Tuesday 19th March 2024

कास्कीका ३२ पर्यटकिय स्थल, कतै तपाइ पुग्न छु्ट्नु त भएन ?

September 19, 2019 10:00 am,

सूर्यबहादुर थापा / हेरालाे खबर /२०७६ अश्विन २ गते बिहिवार


नेपालको गण्डकी प्रदेशमा पर्ने कास्की जिल्लालाई नेपालको पर्यटकीय राजधानीको उपनामले पनि चिनिन्छ । नेपाल आई काठमाडौ बाहिर भ्रमण गर्न रुचाउने पर्यटकहरुको पहिलो छनौट रहेको छ पोखरा । सुन्दर शहर,मनोेरम तालतलैयाहरु ,स्वच्छ वातावरण, हिमाली दृश्यावलोकन,साँस्कृतिक विविधता आदि यस जिल्लाका विशेषताहरु हुन । त्यसो त कास्की जिल्लामा रहेका प्राकृतिक सौन्दर्य र मनोरम वातावरणलाई शव्दमा मात्र व्याख्या गर्नु पक्कै पनि अपुरो हुन्छ । नेपालको त के कुरा विश्वकै मनोरम पर्यटकीय क्षेत्रहरु मध्यको एक पोखरा गण्डकी प्रदेशको सदरमुकाम पनि हो । काठमाण्डौ, भैरहवा, मुस्ताङ आदि स्थानबाट हवाई यातायातको सुविधा र काठमाण्डौ, नारायणगढ तथा सुनौली समेतका सडक यातायातको सुविधा भएको पोखरा पहुंचको दृष्टिले पनि निकै सुगम मानिन्छ ।

कास्की जिल्लाको नामाकरण सम्बन्धमा कश्यप ऋषि यो ठाउँमा आई तपस्या गरेकाले यसलाई पहिला काश्यपी क्षेत्र भनिएकोमा पछि शव्द परिर्वतन भई कासकी हुंदै कास्की भन्न थालिएको र यसैका आधारमा जिल्लाको नाम राखिएको मानिन्छ । यस जिल्लामा पुरानो राज्य कास्की रहेको र त्यसैको महत्वबाट जिल्लाको नाम कास्की नामाकरण भएको जनश्रुति पाइन्छ । कास्यप ऋषिले कास्कीकोटमा बसी काश्यप संहिता नामक अमूल्य आयर्र्वेदिक ग्रन्थ रचना गरेका र उनैको नाम अन्ततः अपभ्रंश भई कास्यपबाट कास्की नाम रहन गएको र पहेंलो कपडा लगाउने सन्यासीहरुको बसोबास क्षेत्र हुनाले काषायकी भनिने, प्राकृतिक खनिज स्रोत पुर्ण हुनाले कोषकाष भनिने, काँसैकाँसको टार र पाटन हुनाले “काँइकी” काँझो(तामा(धातु मिसाएर एउटा छुट्टै धातु तयार गर्दा “कासकुट” धातु बन्ने ठाउँ हुनाले, कास्कीमा प्रसस्त पाषाणभेद भन्ने जडिबुटी पाउने हुनाले “कास” भन्दा भन्दै कास्की नामाकरण भएका जस्ता भनाइहरु पनि रहेका छन् ।

यस पोखरा क्षेत्रको भ्रमणमा आउने हरेक पर्यटकले यहाँको प्राकृतिक सौन्दर्यको प्रशंसा नै गरेको भेटिन्छ । सुन्दर नगरी पोखरामा पर्यटकहरुको सुविधाको लागी पाँचतारे स्तर सम्मका होटलहरु, ट्राभल्स तथा टे«किङ एजेन्सीहरु पनि संचालनमा छन् । हालका दिनहरुमा वाह्य पर्यटकहरुका अलावा आन्तरिक पर्यटकहरु समेतले पोखरा गएको र आसपास क्षेत्रको भ्रमण उल्लेख्य रुपमा गर्ने गरेको छ । कास्की जिल्लाको सिमानालाई हेर्दा पूर्वमा लमजुङ तथा तनहूँ, पश्चिममा स्याङजा र पर्वत जिल्ला, उत्तरमा मनाङ तथा लमजुङ जिल्ला र दक्षिणमा तनहुँ र स्याङ्जा जिल्लाहरु पर्दछन् ।

कास्कीका प्रमुख पर्यटकीय स्थलहरु

१. फेवाताल

तस्विर : सूर्यबहादुर थापा


पर्यटकीय नगरी पोखराको मुटुको रुपमा रहेको फेवाताल कास्की जिल्लाको मात्र नभै नेपालको एउटा प्रमुख पर्यटकीय स्थल हो । यो ताल नेपालमा रहेका तालहरु मध्येको सुन्दर ताल पनि हो । पोखरा उपत्यकाको पश्चिमतर्फ अवस्थित यस रमणीय तालको लम्वाई करिव ४.८ कि.मी. र चौडाई १.५ कि.मी. सम्म रहेको पाइन्छ । यस तालको क्षेत्रफल १०.१ वर्ग कि.मी. रहेकोमा हाल विभिन्न कारणले पुरिएर तालको क्षेत्रफल ४.४३ वर्ग कि.मी. रहेको पाइन्छ । गहिराई करिव २४ मिटरसम्म रहेको यस तालमा सुन्दर माछापुच्छे्र हिमालको प्रतिविम्व स्पष्ट देख्न सकिन्छ । फेवा गाउँको छेउमा रहेको ताल भएकोले यस तालको नाम फेवाताल नामाकरण गरिएको एंवम वैदामको किनारामा रहेका हुनाले र तालको बिचमा तालवाराही मन्दिर रहेकोले यसलाई वैदाम ताल तथा वराहताल पनि भन्ने गरिन्छ । तालको मुहानमा रहेको हर्पन खोला, अधेँरी खोला आदिको पानी र ताल भित्रबाटै निस्कीएको पानीबाट तालको निर्माण भएको पाइन्छ । तालको वरिपरि रमणीय बैदाम क्षेत्र (लेकसाइड ) रहेको छ जहाँ सयौंको संख्यामा पर्यटकीय होटल तथा रिसोर्टहरु रहेका छन् भने तालको छेउछाउमा विछट्टै राम्रो हरियो वन रहेको छ । त्यसैगरी तालको बिच भागमा प्रसिद्घ तालवाराही मन्दिर रहेकोले फेवातालको शोभा झनै बढ्न पुगेको छ । समग्रमा पर्यटकिय नगरी पोखराको एउटा महत्वपुर्ण गहनाको रुपमा यो ताललाई लिन सकिन्छ ।

२.पाताले छाँगो (डेभिड फल)

