Tuesday 19th March 2024

यस्ता छन् लमजुङका घुम्नैपर्ने ठाँउहरू

September 17, 2019 3:48 pm,

सूर्यबहादुर थापा / हेरालाे खबर /२०७६ भद्र ३१ गते मंगलबार

लमजुङ जिल्ला साबिक पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल र हाल गण्डकी प्रदेशमा रहेको एक पहाडी जिल्ला हो । राजधानी काठमाण्डौबाट १६० किमी पश्चिममा रहेको यो जिल्ला पृथ्वी राजमार्गको डुम्रेबाट मनाङतर्फ २६ किमी उत्तरतर्फको यात्रा पछि प्रवेश गर्न सकिन्छ । जिल्लाको कुल क्षेत्रफल १६९२ वर्ग किमी रहेको छ । नेपालको प्रसिद्द मर्स्याङ्दी नदी यो जिल्लाको विच भाग भएर बहन्छ । जलस्रोत र पर्यटनका हिसावले लमजुङ जिल्ला महत्वपूर्ण र उर्वर क्षेत्र मानिन्छ । त्यसैगरी नेपालको हिमाल पारीको जिल्लाको रुपमा परिचित मनाङ जिल्लामा जाने मोटरवाटो समेत यसै जिल्ला भएर जान्छ । स्रोत जिसस लमजुङ

यहाँका प्रमुख पर्यटकिय क्षेत्रहरु निम्न रहेका छन् ।

१. घले गाउँ
घले गाउँ लमजुङ जिल्लाको उत्तरपश्चिमा पर्ने साबिकको उत्तरकन्या गाउँ विकास समितिमा रहेको छ । घले गाउँ सार्क राष्ट्रको नमुना गाउँको रूपमा समेत परिचित रहेको छ । यो गाउँ समुन्द्री सतहदेखि २ हजार एक सय मिटर उचाइमा रहेको छ । अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने घलेगाउँ करिब छ सय बर्ष पुरानो मानव वस्ती हो । यो गाउँ हाल क्होंलासोथर गाउपालिका–३ मा अवस्थित रहेको छ । यो गाउँ गुरुङ समूदायको अत्यधिक बसोबास भएको गाउँ हो

चौबिसे राज्यकालमा घले राजाले यस ठाउँमा शासन गरेका थिए । तिनै राजाको नामबाट यस गाउँको नाम घले गाउँ राखिएको हो ।
नमुना चिया वगान, प्रांगारिक खेती, परम्परागत गुरुङ संग्रहालय, हिमाली दृष्यावलोकन, सुधारिएको होम स्टे आदिका लागि प्रख्यात यस गाउँ सार्क राष्ट्रको नमुना गाउँको रूपमा समेत परिचित छ । हिमालको काखमा रहेको सार्क भिलेज ग्रामिण पर्यटकीय गाउँ घलेगाउँबाट माछापुच्छ्रे, अन्नपूर्ण, लमजुङ, हिमालचुली, मनासलु, गणेश लगायतका हिमश्रृङ्खलाहरू अवलोकन गर्न सकिन्छ । गाउँमा उत्तरकन्या मन्दिर, क्होंबो, चियाबारी, भ्यू टावर आदि सम्पदा अवस्थित रहेका छन् ।
यस घले गाउँमा ३२ घरमा होमस्टे गराइएको छ । होमस्टेमा एकै रात दुई सय जना अटाउाछन् । एवम् घरघरमा वाइफाई सुविधा समेत रहेको छ ।

घलेगाउँ पुग्न लमजुङ जिल्लाको सदरमुकाम वेसीशहरबाट ३ घण्टाको कच्ची सडकमा मोटर यात्रा गर्नुपर्छ । राजधानी सहर काठमाडौंबाट बेशिसहर १ सय ७२ किमिको दूरीमा रहेको छ । यस्तै बेशिसहर देखि घले गाउँ २४ किमिको दूरीमा अवस्थित रहेको छ । बेशीसहरबाट जिप रिजर्भ गरेर गाउँ जान सकिन्छ । तर बेशिसहरबाट घले गाउँ हिडेर जाँदा लगभग ६ घन्टा लाग्छ ।

२. भुजुङ
भुजुङ लमजुङ जिल्लामा अवस्थित एक पर्यटकिय गाँउ हो । सदरमुकाम बेसीशहर देखि २४ किलोमिटरको जिप यात्रा पछि पर्यटकीय गाउँ, घलेगाउँ, नायु, घनपोखरा हुँदै करिव दुई घण्टाको पैदल यात्रा पछि ग्रामिण पर्यटकीय भुजुङ गाउँ सजिलै पुग्न सकिन्छ । समुन्द्री सतह देखि करिब १६०० मिटरको उचाईमा रहेको छ ।


