English

हुप्सेकोट गाउँपालिकाले संविधान दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न

By

September 19, 2019

हेरालो खबर,असोज २ ,नवलपुर संविधान दिवस संविधान जारी भएको दिनको सम्झनामा मनाइने दिवस हो। हुप्सेकोट गाउँपालिकाले विभिन्न कार्यक्रमहरुको आयोजना गरी संविधान दिवस मनाउन शुरु गरेको छ । गाउँपालिकाले संविधान दिवसको अवसरमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाले कार्यक्रमलाई ३ दिन सम्म मनाउने निर्णय गरे अनुसार असोज २ गते विहिवार गाउँपालिका परिसरमा वर पिपल वृक्षारोपण गरी कार्यक्रम शुरु गरेको हो ।

विहिवार विहान ८ वजे देखि गाउँपालिका परिसर , वडा कार्यालयहरु तथा गाउँ टोल ,बजार क्षेत्र सरसफाइ कार्यक्रम जनप्रतिनिधी ,कर्मचारी विभिन्न संघ सस्थाका प्रतिनिधि र स्थानीय बासीन्दाको सक्रियतामा सम्पन्न भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत लिला बल्लभ न्यौपानेले जानकारी दिनु भयो । कार्यक्रममा गाउँपालिका अध्यक्ष लक्ष्मी देबि पान्डेले दिवस,पर्वमा मात्र नभएर सधै गाउँको सरसफाइमा लाग्न गाउँबासिलाइ अपिल गर्नुभएको थियो 

०२ ग गते नै जनप्रतिनिधि र कर्मचारीहरु विचको सम्बन्धमा थप सुधार ल्याउनका निमित्त दिउँसो ३ वजे मैत्रिपूर्ण फुटवलको अयोजना गरिएको छ। त्यस्तै दिउँसो ४ बजे गाउँपालिका भित्रका शिक्षक र उद्योग व्यवसायीहरु विच फुटवल प्रतियोगिता हुने छ भने ५ वजे गाउँपालिका कर्मचारी र वित्तिय संस्थाका कर्मचारीहरु विच प्रतियोगिता हुने प्रमुख प्रशासकिय अधिकृत न्यौपानेले जानकारी दिनु भयो । कार्यक्रम अबधी भर अर्थात ३ दिन नै साँझ ६ बजे देखि प्रत्येक घर, चोक, बजार, टोल, विभिन्न सरकारि एवं गैरसरकारि कार्यालयहरुमा दिपावली गरिने छ भने सहिदहरुको सम्मानमा बिभिन्न कार्यक्रम,नेपालको संविधान सङ्ग सम्बन्धित प्रश्नहरु राखेर खुला हाजिरिजवाफ प्रतियोगिता लगायतका सृजनात्मक कार्यक्रम गरि सम्पन्न गरिनेछ ।

गाउँबासिहरुमा राष्ट्रियताको भावना बिकाश गर्नका निमित नेपालको झन्डा लिगेर बिभिन्न जातजातिको संस्कृति झल्किने झाकी सहित प्रभातफेरी कार्यक्रम समेत गर्न लागिएको प्रमुख प्रशासकिय अधिकृत लिला वल्लब न्यौपानेले जानकारी दिनुभएको छ ।