तस्विर : सूर्यबहादुर थापा


कास्की जिल्लामा रहेको यो महत्वपुर्ण पर्यटकिय स्थल पोखरा महानगरपालिका वडा.न १७ स्थित छोरेपाटनमा पर्दछ । यस छाँगाको पानीको मुहान फेवाताल हो । अर्थात फेवातालको ड्यामसाइड बाट निस्केको पानी यहाँ छागाँको रुपमा खसेर पातल हुंदै फुस्रेखोलामा निस्कन्छ । यो छागाँ पोखराको केन्द्र पृथ्वीचोकबाट दक्षिण पश्चिमतर्फ गुुप्तेश्वर गुफाको उत्तरपट्टी सिद्धार्थ राजमार्गको किनारमा रहेको पाईन्छ । रमणिय छाँगो र बजार नजिकै रहेको आकर्षक स्थल भएको कारण पोखरामा आई यस छाँगोको अवलोकन नगर्ने पर्यटक विरलै भेटिन्छन् ।
यस रमणिय स्थल पातले छाँगो नामाकरण सम्वन्धमा स्वीस दम्पती यो छाँगो भन्दा केहि माथी नुहाइरहेको आवस्थामा अचानक फेवातालको वाँध खोलिएकोले श्रीमती डेभिडलाई वगाई लगेको र उनको मुत्यु भएको हुदाँ वि.सं. २०१८ देखी यसको नाम डेभिड फल्स रहन गएको भनाइ छ । फेवातालको पानी फेवा बाँध हुंदै हालको क्षेत्रमा झर्ने र जमिनमुनि पातालतर्फ प्रवेश गरेको हुनाले नेपालीमा यो ठाउंको नाम पातले छाँगो भन्ने गरिएको स्थानिय वासीको भनाई रहेको छ । यो छागोको गहिराई करिव १०० मिटर रहेको छ ।

३ .महेन्द्रगुफा
पोखरालाई एउटा पर्यटकिय नगरीको रुपमा परिचित गराउने स्थलहरु मध्ये महेन्द्रगुफा पनि एक हो । पोखरा उपत्यकाको उत्तरतर्फ पर्ने यो गुफा पोेखरा महानगरपालिका १६ स्थित बाटुलेचौरमा पर्दछ । गुफा क्षेत्रले करिव ४६ रोपनी जग्गा ओगटेको छ । रमणिय जंगलको किनारमा अवस्थित यस एकान्त गुफा स्वयम् मनोरम रहेको छ । स्थानिय व्यक्तिहरुको अनुसार यस गुफाको इतिहास बारेमा एकिन प्रमाण नपाइएता पनि वि.सं. २०१७ सालतिर यसको नामाकरण भएको भनाइ छ ।

तस्विर : सूर्यबहादुर थापा

गुफाको भित्रि भागमा पुगेपछी गुफा दुई भागमा बाडिएको पाइन्छ । गुफा भित्र हात्तिको सुड, गाईका स्तनहरु, शिवलिङ्ग, नाग आदि आकृत्तिहरु रहेको देख्न सकिन्छ । यो गुफा स्थानिय व्यक्तिहरुले गाईवस्तु चराउने क्रममा पत्ता लागेको भन्ने भनाई रहेको छ । गुफाको नामाकरण सम्बन्धमा जनकवि केशरी धर्मराज थापाको भनाईमा तत्कालिन राजा महेन्द्र यस गुफाभित्र पुगेपछि यसको नाम सोधेको र आफैले गुफाभित्र पसि अवलोकन गरेपछि आजदेखी यसको नाम महेन्द्र गुफा भयो भनि नामाकरण गरिएको हो । यस आकर्षक गुफाको कुल लम्वाई १२५ मिटर रहेको छ भने यस गुफामा वार्षिक करिव १ लाख स्वदेशी तथा विदेशी पर्यटकहरु अवलोकन गर्दछन् ।

४.चमेरे गुफा
पोखरामा रहेको अर्काे महत्वपुर्ण गुफा चमेरे गुफा हो । पोेखरा महानगरपालिका स्थित बाटुलेचौरमा महेन्द्र गुफा भन्दा केहि पश्चिमपट्टी यो गुफा रहेको छ । गुफाको बनोट चुनढुङ्गाबाट बनेको र यस गुफा भित्र विभिन्न आकारका मुर्ति, शिवलिङ, श्रीपेच, गणेश आदि चित्राकृतहरु देख्न पाइन्छ । गुफाभित्र दशहजार चमेराहरु रहेका छन् र गुफाको एउटा प्वालबाट पसेर अर्काे प्वालबाट निस्कन सकिन्छ ।

५.गुप्तेश्वर गुफा
यो प्रसिद्घ गुफा कास्की जिल्लाको पोेखरा महानगरपालिका १७ स्थित छोरेपाटनमा पर्दछ । यो पोखरा केन्द्रबाट केहि दक्षिण पश्चिममा सिद्धार्थ राजमार्गको छेवैमा पर्दछ । पोखराको प्रसिद्घ पाताले छाँगो देखी दक्षिणपट्टी रहेको छ । यस गुफाको बारेमा व्रिटिश कार्श रिसर्च सेन्टरले समेत सन् १९७०, १९८०, र १९८२ मा अनुसन्धान गरी तथ्यहरु प्रकाशनमा ल्याएको देखिन्छ । स्थानिय वासिन्दाहरुले नै गुफा पत्ता लगाएको मानिन्छ । गुफाको प्रवेशद्घार देखि करिव ४०० फिट सुरुङ भित्र प्राकृतिक आश्चर्यको रुपमा शिव, पार्वती, नाग, गणेश, मुसा सहितको शीलामूर्ती प्रतिस्थापन गरिएको छ । यस शीलामूर्ती देखी ३०० फीट तल सुरुङ मार्ग हुंदै पाताले छाँगोको पिंध भागमा पुगेर मनमोहक दृश्यहरु देख्न सकिन्छ ।

तस्विर : सूर्यबहादुर थापा


यस गुफा भित्र हालै कृतिम कामधेनु गाई र गोठको निर्माण गरी गाईको दुध र गहुँत लिन सकिने नौलो व्यवस्था गरिएको छ । स्थानिय गुफा व्यवस्थापन समितिले यसलाई वात्सायन महर्षिले तप गरेको पुण्य भूमिको रुपमा विकास गरेको पाइन्छ । भक्तजनहरुले यहाँ आई आफ्नो नित्य पूजा आराधनाको लागि गाईको दुध तथा गहुँत प्राप्त गर्न सक्दछन् ।

६.विन्धवासिनी मन्दिर
यो प्रसिद्घ शक्तिपिठ कास्की जिल्लाकै एक महत्वपुर्ण र आकर्षक पर्यटकीय स्थलको रुपमा रहेको छ । यस मन्दिर स्थलबाट उत्तरतर्फका हिमालयहरुको मनोरम दृश्यावलोकन गर्न सकिन्छ ।