यस गाउँको पूर्वमा घले गाउँ, घनपोखरा गाविस, पश्चिममा पसगाउँ गाविस, दक्षिणमा भोंजे गाविस, पर्दछ भने उत्तरमा विशाल जंगल, घाँसे खर्क, लम्जुङ हिमाल, अन्नपूर्ण हिमाल स्पष्ट रूपमा देख्न सकिन्छ । घरहरूको पर्खाल ढुंगा, माटो, काठ र छानोमा ढुङ्गा, टिन र खरले छाएको पुरानो शैलिका आर्कषक पुरानो घुमाउने घर यहाँ रहेको छ । खानाको रूपमा लोकल चामलको भात, कोदोको ढिंडो, सिस्नो, गुन्द्रुक, निउरो, कुरीलो, पिडालु, अनि कोदोको शुद्ध रक्सी, लोकल खसी र कुखुराको मासुको पनि स्वाद लिन सकिन्छ ।
परम्परागत ऐतिहासिक संस्कृति नृत्यमा भुजुङ्कै गहनाको रूपमा घाँटु(कुसुन्डा), कृष्ण चरित्र, साराङ्गी, घ्याब्रि, प्हच्यु, सेर्गा, नृत्यहरू यहाँको विशेष आर्कषण हुन् । शुभ पुटपुटे, छेवर, दिनभरिको थकान मेट्ने अनि शुख दुख बांड्ने पवित्र थलो रोधिं पनि यहाँ रहेको छ । वैकल्पिक पदयात्राको लागि विभिन्न स्थानवाट पुग्न सकिने भुजुङमा २५ घरमा पाहुना राख्ने व्यवस्था पनि रहेको छ । यस गाउँको वन क्षेत्रमा विभिन्न लोपोन्मुख जंगली जीव जनावारहरू, पशुपंक्षी, जडिवुटी, फलफूल र विभिन्न प्रजातिका पुतलीहरू पाईन्छ । अहिले चिया वगान पनि यहाँको प्रमुख आकर्षण बनेको छ ।
भुजुङमा एउटा गुफा पनि रहेको छ, त्यस गुफाको नाम ऐतिहासिक त्रिभुवन गुफा राखिएको छ । गाउँवाट देखिने तल्क्यु, घिम्चे, चिलिन्चे, रम्जै, कम्दी, किज्गो जस्ता खेती योग्य फाँटहरूको आकर्षणले वास्तवमा भुजुङ् गाउँलाई स्वर्ग जस्तै बनाएको छ । कला संस्कृतिलाई नजीकवाट नियाल्ने र ग्रामिण पर्यटनलाई टेवा र्पुयाउनको निम्ति एक पटक भुजुङ गाउँ जानै पर्दछ ।

३. लमजुङ दरबार

१६औँ शताब्दीमा निर्माण भएको भनेर दाबी गरिँदै आएको लमजुङ दरबार नेपालकै पुरानो दरबारमा पर्दछ । यो दरबार समुद्री सतहदेखि १ हजार ४ सय ४५ मिटर उचाइमा रहेको छ । कास्कीकोटका राजा कुलमण्डलका माइला छोरा कालु शाहलाई लमजुङको पहिलो चौबीसे राज्यका राजा स्थापना गरिएको थियो ।


लमजुङ दरबारको शिरमा पुरानोकोट गढी रहेको छ । सो गढी क्षेत्रमा घरबस्तीका भग्नावशेष, मठमन्दिर, त्यतिवेला प्रयोग गरेका ढिंकीको ओखल, जातो, सिलौटोजस्ता सामग्रीहरू अहिले पनि देख्न पाइन्छ ।
करिब १६ रोपनी क्षेत्रफलमा लमजुङ दरबार रहेको छ । जिल्लाको बेंसीसहरबाट आठ किलोमिटरको दुरीमा अवस्थित छ लमजुङ दरबार । दरबार पुग्न गाडीबाट करिब ४५ मिनेट लाग्छ भने, पैदल हिँडेमा सवा एक घण्टादेखि दुई घण्टामा पुग्न सकिन्छ ।

४. लिगलिगकोट
लिगलिगकोट क्षेत्र समुद्रीसतहदेखि ४ हजार ७ सय ९० फिटको उचाईमा अवस्थित छ । यो क्षेत्र आँपपिपलको खोल्लीमा पर्दछ । २ सय ४० वर्षसम्म एकछत्र रुपले शासन गरेको नेपालको शाह बंशको उदयबिन्दु मानिने लिगलिगकोट ऐतिहासिक पर्यटकीय स्थल पनि हो ।


