा निकै खुसी महशुस भएको छ’, उनले भनिन् । अर्की अभिनेत्री सुपुष्पा पनि फिल्म गर्न सहर्ष स्वीकार गर्नुको कारण स्क्रिप्ट रहेको बताउँछिन् । आफू फिल्मलाई लिएर उत्साहित रहेको उनले बताइन् ।
अभिनेता महेश त्रिपाठीले आफ्नो अभिनयले दर्शकलाई निराश हुन नदिने बताए । कथावस्तु अनुसार आफुलाई पनि फिल्ममा उतार्ने उनले दाबी गरे । ‘मलाई फिल्मको स्क्रिपट निकै राम्रो लाग्यो । यस फिल्ममा जोडिन पाउनु मेरो सौभाग्य हो । दर्शकलाई कुनै हालतमा निराश पार्दिनँ,’ उनले भने