तस्विर : सूर्यबहादुर थापा


मन्दिरको उत्पत्ति सम्वन्धमा पनि रोचक प्रसंग रहेको डा.दिलबहादुर क्षेत्रीले आफ्नो पुस्तक “शिद्घ शक्तिपीठ श्री विन्ध्यवासिनी मन्दिरको तथा पोखराको केहि मठ मन्दिरहरु संक्षित परिचय”मा उल्लेख गरेको पाइन्छ । विन्ध्यवासिनी मन्दिरको उत्पत्ति तत्कालीन राजा खड्गवम मल्लले विन्ध्यवासिनीको चैतन्य मूर्तिलाई भारतबाट लिई नेपाल आउने (पांगा जाने) क्रममा पोखरामा वास वस्दा देवीले दिव्य दर्शन दिई “मलाई यो ठाउँ पवित्र लाग्यो,मलाई पाँगा नलगे हुन्छ ” भनेको हुनाले सो मूर्ति पोखरामा स्थापना भएको भन्ने एकथरीको भनाई रहेको छ भने अर्को भनाई अनुसार पोखरा उपत्यका पहिला पानीको तलाउ थियो । त्यसै तलाउ बिच यस ठाउँ एक ढिस्को अर्थात विन्दुको रुपमा रहेको र यो अग्लो स्थान जहाँबाट माछापुच्छ्रे , अन्नपुर्ण जस्ता हिमालहरु र अन्य मनोरम ठाउँहरुको दृश्यावलोकन समेत गर्न सकिने भएको हुंदा यसै विन्दुमा दुर्गा भगवती देवीको स्थापन गरीएको र अन्ततः यसै विन्दुमा वास गराइएकी देवीलाई विन्ध्यवासिनी भनी सम्वोधन गर्दै आएको हुनाले यस मन्दिरको नाम विन्ध्यवासिनी रहेको हो ।
यस मन्दिर परिसरमा राधाकृष्ण मन्दिर तथा शिव पार्वती मन्दिर समेत निर्माण गरिएको पाइन्छ । प्रत्येक बर्ष विजया दशमी तथा चैते दशैमा यस मन्दिरमा विशेष पूजा गरिन्छ । यस मन्दिरको निर्माण ढुंगाको गारोमा वज्रलेपन गरी वनाईएको र गुम्वज शैलिमा बनेको देखिन्छ । पोखराको पुरानो धार्मिक क्षेत्र र शक्तिपीठको रुपमा यस मन्दिरलाई मानिदै आएको छ ।

७. धर्मशीला वुद्घ विहार

कास्की जिल्लाको पोखरा महानगरपालिकाको वडा नं. ३ नदिपुरमा यो वुद्घविहार रहेको छ । पोखरा उपत्यकामा अवस्थित यो वुद्घविहारले अनेकौ किसिमका विशेषता र पहिचान कायम गर्दै आएको पाइन्छ । पोखरा नदिपुर स्थित १ रोपनी ३ आना पाखो जग्गा र सो जग्गाको २८९ वर्ग मी. क्षेत्रफलमा यस वुद्घविहार निर्माण गरिएको पाइन्छ । यस विहारभित्र एउटा चौका चिनी त्यसमाथी वुद्घको ढलौटको दाहिने हातले जमिन स्पर्श गरेको पद्माशनमा बसेको प्रतिमा राखिएको छ भने उक्त प्रतिमाको दायाँवायाँ सारिपुत्र तथा मौदगल्यानका ढलौटकै प्रतिमा (मूर्तिहरु) दुवैहात जोडी नमस्कार गरेको अवस्थामा उभ्याई राखेका छन् । उक्त मूर्तिहरु वि.सं. २०४० सालमा थाइल्याण्डका भिक्षु श्री सोमछाई प्रेमसुक र उहाँको थाई उपासिकाको सौजन्यबाट प्राप्त भएको बताइन्छ । थाइल्याण्डमै निर्मित उक्त ढलौटको मूर्तिहरुले विहारलाई शोभायमान बनाएको छ भने यो विहार धार्मिक पर्यटकीय स्थल समेत बन्न सफल भएको पाईन्छ ।

८. विश्वशान्ति स्तुपा

यो स्तुपा कास्की जिल्लाको रमणीय गा.वि.स. पुम्दीभुम्दीको अनदुडाँडामा अवस्थित छ । यस स्तुपामा पुग्न पोखराको मुख्य बजार महेन्द्रपुलबाट करिव ७ कि.मी पश्चिम—दक्षिण जानु पर्दछ । स्तुपामा जाने विभिन्न बाटोहरु भएतापनि छोरेपाटन डेभिडफल बाट करिव १ घण्टा उकालो चढेर स्तुपा क्षेत्र पुग्न सकिन्छ । उच्च स्थान र शान्त वातावरणमा रहेको हुनाले यस स्तुपाको पर्यटकीय महत्व अत्यन्तै ठूलो रहेको पाइन्छ ।

तस्विर : सूर्यबहादुर थापा

फेवातालको दक्षिण पश्चिमको रमणिय उच्च स्थानमा अवस्थित यस स्तुपाबाट उत्तरतर्फ फैलिएको लामो हिमश्रृङखला स्पष्ट देख्न सकिन्छ । धार्मिक दृष्टिले पनि यो त्यति नै महत्वपुर्ण रहेको छ । विषेशतः यो स्तुपा वौद्ध अनुयायीहरुका लागि पुजनिय तथा दर्शिनय स्थल मानिन्छ । यस स्तुपा अन्य स्तुपाहरु भैm स्वयम् भगवान वुद्घका अस्थिधातु राखी वनाईएको र यसको चारैतिर वुद्ध भगवानका मूर्तिहरु राखिएका छन् । यस स्तुपाको निर्माण सम्वन्धमा निप्पोन जान न्याहोनिका भिक्षु निचिदाप्सु फुजीले संसार भर विश्व शान्तिका स्तुपाहरु निर्माण गरी आणविक तथा परमाणु हातहतियारको विरोध गर्दै हिड्ने सन्दर्भमा कास्की जिल्लाको यस स्थानमा शान्ति स्तुपा निर्माण गरिएको हो । यस स्थलमा हाल देश तथा विदेशबाट हजारौंको संख्यामा बौद्धमार्गीहरु लगायत अन्य पर्यटकहरु आउने गरेका छन् । पोखरामा रहेका विभिन्न पर्यटकिय स्थलहरु मध्ये विश्वशान्ति स्तुपालाई विशेष पर्यटकिय स्थल मानिन्छ ।

९. हरिहर गुफा

पर्यटकीय नगरी पोखराको पूर्वाेत्तर अन्नपुर्ण श्रृङखलाको काखमा अवस्थित यो गुफा कास्की जिल्लाको भलाममा पर्दछ । हरिहर गुफाको नामाकरण सम्वन्धमा स्वामी धर्मानन्द सरस्वतीका अनुसार “परापूर्वकालमा नेपालमा शिवमार्गीहरु र विष्णुमार्गीहरु विच मनमुटाव रहेको अवस्थालाई मध्यनजर गरी धार्मिक सहिष्णुता तथा समन्वयात्मक भावना सृजना गर्ने उदेश्यले यस स्थानमा गुरु दिगम्वरको राय सल्लाह अनुसार आवल व्रम्हचारी अमर गिरीले शिव तथा विष्णुको संयुक्त मुर्ति बनाई स्थापना गर्नु भएको हो । हरी भनेको विष्णु र हर भनेको शिव वुझाउने अर्थमा यस गुफाको नाम हरिहर गुफा राखिएको हो ।” उच्च स्थानमा रहेकाले पोखरा उपत्यका एंव विभिन्न हिमश्रृङखला,हरियो डाँडा देखिने एकान्त र शान्त स्थान भएका कारणले पनि आन्तरीक तथा वाह्य पर्यटकहरुको लागी महत्वपूर्ण पर्यटकीय स्थलको रुपमा रहेको पाइन्छ ।