लिगलिगकोट राजा छान्ने ठाउँको रुपमा पनि विख्यात छ । यहाँ हरेक बर्ष राजा छान्ने गरिन्छ । बि.स. यस स्थानमा पर्यटकीय गन्तव्यका लागि स्थानीयले बर्षेनी दशैंको अवसर पारी लिगलिगे दौड आयोजना गरिरहेका हुन्छन् । लमजुङ र गोरखाको सिमानामा पर्ने चेपेघाटबाट सुरु भएको दौड ठाँटीपोखरी, छाप्थोक, बडडाँडा, साउनेपानी, बोहरा गाउँ, मैबल, दर्खेपानी, राई गाउँ, बिजुले डाँडा हुँदै लिगलिगकोट दरबारमा गएर सकिन्छ । दौडमा विजयी हासिल गर्नेलाई श्रीपेच लगाइदिने यहाँको पुरानो चलन हो । लिगलिग मगर भाषाको ‘लिङलिङ’ शब्दबाट आएको भन्ने भनाई छ । मगर भाषामा लिङलिङको अर्थ सफा, सुन्दर, कञ्चन प्राकृतिक सौन्दर्य देखिनु भन्ने बुझिन्छ ।
पर्यटकिय क्षेत्र लिगलिगकोट पुग्ने जो कोही पर्यटकहरु पनि मन्त्रमुग्ध हुने गर्दछन् । त्यसो त यहाँबाट देखिने मनास्लु हिमश्रङखलको मनोरम दृष्य, लमजुङको पर्यटकिय क्षेत्र राइनसकोट, लाली गुराँसको जंगल, लिगलिगकोटको पुराना दरबार, कोट, किल्ला, गढी, पुराना भग्नावशेष अनि नागबेली आकारमा बगेको चेपे नदिको मनोरम दृश्यले सबैको मन खिचिरहेको हुन्छ ।

५. खासुर गाउँ
लमजुङको बेसीसहर–१० स्थित खासुर गाउँ जिल्लाकै उत्कृष्ट रमणीय पर्यटकीय गन्तव्य हो । सदरमुकाम बेसीसहरबाट एक घण्टामै पुग्न सकिने खासुर गाउँ पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरूको विशेष रोजाइमा पर्न थालेको छ ।


पर्यटन विकाससँगै स्थानीय दिदीबहिनीहरूले व्यावसायिक सामूहिक खाजाघर सञ्चालन गरेका हुन् । स्थानीय खासुर प्रगति नारी समाजका रूपमा समूह दर्ता गरी सामूहिक खाजा घर सञ्चालन गरेपछि गाउँको पर्यटकीय विशेषता थपिएको छ । गाउँमा आएका पाहुनाहरूलाई सोही समूहका दिदी–बहिनीहरूले स्वागत गर्ने, खुवाउने र सांस्कृतिक कार्यक्रम देखाउने गर्छन् । पर्यटकहरूलाई सामूहिक खाजाघरमा खाना खुवाए पनि बस्नका लागि होमस्टेको व्यवस्था छ । प्रतिघर दुईदेखि चार जनासम्म बस्न मिल्ने १५ घरमा होमस्टे सञ्चालन गरिएको छ । होमस्टे सञ्चालन गरिएका घरहरूमा सफा कोठा, बाथररुम, शौचालय आदिको राम्रो व्यवस्था छ ।
खसहरू बसाइँ सरी घलेहरूले सुरु गरेको तथा खर्सु घलेले बस्ती सुरु गरेको कथनलाई खर्सुबाट अप्रभ्रंश भई सो गाउँको नाम खासुर रहन गएको किंवदन्ती छ । समुद्री सतहबाट ५ सय मिटरको उचाइमा रहेको खासुर गाउँका ढुङ्गाले छाएका घरहरूको दृश्य अर्को पर्यटकीय आकर्षण हो ।
खासुरमा जसरी पाहुनाको स्वागत गरिन्छ त्यसरी नै पाहुनाको बिदाइ पनि गरिन्छ । गाउँमा आएका पाहुनालाई स्थानीय महिलाले फेरि–फेरि आउन निम्तो दिँदै टीका र फूलको माला लगाएर बिदाइ गर्छन् ।

६. घेर्मु (रक गार्डेन)
प्रसिद्ध अन्नपूर्ण पदमार्गअन्तर्गत घेर्मुमा निर्माण गरिएको चट्टानको बगैंचा (रक गार्डेन) पर्यटकको रोजाइमा पर्न थालेको छ । करिब ३ सय मिटर लम्बाइ र २ सय मिटर चौडाइ रहेको चट्टानको भीरमा खोपेर ढुंगा काटेर बगैंचा बनाइएको छ । चट्टानको बगैचा भ्रमणको लागि कम्तीमा दुई घण्टा समय लाग्छ

