Saturday 20th April 2024
आजको राशिफल
पञ्चाङ्ग
वि.सं. २०७६ असोज ९। बिहीबार। इ.स. २०१९ सेप्टेम्बर २६। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। शरद ऋतु। ने.सं. ११३९ ञलगा। आश्विन कृष्णपक्ष। द्वादशी, ७:३३ बजेदेखि त्रयोदशी, २९:१३ उप्रान्त चतुर्दशी। नक्षत्र– मघा, २६:४१ बजेउप्रान्त पूर्वफाल्गुनी। योग– सिद्ध, ७:४२ बजेदेखि साध्य, २८:४० बजेउप्रान्त शुभ। करण– तैतिल, ७:३३ बजेदेखि गर, १८:२४ बजेपछि वणिज, २९:१३ बजेउप्रान्त भद्रा। आनन्दादिमा मुसल योग। चन्द्रराशि– सिंह। सूर्योदय– ५:५४ बजे, सूर्यास्त– १७:५५ बजे र दिनमान ३० घडी १ पला। प्रदोष व्रत। त्रयोदशी श्राद्ध।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
समयमा जुट्न नसक्दा आफ्नो काम रोकिन सक्छ। अरूका लागि उपयोग भइनेछ र बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्न सक्छ। आवेशको व्यवहार तथा सानो असमझदारीले आफन्तजन टाढिन सक्छन्। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
अग्रज तथा सहयोगी जुट्नाले सोचेको लाभ उठाउन सकिनेछ। कर्मयोगले नयाँ मोड लिनेछ भने पुरुषार्थी काम सम्पादन गर्दै नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
अस्वस्थताका बाबजुद जिम्मेवारी थपिनेछन्। अरूका काममा समय बित्न सक्छ। काम बीचैमा रोकिनाले दोहोर्याउनुपर्ने स्थिति आउला। आशा देखाउनेहरूले धोका दिनेछन्। प्रयत्न गर्दा केही काम बन्नेछन्।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। तर खानपानको सोखले स्वास्थ्य प्रतिकूल बन्न सक्छ। आफ्नो स्वामित्वका वस्तुमा अरूले दाबी गर्नेछन्। अवसरका साथ केही चुनौती पनि देखा पर्नेछन्।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
आकस्मिक खर्च बढ्नेछ भने आम्दानी कम हुनेछ । टाढाको यात्रा खर्चिलो र कष्टकर बन्न सक्छ। छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला। भविष्यका लागि केही वस्तु त्याग्नुपर्ला। सोचेको नतिजा तत्काल प्राप्त नहुन सक्छ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
दैनिक आवश्यकता पूरा हुनेछन् भने मिहिनेतको फल प्राप्त हुनेछ। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। दिगो फाइदा हुने काम प्रारम्भ होला। साझेदारीबाट पनि फाइदा उठाउन सकिनेछ। व्यापारमा राम्रै फड्को मार्ने समय छ
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
नयाँ कामले नाम र दाम दिलाउनेछ। कर्मक्षेत्रमा गरिएको साधना सिद्ध हुनेछ। मिहिनेतले सजिलै लक्ष्यमा पुर्याउनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ। पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। बाध्यात्मक परिस्थितिले अलमल्याउन सक्छ। प्रयत्न गर्दा आंशिक काम बन्नेछ तर अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका हुन सक्छ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
परिस्थितिको चक्रमा अलमलिनुपर्दा काम बन्न समय लाग्नेछ। अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ। चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ला। आकस्मिक समस्याले शरीरमा कमजोरी अनुभूति हुनेछ। गोपनीयता बाहिरिनाले पनि समस्यामा परिनेछ
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
घुमफिर तथा मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन निकै रमाइलो र उत्साहवर्द्धक रहनेछ। परिस्थितिले नयाँ मार्गतर्फ अग्रसर गराउन सक्छ। नयाँ परिवेशमा पुगिनेछ, नयाँ साथीभाइ भेटिनेछन्। प्रेमको बन्धन कसिनेछ। साथीभाइ र सहयोगीहरूले साथ दिनेछन्
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
ईर्ष्या गर्नेहरू स्वयं पछि पर्नेछन् भने कर्मयोगले भविष्यको बाटो समाउनेछ। मिहिनेतले काममा सफलता दिलाउनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ। प्रतिस्पर्धाको दौडमा समेत जित हासिल हुनेछ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
स्वास्थ्य कमजोर रहनाले अध्ययनमा ध्यान केन्द्रित नहुन सक्छ। समयको गतिलाई पछ्याउने प्रयास गर्नुहोला। सम्भावना देखिए पनि उपलब्धि हातपार्न धेरै श्रम गर्नुपर्ला। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ।
हरि ॐ भविष्यवाणी केन्द्र पोखरा ज्यो ।प ।बिकाश गौतम ९८५१२७३४१७