१०. तालवाराही मन्दिर

तस्विर : सूर्यबहादुर थापा

कास्की जिल्लाको पोखरामा रहेको सुन्दर फेवातालको विचमा यो मन्दिर रहेको छ । मन्दिरको उत्पत्ति सम्वन्धमा वडो रोचक किम्वदन्ती रहेको छ । वाराहीदेवी पहिले तालको सिरानको विच थुम्कोमा अवस्थित भएको र पछि ताल पुरिदै आएकोले आफुलाई पानीमै रहन रुचाउने भएकाले तत्कालिन कास्कीका राजा कुलमण्डन शाहलाई सपनामा आफुलाई तालको विचमा स्थापित गराई सेवा गर्नु भनेकाले यिनको मन्दिर तालको विचमा वनाइएको किम्वदन्ती रहेको पाइन्छ । प्राकृतिक सुन्दरताले भरिपुर्ण मनोरम फेवातालको विचमा रहेको कारण पनि यस मन्दिरको ठूलो पर्यटकीय महत्व रहेको छ । आन्तरिक तथा वाह्य सवै पर्यटकले पोखराको दर्शन गर्ने स्थलहरु मध्येको एक स्थल हो । त्यसो त देविको मन्दिर भएको कारण यस स्थलको धार्मिक महत्व पनि उत्तिकै पाइन्छ । काष्ठकलाको वैशिष्ठताले भरिपुर्ण यस मन्दिर प्यागोडा शैलिमा निर्माण भएको छ । यस मन्दिर दर्शन गर्न स्वदेशी तथा विदेशीको भिड लाग्छ । मन्दिरमा जान आउन डुङ्गाको प्रयोग हुनेहुंदा मन्दिरको महत्व र आकर्षण झन थपिएको पाइन्छ ।

११. सेदीगाँउ

तस्विर : सूर्यबहादुर थापा

पाेखराकाे हल्लनचाेक देखी करिव ३ किमि पश्चिममा पर्दछ सेदीगाँउ । फेवातालकाे किनाराकाे मनाेरम दृश्यसँगै राताेमाटे, छहदी डाँडा, चिप्लेटी हाइट लगाएतकाे स्थानबाट फेवाताल र लेकसाइडकाे मनाेरम दृश्य देख्न सकिन्छ । याे सेदी गाँउबाट सराङ्काेट पुग्नका लागि उत्कृष्ट पैदलमार्ग पनि रहेकाे छ । यहाँबाट सराङकाेट सम्म पुग्नका लागि केवलकारकाे पनि निर्माण भइरहेकाे छ । फेवातालका स्थानिय माछाका परिकारकाे स्वाद र लेकसाइडकाे सध्याकालिन र रात्रिकालिन दृश्यका लागि याे स्थान उत्कृष्ट रहेकाे छ ।

१२. पामे

फेवातालको किनारै किनारकाे सडक हुँदै पामे पुग्न सकिन्छ । फेवातालको शिरान अर्थात फेवातालमा जम्माहुने पानीको मुहान हर्पन खोला जाने वाटो छ । पामे पुलबाट केही माथिल्लाे उच्च भागमा निर्भाने भन्ने स्थान रहेकाे छ । यस स्थानबाट फेवाताल र पामे फाँट देख्न सकिन्छ । यो पामे जाने वाटो सेदीगाँउ बाट एक घुम्ती माेडिएपछी खपौदी पुगीन्छ । यस खपौदीवाट फेवाताल सुरुहुन्छ । खपौदीमा माछाको परिकार त्यसमा पनि फेवातालको स्थानिय जातको माछाको परिकारको लागि प्रशिद्ध छ । यस क्षेत्रमा आउन जानको लागि पैदल, साइकल, मोटरसाइकल, तथा अन्य सवारीसाधनको प्रयोग गर्न सकिन्छ ।

१३. भद्रकाली मन्दिर

पोखरा उपत्यकाको पूर्वी भाग कुँडहरमा अवस्थित यो मन्दिर एउटा सानो डाँडा माथी मुडुलो थुम्को भन्ने स्थानमा रहेको छ । मन्दिरकै परिसरमा गणेशको मन्दिर समेत रहेको छ । धार्मिक तथा पर्यटकिय दृष्टिले यि मन्दिरहरु पोखराकै शोभा वन्न पुगेका छन् । माछापुच्छे, धवलागिरी तथा अन्नपुर्ण हिमालहरु तथा पोखरा आसपासका क्षेत्र समेत यहाँबाट दृश्यावलोकन गर्न सकिन्छ ।

१४. सराङकोट

तस्विर : सूर्यबहादुर थापा

पोखरा बजारबाट उत्तरपश्चिम अवस्थित सराङकोट समुन्द्रसतहबाट १५९२ मिटरको उचाईमा रहेको छ । यो रमणिय दृश्यावलोकनका लागि प्रख्यात क्षेत्र हो । पोखरा आउने पर्यटकहरुका लागी यो स्थान ज्यादै महत्वपुर्ण मानिन्छ । शहरको छोटो दुरीमा भैकन पनि यहाँबाट सुर्योदय तथा सुर्यास्तको अनुपम दृश्य, उत्तरपट्टीमा हिमालहरुको मनमोहक दृश्य र नजिकैको फेवाताल लगायत पोखराका दृश्य समेत ज्यादै राम्रो संग अवलोकन गर्न सकिन्छ । दृश्यावलोकनको लागी यहाँ एउटा भ्यु–टावरको समेत निर्माण गरिएको छ । त्यसो त यस ठाउँबाट आजभोली प्याराग्लाईडिङ गर्ने पर्यटकहरुको पनि घुँइचो नै लाग्ने गर्दछ । पोखराको सेदी गाँउदेखी यस स्थान सम्म आउनका लागि केवलकारको निर्माण पनि भइरहेको छ । पोखराको सवै शहरी दृश्य र हिमालको दृश्य एकै चोटी देख्न सकिने भएकाले यसको विशेष महत्व छ । सुर्योदय हेर्नका लागि पर्यटकहरु यस चुचुरोमा विहानै आउने गर्दछन् ।

१५. सेती नदी

पर्यटकीय दृष्टिले ज्यादै महत्व वोकेको यस सेती नदीको प्राकृतिक वहाव पनि विचित्रको एंव रहष्यमय देखिन्छ । उद्गम स्थल माछापुच्छे्र हिमाल रहेको यस नदि पोखराको बगरस्थित के आई सिंह पुलनेर आई भासिएर भित्रभित्रै बग्दछ, केहि तल पृथ्वीनारायण क्याम्पस नजिक वाहिर निस्किएर वगेको देखिन्छ भने नदिपुर बाट पुनः पाताल प्रवेश गरी रामघाटमा पुनः देखिन्छ । रामघाटबाट भूमिगत भई नदी ढुङ्गेसाँगु नजिक पुगी दक्षिणतर्फ लागेको देखिन्छ । करिव २०० फिट भन्दा गहिरो खोंच वनाई वगेको यो नदी पर्यटकहरुको साथसाथै अनुसन्धान कर्ताको लागी पनि महत्वको रहेको छ । त्यसो त हाल यस नदीको माथिल्लो खण्ड (अपरसेती ) मा जलयात्रा पर्यटन समेत संचालनमा आएको छ । सेतीनदी प्राकृतिक , धार्मिक तथा आध्यात्मिक दृष्टिकोणले धैरै महत्वपूर्ण रहेको छ । यस नदीमा भक्तजनहरु हरेक चाडपर्वहरुका दिन गंगास्नान गर्ने गर्दछन् । बाहिरी सतहमा मात्र नभै जमिनमुनीको गल्छीहरुमा समेत बग्ने नदी भएको कारण यसले शहरलाई थप आकर्षित बनाएको छ ।