SONY DSC


‘रक गार्डेन’ क्षेत्रमा ५ सय ८० मिटर लामो घुमाउरो बाटो निर्माण गरिएको छ । बगैचा भित्रका चट्टानभित्र र बाहिर बाटो निर्माण गरिएको छ । एक चट्टानबाट अर्को चट्टानमा पुग्नको लागि पुल निर्माण गर्नुको साथै ठूला चट्टानमा चढ्नको निम्ती भ¥याङ समेत राखिएको छ ।
प्राकृतिक सौन्दर्यताप्रति विदेशी तथा स्वदेशी पर्यटकहरू पनि आकर्षित हुने भएकाले ओडारको अनुभव, बिभिन्न आकारप्रकारमा रहेका चट्टानहरूको आकृति र चट्टानमाथिबाट देखिन प्राकृतिक दृश्यले पर्यटकहरू लोभिएका छन् ।
सदरमुकाम बेसीसहरबाट २४ किलोमिटरको यात्रा र १५ मिनेटको पैदलयात्रापछि गार्डेनमा पुग्न सकिन्छ । खानीगाउँ रक गार्डेन घुम्न आउने पर्यटकलाई लक्षित गरी स्थानीय आमा समूहले होमस्टे सञ्चालन गरेको छ ।

७. सिउरुङ
सउरुङः मस्र्याङ्दी गाउँपालिका वडा नं ३ मा पर्ने यस गाउँसमुद्री सतहबाट १९०० मिटर उचाईमा रहेको छ । ११२ घर एकै ठाउँमा भएको गुरुङ वस्ती सिउरुङ गुरुङ संस्कृति र नेपाली मौलिक परम्परा एवं अर्गानिक खाद्यन्नका लागि प्रसिद्ध छ । मनासलु हिमाललाई सन्मूखै देखिने सिउरुङबाट दूधपोखरी थुर्जुलेक जान सकिन्छ । राम्रो होमस्टे भएको सिउरुङमा बेसीशहरबाट २.५ घण्टाको मोटर यात्रामा पुगिन्छ ।

८. राइनासकोटः
राइनास नगरपालिका वडा नं. ९ मा समुन्द्रि सतहबाट १७ सय ५० मिटर उचाईमा रहेको पूर्वी लमजुङको प्रसिद्ध ऐतिहासिक किल्ला हो राइनासकोट । नेपालको एकिकरणको शुभारम्भ यही राइनासकोटबाट द्रव्य शाहले लिगलिगकोट दौडेर जितेपछि भएको हो ।


गुरु गोरखनाथ सिद्धवावाका रुपमा राइनासकोटमा प्रकट भएर द्रव्यशाहलाई पूर्वतर्फ बढ्ने आशिर्वाद दिएका थिए, गणेश, बौद्ध, हिमालचुली, मनासलु, लमजुङ, अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरी हिमाल राइनासकोटबाट एकै पटक देख्न सकिन्छ । सूर्योदय र सूर्यास्तको दृश्यका लागि राइनासकोट अलौकिक मानिन्छ । त्यहींबाट उडान भरेर त्यहीं ओर्लन सकिने प्याराग्लाईडिङ हुन्छ यहाँं । १५ घरको सानो गुरुङ वस्ती भुकम्प पछि पुननिर्माण भएको व्यवस्थित होमस्टे छ राइनासकोटमा ।
योग स्तम्भ, ५०० वर्ष पुरानो सिद्धको मन्दिर, कोटेश्वर महादेव, कालिका मन्दिरका साथ परातात्विक गढीहरु रहेका छन्लमजुङ प्रवेशद्धार पाउंदीबाट ४५ मिनेटको मोटर यात्रा वा २ घण्टाको पैदल यात्रामा पुग्न सकिन्छ ।

९. पुरानकोट÷रकक्लाईविङ
बेसीशहर नगरपालिका वडा नं. ४ स्थित यस पुरानकोट १९०० मिटर उचाईमा रहेको शाहवंशीय राजाहरुको इतिहास सँग जोडिएको सामरिक महत्वको स्थल हो ।

गृष्मकालीन दरबारको भग्नावशेषका साथै कोट गढी रहेको पुरानकोट प्राकृतिक दृश्यावलोकनका लागि मनोरम छ । यसै कोट नजिकै रहेको गैरीगाउँ र डांडागाउँं गुरुङ वस्तिमा होमस्टेको व्यवस्थापनका साथै लमजुङकै पहिलो व्यवस्थित व्यवसायिक रक क्लाङइविङ ((चट्टान चढ्ने) स्थल रहेको छ । अमेरीकन स्वयंसेवक सन् २०११ बाट यहाँं व्यवसायिक रकक्लाईविङ गरेका हुन् । बेसीशहरबाट १ घण्टाको मोटर यात्रामा पुग्न सकिने यस स्थानमा पुग्न वैकल्पिक पदमार्ग पनि रहेका छन् ।