१६. वेगनास ताल

कास्की जिल्ला , लेखनाथमा रहेको सवै भन्दा ठूलो तालको रुपमा रहेको यस तालको क्षेत्रफल ३.७३ वर्ग कि.मी रहेको छ । करिव ७.५ देखी १०.६ मिटरसम्मको यस तालको गहिराई रहेको पाइन्छ । शुरुमा २२० हेक्टर क्षेत्रफल भएको यो ताल वि.सं. २०४४ मा वाँध वाधेपछि १५३ हेक्टर क्षेत्रफल वृद्धिभई ३७३ हेक्टर पुगेको हो ।

तस्विर : सूर्यबहादुर थापा


प्राकृतिक जलाशयभित्र मत्स्य भूरा उत्पादन केन्द्र रहेको यो ताल पनि कास्कीको प्रमुख पर्यटकीय स्थल अन्र्तगत पर्दछ । अन्नपुर्ण तथा माछापुच्छे्रको मनोरम दृश्य तालको किनारबाट प्रष्टसंग देख्न पाइन्छ ।
तालको नामाकरण सम्वन्धमा पौराणिक कथन अनुसार सत्य युगमा ऋषिमुनीहरुले एक तलाउको निकटमा सोमयाग महायज्ञ गरी वौद्धिक एवं देवताहरुलाई अमृतपान र हवन गर्न लाग्दा यस बैदिक कार्यबाट अत्तालिएर शंखासुर नामक दैत्यको महायज्ञमा विघ्न पु¥याउन यज्ञस्थलबाट वेद र आफनो रक्षाको लागी भगवानको शरण परेका र भगवानले यस्तो थाहा पाई हराएको वेद खोजी गर्न मत्स्य अवतार धारण गरी शंखासुर वेद नाशगर्न तलाउमा पसी शंखासुरको वध गरी वेद खोजेर ल्याउने कार्य गरी वेदको रक्षा गर्ने काम भयो । यसरी वेदनाश गर्न खोजिएको तलाउ भएकाले वेदनाथ तलाउ (ताल) भन्न थाले जून पछिगएर वेगनास ताल भएको पाइन्छ । वेगनास ताल घुमघाम गर्नेहरुका लागि, डुङ्गामा आनन्द लिनका लागि , माछाका पारखीहरुका लागि निकैनै प्रख्यात रहेको छ । तालको आकर्षणले गर्दा यस ताल वरपर धेरैनै होटल, रिसोर्ट , लज , रेष्टुरेण्ट आदी खुलिसकेका छन् । त्यसैले यो ताल पोखरा उपत्यकाको प्रमुख पर्यटकीय आकर्षणको केन्द्र वनेको छ ।

१७. रुपा ताल

कास्की जिल्लाको लेखनाथमा रहेको यस तालको क्षेत्रफल १.१५ वर्ग कि.मी रहेको छ । ४.५ मिटर देखि ६ मिटर सम्म गहिराई भएको यो ताल पनि ज्यादै मनमोहक रहेको पाइन्छ । यस तालको नामाकरण सम्वन्धमा श्राप पाएका कारण सुकन्या नाम गरेका एकजना राजकुमारीले वृद्ध अन्ध ऋषिको सेवा गरी वसेको देखेर स्वर्गका वैद्दा अश्विनी कुमारले युवती सुकन्याको उद्धार गरिदिने सोचेर च्यवन ऋषिको शरीर तरुण वनाइदिने भनी ऋषि सहित अश्विनी कुमार तरुण रुप धारण गराउन यसै तपोस्थल तलाउमा पसे । तलाउमा स्थान गरेर बाहिर निस्कदा ऋषिको रुप धपधप् वलेको युवकको रुपमा परिष्कृत भयो । यसरी च्यवन ऋषिको रुप प्रादुर्भाव भएको तलाउलाई रुप तलाउ भन्दै जादाँ अपभ्रंस भई रुपाताल भनिन थालेको किम्वदन्ती रहेको छ । यस ताल छेउमा वनाइएको च्यवन आश्रमको च्यवन कुण्डको नियमित स्नान गर्नाले विभिन्न किसिमका नेत्ररोगहरु निदान हुने विश्वास गरिन्छ ।

१८. क्षेत्रिय संग्रहालय

पश्चिमाञ्चल विकास क्षेत्रको जनजीवन, सामाजिक तथा साँस्कृतिक रहन सहन र भेषभूषासंग सम्वन्धित विविध पक्षहरुको चित्रण गर्ने किसिमका सामाग्रीहरु संकलन गरी संग्रहालयको संचालन वि.सं. २०४१ माघ २३ गते गरिएको हो । साँस्कृतिक, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पुरातत्व विभाग अन्र्तगत यो संग्रहालय संचालित छ । यो संग्रहालय पोखरा महानगरपालिका वडा.नं. ९ नयाँवजारमा अवस्थित रहेको छ ।

१९. अन्र्तराष्ट्रिय पर्वतीय संग्रहालय

पोखरा महानगरपालिकाको रातोपैह्रो भन्ने स्थानमा यो संग्रहालय पर्यटन मन्त्रालयको सहयोगमा स्थापना गरिएको हो । यो संग्रहालयको उद्घाटन वि.सं. २०६० साल माघ २२ गते गरिएको हो । संसारका अग्ला पर्वतहरु तथा यसमा आरोहण गर्ने साहासी आरोहीहरुको ऐतिहासिक तथ्यहरु र यी पर्वतहरुको सेरोफेरोमा वसोवास गर्ने मानिसहरुको संस्कार, संस्कृति, भौगोलिक संरचना, वनस्पती तथा जिवजन्तु र अन्य क्रियाकलापहरु समेतको यथार्थसंग संग्रहालयको माध्यमवाट स्वदेशी एंव विदेशी अवलोकनकर्तालाई जानकारी दिने उद्धेश्यले स्थापना गरिएको यस संग्रहालयमा मुख्य ४ वटा प्रदर्शनी कक्षहरुको व्यवस्था गरिएको छ । विश्वकै पर्वतीय जनजीवन झल्काउने पर्वतीय मानकक्ष, अन्र्तराष्ट्रिय पर्वतश्रंखला सम्वन्धी विविध जानकारी दिने पवतिय कक्ष, पर्वतीय क्षेत्रमा हुने विविध गतिविधी झल्काउने पर्वतीय क्रियाकलाप कक्ष र सहयोगी तथा समसामयिक कक्ष साथै यस संग्रहालयमा चढ्न योग्य करिव ३१ फिट अग्लो मनास्लु मोडेलको नमुना पर्वत , प्राकृतिक तथा मनोरम भू–धरातल, नेपाली नमुना गाउँघर आदिले व्यवस्थित गरिएको यो संग्रहालय पनि एउटा अनुपम पर्यटकीय स्थल हुन पुगेको छ ।

२०. गोर्खा स्मृति संग्रहालय(गोर्खा मेमोरियल म्युजियम)

गोर्खा सैनिकमा भर्ती भई उनिहरुले विश्वमा देखाएको वहादुरी भल्कने र सो संग सम्वन्धित वस्तुहरु राखेर यो संग्रहालय संचालन गरिएको छ । पोखरा महानगरपालिका लामाचौरको सिमाना स्थित के आई सिंह पुल नजिकै यो संग्रहालय रहेको छ । यस संग्रहालय भित्र गोर्खाली सेनाहरुको ईतिहाँस , उनीहरुले प्रयोग गरेका विविध वस्तुहरु, गोर्खाली सेनाहरुले प्राप्त गरेका उपलब्धिहरु संग्रहित गरिएको छ । त्यसैले यस संग्रहालयले विद्यार्थीहरु लगायत स्वदेशी तथा विदेशी पर्यटकहरुलाई मनोरन्जनका साथसाथै विभिन्न ज्ञान र जानकारी समेत दिन्छ ।

२१. पुतली संग्रहालय (वटरफ्लाई म्युजियम)

पोखरा स्थित पृथ्वीनारायण क्याम्पसको हाताभित्र रहेको यो संग्रहालय पुतली संकलनमा नेपालकै पहिलो दर्जाको संग्रहालय हो । यस संग्रहालयमा ५०० भन्दा बढी किसिमका पुतलीहरुका प्रजाती रहेका छन् । यो संग्रहालय पुतली सम्वन्धमा रुचि राख्ने अनुसन्धानकर्ताहरु एंव अन्य पर्यटकहरुको लागी पनि आकर्षक स्थल वनेको पाइन्छ ।

२२. माछापुच्छे्र हिमाल

कास्की जिल्लाको पोखरा बजारवाटै दृश्यावलोकन गर्न सकिने सुन्दर माछापुच्छे्र हिमाल कास्कीको एउटा अत्यन्त महत्वपुर्ण पर्यटकीय स्थल हो । करिव ६९९७ मिटर उचाईमा रहेको यस सुन्दर हिमालको हालसम्म आरोहणमा प्रतिवन्ध लगाईको हुँदा यस हिमाललाई कुमारी हिमाल (भर्जिन माउन्टेन) पनि भन्ने गरिन्छ । सुन्दर माछापुच्छे्र हिमाल प्रष्टसंग खुल्दा पोखराबाट हिमालमा प्रष्ट रुपले वाघाकृति पनि देख्न सकिन्छ । पोखरा बजारछेउको रमणीय तालको सङलो पानीमा पनि यस हिमालको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । नेपालको प्रमुख पर्यटकीय नगरी पोखरा बजारबाटै दृश्यावलोकन गर्न सकिने , आधार शिविरसम्म पुग्न पनि छोटो दुरी रहेको, हालसम्म कुमारित्व भंग नभएको ,सुन्दर र मनमोहक भएको कारणले गर्दा यसको महत्व दिन प्रतिदिन बढ्दो छ भने यो हिमाल पोखराको क्षेत्रको प्रमुख आकर्षणको केन्द्र बन्दै गएको पाइन्छ ।

२३. इन्द्र गुफा

कास्की जिल्लाको हंसपुरको माथिल्लो टापुमा यो इन्द्र गुफा अवस्थित छ । स्याकलुङकोट देखि करिव २.५ कि.मी पूर्वमा रहेको गुफाको उचित व्यवस्थापन भई नसकेतापनि गुफाको लम्वाई मादी नदीसम्म पुगेको स्थानीय बासिन्दाको अनुमान रहेको छ । यस गुफामा वर्षको एक पटक चैत्र÷बैशाख महिनामा पूजा गरी खिर र रोटी चढाउने र पूजा सिद्धिएपछि हरहर महादेव भन्दै घरघरबाट भाँडोमा पानी ल्याई एकआपसमा छ्यापाछ्याप गरिने र पानीले छ्याप्दा कोही रिसाउन नपाइने प्रचलन रहेको छ ।

२४. खारपानी तातोपानी

कास्की जिल्लाको सार्दिखोलामा सेति नदिको किनारमा रहेको तातोपानी खारपानीको नाउँले प्रसिद्ध छ । जहाँ आई नुहाउनाले विभिन्न रोगहरु निको हुने जनविश्वास रहेको पाइन्छ । यहाँ प्रत्येक वर्ष माघे संक्रान्तिमा मेला लाग्ने गर्दछ भने पर्यटकहरुको लागी क्याम्पिङ साइटको समेत व्यवस्था रहेको छ ।

२५. कृष्ती (मट्टीखान)

कास्की जिल्लाको दक्षिण भेगमा अवस्थित भरतपोखरी, निर्मलपोखरी तथा कृष्ती नाच्नेचौरका विभिन्न स्थानहरु समेत पर्यटकीय दृष्टिले महत्वपुर्ण रहेको पाइन्छ । यो क्षेत्रमा खासगरी निर्मलपोखरीमा झिमलथुम, फोगसिंह डाँडा, काहुले डाँडा, कोत डाँडा र डाँडाको पोखरी, शिव मन्दिर, गणेश स्थान , कोतभैरव मन्दिर, जलकन्यादेवी मन्दिर , शिव मन्दिर , जलदेवी मन्दिर , गोपेश्वर शिव मन्दिर आदि दर्शनीय मनोरम स्थलहरु रहेको पाइन्छ । यसै गरी कृष्ती नाच्नेचौर गा.वि.स. को मट्टीखान क्षेत्रलाई पनि पर्यटकिय स्थलको रुपमा विकास गर्न लागिएको छ । यस मट्टीखान क्षेत्रबाट उत्तरतर्फका मनोरम हिमालहरु वरपरका करिव ९ जिल्लाका केहि भू–भागहरु , पोखरा उपत्यका आदि प्रष्टसंग देख्न सकिन्छ । समुन्द्र सतहबाट करिव १५४३ मिटरको उचाईमा रहेको मनोरम मट्टीखान क्षेत्र प्याराग्लाईडिङको लागी समेत उपयुक्त मानिन्छ ।

२६. पुम्दीभुम्दी

पर्यटकीय क्षेत्र कास्की जिल्लाको पश्चिमपट्टी रहेको पुम्दीभुम्दी विभिन्न पर्यटकीय स्थलहरुको कारणले यस क्षेत्रमा पनि पर्यटकहरुको निकै गतिविधिहरु देख्न सकिन्छ । विशेष गरी यस क्षेत्र मा पर्ने पोखरा भ्यू–प्वाईन्ट (सिदार्थ राजमार्ग) माछापुच्छे्र भ्यू–प्वाईन्ट यहाँका पर्यटकीय आकर्षणका केन्द्रहरु हुन् ।

२७. स्याकलुंकोट

कास्की जिल्लाको हंसपुरमा रहेको स्याकलुंकोट समुद्र सतहदेखी १४२० मिटरको उचाईमा रहेको चुचुरो हो । यसको वरिपरि रङ्गी विरङ्गी गुराँसले सिंगारिएको छ भने उत्तरतर्फ नजिकै माछापुच्छे्र हिमाल र अन्नपुर्ण हिमश्रृंखला , पूर्वतर्फ सुन्दर मादी नदिको दृश्य , दक्षिणतर्फ महाभारत र चुरे श्रृंखला एवं पश्चिमतर्फ रुपा वेगनास उपत्यकाको दृश्य देख्न सकिन्छ । पर्यटकीय दृष्टिले महत्वपुर्ण रहेको यस ठाउँमा सन् १९८० मा वेलायतका राजकुमार चाल्र्स पनि पुगेका थिए । पर्यटकीय भ्यू–टावरको निर्माण भएको छ ।