१० घनपोखरा
मस्र्याङ्दी गाउँपालिकावडा नं. १ मा पर्ने घनपोखरा समुद्री सतहबाट २१ सय ५० मिटरको उचाईमा रहेको छ । लमजुङ जिल्लाकै सबैभन्दा बढी उचाईमा रहेको गाउँ पनि घनपोखरा हो । गुरुङ संस्कृति सहित होमस्टे भएको घनपोखरा प्राकृतिक सुन्दरता र मौलिकपनको सुन्दरवस्ती हो । लोपोन्मुख तामारी छोरीनाच घनपोखरामा संरक्षित छ । घलेगाउँबाट ३० मिनेटको पैदल यात्रामा पुग्न सकिन्छ ।

११ पसगाउँ


क्व्होलासोथार गाउँपालिका वडा नं. ६ मा पर्ने पसगाउं समुन्द्र सतहबाट १६५० मिटर उचाईमा रहेको छ । १ सय ७५ घरहरु सँगै रहेको परम्परागत मौलिक गुरुङ वस्तीमा राम्रो होमस्टेको व्यवस्था छ । घलेगाउँबाट ६ घण्टाको पैदलयात्रामा पुगिने यहाँं भोर्लेटारबाट ३ घण्टाको मोटर यात्रामा पुगिन्छ । कास्की सिमानामा पर्ने यो वस्ती पुग्न अन्य वैकल्पिक पदमार्ग पनि छन्। पोखरा करापुटार हुंदै जान सकिने सुन्दर ठाउँ पसगाउँ हो । यसको नजिकै सिङदी गाउँ यतिकै सुन्दर र मनोरम रहेको छ ।

१२ हिलेटक्सार


दोर्दी गाउँपालिका वडा नं. ९ मा पर्ने हिलेटक्सार १७५० मीटर उचाईमा रहेको सुन्दर पर्यटकीय गाउं हो । प्रसिद्ध बराहपोखरी जाने मार्गमा पर्ने यो गाउँ बराहपोखरीका लागि वेसक्याम्प पनि हो । मेमे पोखरी पनि यहीबाट जान सकिन्छ । मध्यमस्र्याङ्दी बाधक्षवेत्रबाट १ः३० घण्टाको मोटर यात्रामा पुग्न सकिन्छ । हिलेटक्सार थुम्की प्राकृतिक दृश्यावलोकनका लागि सुन्दर छ ।

मा पर्ने हिलेटक्सार १७५० मीटर उचाईमा रहेको सुन्दर पर्यटकीय गाउं हो । प्रसिद्ध बराहपोखरी जाने मार्गमा पर्ने यो गाउँ बराहपोखरीका लागि वेसक्याम्प पनि हो । मेमे पोखरी पनि यहीबाट जान सकिन्छ । मध्यमस्र्याङ्दी बाधक्षवेत्रबाट १ः३० घण्टाको मोटर यात्रामा पुग्न सकिन्छ । हिलेटक्सार थुम्की प्राकृतिक दृश्यावलोकनका लागि सुन्दर छ ।

१३ मध्यनेपाल रम्घाटार
मध्यनेपाल नगरपालिका वडा नं. ४ मा पर्ने रम्घाटार ३८५ मिटर उचाईमा रहेको लमजुङको सवैभन्दा होचो ठाउँ पनि हो । नेपालको पूर्व पश्चिम उत्तरदक्षिणबाट नाप्दा ठिक मध्य भागमा यो ठाउँ पर्ने हुनाले यसको महत्व बढेको छ । त्यसै कारण नगरपालिकाको नाम पनि मध्यनेपाल रहेको हो । मादी नदी किनार तनहँुजिल्लासंग जोडिएको यो ठाउँमा मध्य विन्दु पार्क, गौरीशंकर मन्दिर रहेको छ । दमौलीबाट ३० मिनेटको मोटर यात्रामा पुगिने यो ठाउँ पुरानो पहाडी हुलाकी मार्गमा पर्दछ ।

१४ ईशानेश्वर महादेव÷करापुटार
मध्य नेपाल नगरपालिका वडा नं. ७ मा पर्ने ईशानेश्वर महादेव मन्दिर यस भेगकै अति प्रसिद्ध धार्मिक स्थल मानिन्छ । सतिदेवीको अङ्ग पतन भएर उत्पन्न भएका महादेव मानिने यहाँं शिवरात्रीमा ठूलो मेला लाग्दछ । सन्तान नहुनेले बत्तिबाल्दा सन्तान हुने र मनोकामना पुराहुने यस मन्दिरमा शिवरात्रीका अलवा सतविज मेला, अक्षय तृतियाको दिनमा पनि मेला लाग्दछ । मादी र मिदिम नदिको विचमा कास्की जिल्ला सीमाना नजिक भएको यो स्थल धार्मिक पर्यटकीय स्थल मानिन्छ । दमौलीबाट १ घण्टा, पोखराबाट २ घण्टाको मोटर यात्रामा यहाँं पुगिन्छ ।