२८. घान्द्रुक

घान्दु्रक कास्की जिल्लामा रहेको एउटा रमणीय पर्यटकीय गाउँ हो । अन्नपुर्ण र माछापुच्छे्र आधार शिविर जाने बाटोमा पर्ने घान्दु्रक गुरुङहरुको वस्ती हो । घान्द्रुकलाई ढुङ्गेनी गाउंपनि भनेर चिनिन्छ । यो गाउं नेपालको सुविधा सम्पन्न गाउं हो जहाँ प्रशस्तमात्रामा होटल , लज , रिसोर्टहरु रहेका छन् । पोखराबाट नयाँपुलसम्म मोटरमा गई नयाँपुलबाट वीरेठाँटी हुदै करिव ६ घण्टाका पदयात्रापछि पुगिने यस रमणीय गाउँको वस्ती, रहन सहन, प्राकृतिक सौन्दर्यता, आदिले गर्दा विदेशमा यस गाउँको ठूलो प्रसिद्धि रहेको छ । हाल यस गाउंमा पुग्न यातायातको सुविधाले गर्दा सजिलो पनि छ । समुन्द्र सतहबाट झन्डै १९०० मिटरको उचाईमा रहेको घान्दु्रक नेपालमा ग्रामीण पर्यटनको नमुनाको केन्द्र पनि हो ।

२९. धम्पुस तथा लान्द्रुक

कास्की जिल्लामा पर्ने धम्पुस तथा लान्दु्रक पनि रमणीय ग्रामीण वस्ती हो । सूर्योदय, हिमाली दृश्य आदि अवलोकनका लागी यि अनुपम स्थलहरु पनि हुन् । धम्पुस जानको लागी पोखराबाट फेदीसम्म गाडीमा गई फेदीबाट करिव २ घण्टामा धम्पुस तथा करिव ५ घण्टामा लान्दु्रक पुग्न सकिन्छ भने सिधै धम्पुस सम्मनै गाडीमा जानपनि सकिन्छ । यि दुबै माछापुच्छे् तथा अन्नपुर्ण आधार शिविरतर्फ जाने पदयात्रा मार्गहरुमा पर्ने रमणीय स्थलहरु हुन् त्यसैले दुवैगाउं पर्यटकहरुका लागि सुविधा सम्पन्न रहेका छन् ।

३०. पञ्चासे क्षेत्र

पञ्चासे क्षेत्र पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत गण्डकी र धवलागिरी अञ्चलको सिमानामा पर्दछ । पञ्चासे क्षेत्र उक्त दुबै अञ्चलभित्र पर्ने स्याङजा , कास्की र पर्वत जिल्लाको त्रिकोणात्मक संगमस्थलको रुपमा रहेको पाइन्छ । समुन्द्र सतहबाट करिव ७८४ देखी २५०९ मिटर उचाईमा रहेको पञ्चासेको पूर्व तथा उत्तरमा कास्कीको भदौरेतामागी, दक्षिणमा पर्वतको आर्थर, पश्चिममा पर्वतको चित्रे, पश्चिममा पर्वतको राम्जादेउराली, दक्षिणमा स्याङजाको वाङसिङहरु पर्दछन् । यस्तै स्याङजाको वाँगेफडके र कास्कीको सल्यान , ढिकुरपोखरी पनि पञ्चासेसंग प्रत्यक्ष सम्वन्धित देखिन्छ ।
यस पञ्चासेको लेकबाट धवलागिरी, माछापुच्छे्र , अन्नपुर्ण र मनास्लु हिमश्रृंखलाहरुको अनुपम दृश्यावलोकन गर्न सकिनुका साथै यहाँबाट स्याङ्जा सदरमुकाम, पर्वत जिल्ला सदरमुकाम, बागलुङ्ग सदरमुकाम, कास्की सदरमुकाम र फेवाताल, म्याग्दीका धेरै भागहरु समेत एउटै स्थानमा उभिएर देख्न सकिन्छ । त्यसो त यो क्षेत्र ज्यादै मनोरम छ ।
संसारमै दुर्लभ प्रजातिका लालीगुँरास, सुनाखरी आदि यहाँका मौलिक विशेषताहरु हुन् । धार्मिक दृष्टिले समेत श्रवणकुमारसँग यसको चिनारी जोडिएको भनाई रहेको पाइन्छ ।
पञ्चासेको लेकमा जानको लागि ३ वटै जिल्लाबाट विभिन्न बाटोहरु प्रयोग गर्न सकिन्छ । पोखरा बसपार्कबाट २९ कि.मी. को सवारी यात्रापछि काँडेबजारमा ओर्लेर करीब ३।४ घण्टाको पैदलबाट भदौरेतामागी, सल्यान गा.वि.स. हुँदै पञ्चासे पुग्न सकिन्छ । पर्वत सदरमुकाम कुश्माबजारबाट करीब १५ कि.मी. को बसयात्रापछि डिमुवामा आई करीब ३।४ घण्टाको पैदलयात्राबाट तिलाहार राम्जादेउराली, चित्रे हुँदै पनि पञ्चासे जान सकिन्छ । स्याङ्जाबाट — स्याङ्जा सदरमुकामबाट ९ कि.मी. पक्की सडक तथा जुग्ले बजारसम्मको १० कि.मी. कच्ची सडकमा बसयात्रापछि करीब ५।६ घण्टाको पैदलबाट बाङसिङ हुँदै पञ्चासे पुग्न सकिन्छ । त्यसैगरी सिद्धार्थ राजमार्गको खड्केटारी एवम् फेदिखोलाबाट पनि पञ्चासे जाने पैदल मार्गहरु भेटिन्छ । लेकसाईडको हल्लनचोकबाट बसयात्रा गरी सेदीगाँउ, खपौंदी, चंखपुर, पामे, घाँटछिना हुंदै भञ्ज्याङ्ग पुग्न सकिन्छ । यसरी जाँदा बढिमा २ घण्टा पैदल हिड्नु पर्ने हुन्छ ।

३१ माटेपानी गुम्वा

पोखारा वजारको पश्चिम तर्फ माटेपानीमा भद्रकाली मन्दिरको ठिक सामुन्नेको डाडाँमा रहेकाे छ वौद्ध गुम्वा । यो वौद्धमार्गीको प्रमुख गुम्वाको रुपमा लिइन्छ । यस गुम्वामा वौद्ध दर्शन सम्वन्धि ज्ञान पाठशाला पनि छ । यसका साथै पोखराको मुख्य भागमा अर्थात पोखराको तेर्सापट्टीमा धर्मशीला वौद्ध विहारपनि छ । पोखरामा हिनयान तथा माहायान दुवै समुहको वौद्ध धर्मावलम्वीहरु वसोवास गर्ने गर्दछन् । यसका साथै पोखरामा तिव्वती शरणार्थीको वसोवास भएकोले पनि वौद्ध धर्मावलम्वीहरु धेरै भेटिन्छन् ।

३२. कास्कीकाेट

तस्विर : सूर्यबहादुर थापा

कास्कीकाेट पाेखरादेखी उत्तर पश्चिममा अवस्थित रहेकाे छ । याे सराङकाेटदेखी पश्चिममा रहेकाे छ । यस स्थानमा गुप्तकालीका मन्दिर, कुलमण्डन शाहकालको दरबार तथा अन्य भग्नावशेषहरू, भुमेस्थान मन्दिर, खड्कगाउँकोट, देउराली मन्दिर आदि ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरू रहेका छन भने थामको गहरा भ्युटावर, ठूलीपोखरी, कालिका मन्दिर अादि रहेका छन् । यस स्थानबाट हिम श्रृखला अवलोकन गर्न सकिन्छ ।

स्रोत ः जिल्ला समन्वय समिति तथा कास्कीका अन्य स्थानिय निकायको बेवसाइट, पाेखरा सूचना केन्द्र तथा विकिपिडियाकाे सहयाेगमा तयार पारिएको सामग्री ।


तीज गीत २०७७, एक समालाेचना

लोकगीत लोकमाससँग तादात्म्य भएको गीत हो । समस्त लोकको व्यक्तित्व उत्रने र लोकले आफ्नै...