१५ तार्कु बजरकोट गहते
सुन्दरबजार नगरपालिका वडा नं. ५ मा समुद्री सतहबाट १५०६ मिटर उचाईमा रहेको यो क्षेत्र तार्कुकोट, बजरकोट र मुलकोट गरी ३ वटा ऐतिहासिक गढी रहेका छन्। यिनै गढी नजिकै रहेको गहते ट ्र जिल्ला वस्तुगत विवरण–२०७४ गाउंमा होमस्टेको राम्रो व्यवस्था छ । जातीय संस्कृति, जैविक विविधता, मौरीपालन, नमूना सामुदायिक वन यहाँंका विशेषता हुन् । सुन्दरबजारबाट १ घण्टाको मोटर यात्रा र २.५ घण्टाको पैदल यात्रामा पुग्न सकिन्छ ।

१६ अर्चल्यानी÷हलोत्कर्ष (हलोक्रान्ति)
सुन्दरबजार नगरपालिका वडा नं.४ दुराडांडा अर्चल्यानीका बाटे गरामा २००६ सालमा तत्कालीन ब्राम्हणहरु तोयनाथ अधिकारी हरिभक्त लगायतले हलो जोतेर सामाजिक क्रान्ति गरेको स्थान हो । राजनैतिक, सामाजिक र शैक्षिक जागरणको केन्द्रका रुपमा मानिने यो स्थानमा हरेक वर्ष हलो क्रान्तिको स्मरण गरिन्छ । सुन्दरबजारबाट १ घण्टाको मोटरयात्रामा पुग्न सकिन्छ ।

१७ सिन्दुरेढुङ्गा, खजेपार्क, दुरावस्ती
सुन्दरबजार नगरपालिका वडा नं. ११ मा पर्ने सिन्दुरे ढुङ्गा लमजुङका राजा यशोब्रम्ह शाहलाई कास्कीबाट ल्याई सिन्दुरे जात्रा गरिएको ठूलो ढुङ्गा जसलाई त्यस उप्रान्त सिन्दुरे ढुङ्गा नामाकरण गरी संरक्षित गरियो । हरेक वर्ष पौष २७ गते सिन्दुरे अविर छरेर विशेष कार्यक्रम गरिन्छ त्यहाँं । खजेदुरा, चामु सिङगल, कुसुमाकर घिमिरे लगायतले यशोब्रम्ह शाहलाई ल्याएका थिए । ती मध्येका खजेदुराको सालिक चन्द्रेश्वर च्यानपाटामा खजेपार्क बनाई राखिएको छ । सिन्दुरे ठूलो स्वारा अल्पसंख्यक दुराहरुको वस्ती हो । होमस्टेको व्यवस्था सहित दुरा संस्कृति देख्न पाइन्छ यहाँं । यिनै दुराको वस्ती भएको डांडा हुनाले यो क्षेत्र दुराडांडा नामले प्रसिद्ध छ । सुन्दरबजारबाट २ घण्टाको मोटरयात्रामा यहाँं पुग्न सकिन्छ ।

१८ ताघ्रिङ स्यागे झरना र क्यानोनिङ
मस्याङ्दी गाउँपालिकावडा नं. ४ मा पर्ने ताघ्रिङ समुद्री सतहबाट ११०० मिटर उचाईमा छ । व्यवस्थित होमस्टे भिरमौरीको महशिकार (हनी हण्टीङ) र स्याङ्गेको विशाल झरना यहाँंका विशेष आकर्षण हुन । दक्षिण एशियामा नै पहिलो पटक १५० जना भन्दा बढी विदेशीहरुले साहसिक क्यानोनिङ गरेको झरना हो । बेसीशहरबाट २२ किमी उत्तर बेसीशहर चामे सडकखण्डमा यो झरना रहेको छ ।

१९ तातोपानी कुण्ड जगत र बाहुनडाँडा
मस्र्याङ्दी गाउँपालिकामा पर्ने अन्नपूर्ण पदमार्गमा मस्र्याङ्दी नदी किनाराका बाहुनडाँडा र जगत २ ठाउँमा प्राकृतिक तातोपानीका कुण्ड रहेका छन् । धारा र पोखरी निर्माण गरी नुहाउने व्यवस्था भएको तातोपानीमा चर्मरोग, मोटोपन, बाथ लगायतका रोग निको हुने र धार्मिक रुपमा पनि यहाँं नुहाउने चलन छ । पदमार्ग जाडो ठाउँमा भएकोले यो प्राकृतिक तातोपानी पर्यटकहरुका लागि थकान मेटाउने स्थान मानिन्छ । यी स्थानहरुमा होटलको राम्रो व्यवस्था छ । सदरमुकाम बेसीशहरबाट २ घण्टाको मोटरयात्रामा पुग्न सकिन्छ ।