समर्पण

सूर्यबहादुर थापा पाेखरा , म चाहदिन तिम्रो मनमा कुनै बन्धन होस्म त एक स्वतन्त्रताको...

मौनतामा हुर्किएकाे प्रेम

सृजना लामिछाने के लेखुँ प्रिया तिम्रो लागि ? कुशल छु, कुशलताको काममा गर्छु ।...

काेराेनाले निम्त्याएका संभावनाहरू…

श्रम गर्ने बानीको बिकास गरी त्यसबाट सन्तुष्टि प्राप्त गर्ने जनशक्ति निर्माण गर्न सकिएमा गफ...

अहो ! त्यो रोमान्स…

पुषको महिना । काठमाण्डौको मौसम । तुवालोले डम्म भएको आकास । कोलाहल बस्ती बिचको...

प्रेमको भ्रम अनि यथार्थ

सृजना लामिछाने, काठमाण्डाै । हो! जिउने क्रममा प्रेम जुनसुकै कारणले पनि आवस्यक पर्दोरहेछ ।।...

कास्कीका ३२ पर्यटकिय स्थल, कतै तपाइ पुग्न छु्ट्नु त भएन ?

सूर्यबहादुर थापा / हेरालाे खबर /२०७६ अश्विन २ गते बिहिवार नेपालको गण्डकी प्रदेशमा पर्ने...

यस्ता छन् लमजुङका घुम्नैपर्ने ठाँउहरू

सूर्यबहादुर थापा / हेरालाे खबर /२०७६ भद्र ३१ गते मंगलबार लमजुङ जिल्ला साबिक पश्चिमाञ्चल...

पाेखराका पर्यटकिय गन्तब्य, कतै तपाइ पुग्न छुट्नु त भएकाे छैन ?

हेरालो खबर,  भाद्र १२, २०७६, पाेखरा  । पोखरा उपत्यका मध्य नेपालमा पर्दछ । नेपालकै दोस्रो ठूलो...

Top 5 best smartphones under 20,000Rs in Early 2019

smartphones

It’s the age of smart phones. As your daily drivers smartphones play a big...

Sedi of Pokhara is carrying abundant possibility of investment

Surya Bahadur Thapa. Photo : Ram kumar Rai (Chimse Rai)/ Surya Bahadur Thapa Heralokhabar,...

Dawa Sherpa, A student of TU, to summit Everest

Dawa sherpa Farewell

Vice-chancellor of Tribhuwan University gives an official farewell In the presence of Tribhuwan University...

हतियार बोकेर हिँडेको फेला पारे गोली हान्न सुरक्षा निकायलाई निर्देशन

हेरालो खबर २०७५ फाल्गुन ३०, विहिबार सरकारले नेत्र बिक्रम चन्द बिप्लब नेतृत्वकाे नेकपाको गतिविधिमाथि...

विप्लव नेकपामाथि कडा बन्दै सरकार , बिप्लबका गतिबिधी प्रतिबन्ध लगाउने घोषणा

हेरालो खबर २०७५ फाल्गुन २८, मंगलबार, काठमाडौं । सरकारले नेकपा विप्लव समूह आपराधिक संगठन...

सिके राउतसँग भएकाे सम्झौता विरुद्ध प्रदर्शन हुने

हेरालो खबर २०७५ फाल्गुन २६ आइतबार, काठमाडौं । सरकार र डा.सिके राउतबीच भएको ११...

आजको राशिफल

पञ्चाङ्ग वि.सं. २०७५ साल फागुन २५ गते। शनिबार। इश्वी सन् २०१९ मार्च ९ तारिख।...

विप्लवद्वारा फागुण ३० गते नेपाल बन्दको घोषणा

हेरालो खबर २०७५ फाल्गुन २४, शुक्रबार काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.) का महासचिव...

पोखराको हल्लनचोकमा बिस्फाेट

हेरालो खबर २०७५ फाल्गुन २४, शुक्रबार, संचारकर्मी शिव न्यौपाने पाेखरा । पोखराको लेकसाईड हल्लनचोक...

रबिन्द्रलाइ सम्झदै पुश्कल शर्माले गाए यस्ताे गीत

हेरालो खबर २०७५ फाल्गुन १९, आईतबार  । लोकप्रिय गायक तथा सर्जक पुश्कल शर्माको केहि...

पोखरा प्याराग्लाईडिङ दुर्घटना हुँदा एकजनाको मृत्यु

हेरालो खबर २०७५ फाल्गुन १९, आईतबार पोखरापोखरा प्याराग्लाईडिङ दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ...

पूर्वअर्थमन्त्री एवं नेकपाका नेता भरतमोहन अधिकारीको निधन

हेरालो खबर २०७५ फाल्गुन १८ शनिबार ।  पूर्वअर्थमन्त्री एवं नेकपाका नेता भरतमोहन अधिकारीको निधन...

आजको राशिफल

पञ्चाङ्ग वि.सं. २०७५ साल फागुन ६ गते। सोमबार। इश्वी सन् २०१९ फेब्रुवरी १८ तारिख।...

Cable car to run in Pokhara from this Baisakh

Heralo Khabar, 2075 magh 30 Wednesday, Pokhara. Cable Car, which is to connect Sedi...

World Split, the crisis in Venezuela A war of Ideology

From left, US president Donald J. Trump, Venezuela president (self Proclaimed) Juan Guaido, Venezuela president Nicolas Maduro, CPN Leader Puspakamal Dahal (Prachanda)

2019 Feb 02, Kathmandu. The crisis in Venezuela is a hot talk around the...

स्याङजाको खाल्टेमा प्रथम क्यानोनिङ तथा सुन्तला महोत्सव हुने

वेद गुरुङ (विवेक) हेरालो खबर २०७६ मंसिर २८, शनिवार स्याङ्जा– पौष १७ देखी २०...

भर्खरै पुर्वि नवलपरासीको डण्डामा सवारी दुर्घटना, १ को घटनास्थलमै मृत्यु

हेरालो खबर २०७६ श्रावण १५    पुर्वि नवलपरासीको डण्डामा सवारी दुर्घटना हुदा १ को...

MCC सम्झाैता PDF नेपालीमा अध्ययन गर्नुहाेस् । मुख्य बिषय हाइलाइट सहित

https://heralokhabar.com/wp-content/uploads/2020/01/Mcc-Agreement-Nepali.pdf

©https://heralokhabar.com/ All Rights Reserved heralokhabar.com Mantain By : Webbank Nepal