२० भुस्मे (तामाङ होमस्टे)
मस्र्याङ्दी गाउँपालिका वडा नं. ८ मा पर्ने भुस्मे गाउँ १७०० मिटर उचाई रहेको तामाङहरुको वस्ती हो । तामाङ संस्कृति, सफा मिलेका परम्परागत शैलीका घरहरु प्राकृतिक मनोरम दृश्य, गुफा ओडार, अलैची बगैचा, अर्गानिक खाना यहाँंका विशेषता हुन् । भुलभुलेबाट ३० मिनेटको मोटर यात्रा तथा १ः३० मिनेटको पदैल यात्रामा पुग्न सकिन्छ ।

२१ नरुवाल÷ पाखाथोक ÷मगरपात्ले
बेसीशहर नगरपालिका वडा नं. २ मा पर्ने नरुवाल पाखाथोक ९०० मिटर उचाईमा रहेको मगर वस्ती हो । मगर संस्कृति र सदरमुकाम मुल सडकबाट नजिक रहेको पर्यटकीय गाउँ हो । डुम्रे बेसीशहर मस्र्याङ्दी बांध क्षेत्र गैरीबाट १० मिनेटको मोटर यात्रा र ३० मिनेटको पैदलयात्रामा पुग्न सकिन्छ ।

२२ गौडाकोट÷मौलाकोट
दूधपोखरी गाउँपालिकामा पर्ने गौडाकोट मौलाकोट १८०० मिटर उचाइमा रहेको छ । थिकोट र गढी सामरिक महत्व र प्राकृतिक दृश्यका लागि महत्वपूर्ण छन् । उलीदेवी मन्दिर, अलैंची वगैंचा, गुफा एवं गुरुङ मगर र तामाङ ३ थरी जनजातीको संस्कृति एकै ठाउँ देख्न सकिने यहाँं होटल तथा होमस्टेको व्यवस्था छ । पाउंदी बजारबाट १ः३० मिनेटको मोटरयात्रा वा ४ घण्टाको पदैल यात्रामा यहाँं पुग्न सकिन्छ ।

२३ बाहुनडाँडा
राष्ट्रकवि माधवप्रसाद घिमिरेको जन्मस्थान रहेको यस ठाउँलाई पुस्तुन पनि भनिन्छ । अन्नपूर्ण पदमार्गमा पर्ने बाहुनडांडा १३१० मिटरको उचाईमा रहेको छ । यसकै फेदीमा तातोपानी कुण्ड रहेको छ । यहाँ विभिन्न जातजातिको वसोबास रहेको छ ।

२४ भुलभुले÷ङादी÷तराञ्चे
डा. हर्क गुरुङको जन्मस्थान र समाधिस्थल रहेको कारणले भुलभुलेको तराञ्चे÷ताङ्लीचोकको महत्व बढेको पाइन्छ । त्यसै गरी मस्र्याङ्दी नदीको किनारमा रहेको ङादी बजार पनि रमणीय छ । ङादी बेसीशहरबाट १५ किमी उत्तरमा पर्दछ ।

जि.स.स. लमजुङद्वारा प्रकाशित सामग्रीको सहयोगमा तयार पारिएको समाचार

#visitnepal2020 #ghalegaun


तीज गीत २०७७, एक समालाेचना

लोकगीत लोकमाससँग तादात्म्य भएको गीत हो । समस्त लोकको व्यक्तित्व उत्रने र लोकले आफ्नै...

समर्पण

सूर्यबहादुर थापा पाेखरा , म चाहदिन तिम्रो मनमा कुनै बन्धन होस्म त एक स्वतन्त्रताको...

मौनतामा हुर्किएकाे प्रेम

सृजना लामिछाने के लेखुँ प्रिया तिम्रो लागि ? कुशल छु, कुशलताको काममा गर्छु ।...

काेराेनाले निम्त्याएका संभावनाहरू…

श्रम गर्ने बानीको बिकास गरी त्यसबाट सन्तुष्टि प्राप्त गर्ने जनशक्ति निर्माण गर्न सकिएमा गफ...

अहो ! त्यो रोमान्स…

पुषको महिना । काठमाण्डौको मौसम । तुवालोले डम्म भएको आकास । कोलाहल बस्ती बिचको...

प्रेमको भ्रम अनि यथार्थ

सृजना लामिछाने, काठमाण्डाै । हो! जिउने क्रममा प्रेम जुनसुकै कारणले पनि आवस्यक पर्दोरहेछ ।।...

कास्कीका ३२ पर्यटकिय स्थल, कतै तपाइ पुग्न छु्ट्नु त भएन ?

सूर्यबहादुर थापा / हेरालाे खबर /२०७६ अश्विन २ गते बिहिवार नेपालको गण्डकी प्रदेशमा पर्ने...

यस्ता छन् लमजुङका घुम्नैपर्ने ठाँउहरू

सूर्यबहादुर थापा / हेरालाे खबर /२०७६ भद्र ३१ गते मंगलबार लमजुङ जिल्ला साबिक पश्चिमाञ्चल...

पाेखराका पर्यटकिय गन्तब्य, कतै तपाइ पुग्न छुट्नु त भएकाे छैन ?

हेरालो खबर,  भाद्र १२, २०७६, पाेखरा  । पोखरा उपत्यका मध्य नेपालमा पर्दछ । नेपालकै दोस्रो ठूलो...

Top 5 best smartphones under 20,000Rs in Early 2019

smartphones

It’s the age of smart phones. As your daily drivers smartphones play a big...

Sedi of Pokhara is carrying abundant possibility of investment

Surya Bahadur Thapa. Photo : Ram kumar Rai (Chimse Rai)/ Surya Bahadur Thapa Heralokhabar,...

Dawa Sherpa, A student of TU, to summit Everest

Dawa sherpa Farewell

Vice-chancellor of Tribhuwan University gives an official farewell In the presence of Tribhuwan University...

हतियार बोकेर हिँडेको फेला पारे गोली हान्न सुरक्षा निकायलाई निर्देशन

हेरालो खबर २०७५ फाल्गुन ३०, विहिबार सरकारले नेत्र बिक्रम चन्द बिप्लब नेतृत्वकाे नेकपाको गतिविधिमाथि...

विप्लव नेकपामाथि कडा बन्दै सरकार , बिप्लबका गतिबिधी प्रतिबन्ध लगाउने घोषणा

हेरालो खबर २०७५ फाल्गुन २८, मंगलबार, काठमाडौं । सरकारले नेकपा विप्लव समूह आपराधिक संगठन...

सिके राउतसँग भएकाे सम्झौता विरुद्ध प्रदर्शन हुने

हेरालो खबर २०७५ फाल्गुन २६ आइतबार, काठमाडौं । सरकार र डा.सिके राउतबीच भएको ११...

आजको राशिफल

पञ्चाङ्ग वि.सं. २०७५ साल फागुन २५ गते। शनिबार। इश्वी सन् २०१९ मार्च ९ तारिख।...

विप्लवद्वारा फागुण ३० गते नेपाल बन्दको घोषणा

हेरालो खबर २०७५ फाल्गुन २४, शुक्रबार काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.) का महासचिव...

पोखराको हल्लनचोकमा बिस्फाेट

हेरालो खबर २०७५ फाल्गुन २४, शुक्रबार, संचारकर्मी शिव न्यौपाने पाेखरा । पोखराको लेकसाईड हल्लनचोक...

रबिन्द्रलाइ सम्झदै पुश्कल शर्माले गाए यस्ताे गीत

हेरालो खबर २०७५ फाल्गुन १९, आईतबार  । लोकप्रिय गायक तथा सर्जक पुश्कल शर्माको केहि...

पोखरा प्याराग्लाईडिङ दुर्घटना हुँदा एकजनाको मृत्यु

हेरालो खबर २०७५ फाल्गुन १९, आईतबार पोखरापोखरा प्याराग्लाईडिङ दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ...

पूर्वअर्थमन्त्री एवं नेकपाका नेता भरतमोहन अधिकारीको निधन

हेरालो खबर २०७५ फाल्गुन १८ शनिबार ।  पूर्वअर्थमन्त्री एवं नेकपाका नेता भरतमोहन अधिकारीको निधन...

आजको राशिफल

पञ्चाङ्ग वि.सं. २०७५ साल फागुन ६ गते। सोमबार। इश्वी सन् २०१९ फेब्रुवरी १८ तारिख।...

Cable car to run in Pokhara from this Baisakh

Heralo Khabar, 2075 magh 30 Wednesday, Pokhara. Cable Car, which is to connect Sedi...

World Split, the crisis in Venezuela A war of Ideology

From left, US president Donald J. Trump, Venezuela president (self Proclaimed) Juan Guaido, Venezuela president Nicolas Maduro, CPN Leader Puspakamal Dahal (Prachanda)

2019 Feb 02, Kathmandu. The crisis in Venezuela is a hot talk around the...

स्याङजाको खाल्टेमा प्रथम क्यानोनिङ तथा सुन्तला महोत्सव हुने

वेद गुरुङ (विवेक) हेरालो खबर २०७६ मंसिर २८, शनिवार स्याङ्जा– पौष १७ देखी २०...

भर्खरै पुर्वि नवलपरासीको डण्डामा सवारी दुर्घटना, १ को घटनास्थलमै मृत्यु

हेरालो खबर २०७६ श्रावण १५    पुर्वि नवलपरासीको डण्डामा सवारी दुर्घटना हुदा १ को...

MCC सम्झाैता PDF नेपालीमा अध्ययन गर्नुहाेस् । मुख्य बिषय हाइलाइट सहित

https://heralokhabar.com/wp-content/uploads/2020/01/Mcc-Agreement-Nepali.pdf

©https://heralokhabar.com/ All Rights Reserved heralokhabar.com Mantain By : Webbank Nepal